काठमाडौं— प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच आइतबार ४ घण्टा लामो छलफल भएको हो । सो छलफलमा समसामयिक राजनीति र सरकारका विभिन्न कामकारबाहीबारे छलफल भएको बताइएको छ ।
सभापति लामिछानेले सुकुमवासी समस्या,अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको सम्बन्ध, पार्टी महामन्त्री चयन लगायतका विषयमा प्रधानमन्त्री बालेनसँग चासो राखेका थिए ।
छलफलमा प्रधानमन्त्री बालेनले सरकारले आफ्नो तरिकाले गरिरहेको कामका विषयमा भ्रम फैलाइएको र पार्टी त्यसप्रति सचेत रहनका लागि लामिछानेलाई आग्रह गरेका थिए ।






































