काठमाडौं। जेनजी अभियानी माजिद अन्सारीमाथि भएको भनिएको कुटपिट र पक्राउ प्रकरण राष्ट्रिय मानव अधिकार आयोग पुगेको छ। जेनजी मुभमेन्ट अलायन्सले सोमबार सरकार, गृह प्रशासन, नेपाल प्रहरी तथा घटनामा संलग्न रहेको आरोप लागेका व्यक्तिविरुद्ध आयोगमा उजुरी दर्ता गराएको हो।
उजुरीमा अन्सारीलाई कुटपिट गरी नियन्त्रणमा लिँदा संविधानले सुनिश्चित गरेका अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण भेला हुने अधिकार र सम्मानपूर्वक बाँच्न पाउने हक उल्लंघन भएको दाबी गरिएको छ।
अलायन्सले घटनासम्बन्धी भिडियो, कीर्तिपुर अस्पताल र त्रिवि शिक्षण अस्पतालको मेडिकल रिपोर्टसमेत आयोगमा बुझाएको जनाएको छ। हाल अन्सारी महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन्।






































