राजनीति

    Showing 461-470 of 10,282 items.
  • विष्णु पौडेलको हिरासत फेरि लम्बियो, विशेष अदालतबाट थप ३ दिनको अनुमति

    काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको न्यायिक हिरासत पाँचौँ पटक थपिएको छ। विशेष अदालतले सोमबार थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।सम्पत्ति शुद्धीकरण विभागले मनी लाउन्डरिङसम्बन्धी अनुसन्धान अघि बढाइरहेको छ। पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए र त्यसयता अदालतबाट पटक–पटक म्याद थप गर्दै अनुसन्धान जारी छ।अनुसन्धान अझै निष्कर्षमा नपुगेपछि अदालतले फेरि हिरासतको अवधि बढाएको हो।

    • प्रकाशित मितिः असार २९, २०८३
    • 60 पटक पढिएको
  • प्रश्न गर्ने हिम्मत कसैले दबाउन सक्दैनः गगन थापा

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो निवासअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाप्रति सरकारमाथि गम्भीर प्रश्न उठाएका छन्।थापाले यो केवल गाडी राख्ने घटना नभई प्रश्न गर्ने आवाजलाई तर्साउने प्रयास भएको दाबी गर्दै, नागरिकको प्रश्न गर्ने अधिकार र हिम्मत कसैले खोस्न नसक्ने स्पष्ट पारे।गाडी राख्ने व्यक्ति प्रशासनको गाडीमा गएको भन्ने स्थानीयको दाबी उल्लेख गर्दै उनले घटनाको निष्पक्ष छानबिन गर्न सरकारलाई आग्रह गरे।थापाले लोकतन्त्रमा आलोचना र प्रश्न गर्ने अधिकार नै सबैभन्दा ठूलो शक्ति भएको भन्दै यस्ता गतिविधिले आफूहरू नडराउने र आवाज अझ सशक्त हुने चेतावनी दिए।

    • प्रकाशित मितिः असार २९, २०८३
    • 65 पटक पढिएको
  • सञ्चारगृहमाथि त्रास फैलाउने प्रयास अस्वीकार्य : रास्वपा

    काठमाडौं ।विभिन्न सञ्चारगृहको कार्यालयबाहिर शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारसँग तत्काल छानबिन र कारबाहीको माग गरेको छ।रास्वपाले यस्तो गतिविधिले पत्रकार र सञ्चारमाध्यमलाई मनोवैज्ञानिक दबाबमा पार्ने प्रयास भएको भन्दै प्रेस स्वतन्त्रतामाथिको चुनौतीका रूपमा व्याख्या गरेको छ।पार्टीले स्वतन्त्र पत्रकारिता लोकतन्त्रको आधार भएको उल्लेख गर्दै सञ्चारगृहको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न, घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न सरकार, गृह मन्त्रालय र सुरक्षा निकायलाई आग्रह गरेको छ।रास्वपाले पत्रकारहरूलाई कुनै पनि दब

    • प्रकाशित मितिः असार २९, २०८३
    • 175 पटक पढिएको
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    काठमाडौं—  सोमबार बिहान कान्तिपुर पब्लिकेसन्सको गेटमा शंकास्पद रूपमा छाडिएको गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि जयसवालले प्रयोग गर्दै आएको खुलेको छ।बा ०१–०३४ च ८४८० नम्बरको उक्त गाडीमा सवार भई सञ्चारगृहको गेट अवरुद्ध गरिएपछि सुरक्षा निकायले क्रेनको सहायताले गाडी नियन्त्रणमा लिएको थियो।उक्त गाडी हाल सानिमा बैंकको नाममा दर्ता रहेको छ। रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जयसवालले उक्त गाडी आफ्नो छोरा रविले चढ्ने गरेको स्वीकार गरेका छन्।मेयर जयसवालले भने, ‘करिब एक महिनाअघि खरिद गरिएको हो। नामसारी भइनसकेकाले अझै बैंककै नाममा छ।’ उनका अनुसार गाडी कहिले छोरा स्वयम् र

    • प्रकाशित मितिः असार २९, २०८३
    • 460 पटक पढिएको
  • सभामुखमाथि कांग्रेसको प्रश्न- निष्पक्ष भूमिका निभाउनुस्, विपक्षीको नाडी नछाम्नुस्

    काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखको भूमिकामाथि खुला असन्तुष्टि जनाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्याल निष्पक्ष र समन्वयकारी भूमिकामा देखिन नसकेको आरोप लगाएका हुन्।उनले संसद्भित्र विपक्षी दलहरूको धारणा सीमित गर्ने प्रयास स्वीकार्य नहुने भन्दै सबै दललाई आफ्नो कुरा राख्ने समान अवसर दिन सभामुखलाई आग्रह गरे।आङ्देम्बेले सभामुख कुनै दलको प्रतिनिधि नभई सम्पूर्ण संसद्को अभिभावक भएकाले विपक्षीको ‘नाडी छाम्ने’ होइन, निष्पक्ष रूपमा सदन सञ्चालन गर्ने जिम्मेवारी निभाउनुपर्ने बताए।कांग्रेसले सत्तापक्षले प्रतिपक्षसँग पर्याप्त समन्वय नगर्दा संसद्मा ब

    • प्रकाशित मितिः असार २९, २०८३
    • 163 पटक पढिएको
  • कांग्रेस सभापति गगन थापाको घरअघि भेटियो शंकास्पद गाडी, अनुसन्धान सुरु

     काठमाडौं।  नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवास अगाडि पनि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको भेटिएको छ।स्थानीयका अनुसार बिहान ७ बजेदेखि बीएसी ९५७५ नम्बरको गाडी आवतजावत अवरुद्ध हुने गरी राखिएको थियो।  स्थानीयले उक्त गाडी छाडेर प्रहरीकै गाडीमा चढेर ती चालक फर्किएको बताएका छन् । प्रहरीले भने थप अनुसन्धान भइरहेको बताएको छ ।यसअघि कान्तिपुर, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालय अगाडि पनि यस्तै गरी पार्किङ गरिएका गाडी प्रहरीले हटाइसकेको छ।  

    • प्रकाशित मितिः असार २९, २०८३
    • 180 पटक पढिएको
  • संसद् बलियो बनाउन प्रतिपक्षको आवाज अझ प्रभावकारी हुनुपर्छ: नेता आङदेम्बे

    काठमाडौं / नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले घर बलियो भए सदन पनि बलियो हुने बताएका छन् । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै उनले पार्टीभित्रबाट प्रभावकारी आवाज उठ्न सके संसद् अझ प्रभावकारी बन्ने धारणा राखे ।उनले भने, ‘घरबाट बलियो आवाज आयो भने सदन पनि बलियो हुन्छ । कहीँ न कहीँ घरकै सदस्य कमजोर परिरहेका छन् । घरको सदस्यको ऊर्जा र विवेक घरबाटै आउने हो ।’आङदेम्बेले कांग्रेसले प्रतिपक्षको भूमिकामा निर्वाह गरेको जिम्मेवारी निराशाजनक नभए पनि त्यसमा थप प्रभावकारिता र उज्यालो ल्याउन आवश्यक रहेको बताए । उनले संसद् र सञ्चारमाध्यमबीचको सम्बन्ध अझ सुदृढ हुनुपर्नेमा जोड

    • प्रकाशित मितिः असार २९, २०८३
    • 201 पटक पढिएको
  • पपुलिजमले होइन, स्पष्ट विचारले देश बन्छ : शंकर पोखरेल

    काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले सस्तो लोकप्रियता र उत्तेजनात्मक राजनीतिबाट मुलुकका समस्या समाधान नहुने बताएका छन्। देश रूपान्तरणका लागि वैचारिक स्पष्टता, इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको उनको भनाइ छ।सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पोखरेलले विकृति अन्त्य गर्ने जिम्मेवारी नै आचरण सुधार्न नसकेका नेतृत्वलाई दिँदा मुलुकले समस्या भोग्नुपरेको टिप्पणी गरेका छन्।उनले चर्का भाषण र लोकप्रिय नाराका भरमा परिवर्तनको वाचा गर्ने शक्तिहरूको व्यवहार नै विरोधाभासपूर्ण देखिएको दाबी गर्दै यस्तो शैलीबाट देशको रूपान्तरण सम्भव नरहेको बताएका छन्।पोखरेलले वर्तमान परिस्थितिले

    • प्रकाशित मितिः असार २९, २०८३
    • 57 पटक पढिएको
  • भानुजयन्तीमा राष्ट्रपतिको सन्देश: नेपाली भाषा जोगाउन सबैको साझा जिम्मेवारी

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सबैले सक्रिय भूमिका खेल्नुपर्ने बताएका छन्।शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले भानुभक्तले संस्कृतको वाल्मीकि रामायणलाई नेपाली भाषामा अनुवाद गरेर नेपाली भाषालाई जनस्तरसम्म पुर्‍याएको र राष्ट्रिय एकताको आधार बलियो बनाउन ऐतिहासिक योगदान दिएको उल्लेख गरेका छन्।उनले भानुभक्तको योगदान आज पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै नेपाली भाषा र साहित्यको संरक्षण, विकास तथा पुस्तान्तरणमा सामूहिक प्रयास आवश्यक रहेको बताए।राष्ट्रपतिले तनहुँस्थित भानुभक्तक

    • प्रकाशित मितिः असार २९, २०८३
    • 57 पटक पढिएको
  • सरकार जनताको पीडामा देखिनुपर्छ : विश्वप्रकाश शर्मा

    काठमाडौं। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बढ्दो सामाजिक निराशा, आत्मदाहका घटना र सुकुम्बासीको अवस्थाप्रति सरकार संवेदनशील बन्नुपर्ने बताएका छन्। सरकार सिंहदरबार र संसद्मा मात्र होइन, समस्यामा परेका नागरिकको बीचमा पनि उपस्थित हुनुपर्ने उनको भनाइ छ।सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा शर्माले गणेश नेपालीको आत्मदाह, कीर्तिपुर होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको अवस्था र युवामा बढ्दो निराशालाई गम्भीर सामाजिक संकेतका रूपमा लिन आग्रह गरे।उनले प्रेम आचार्यदेखि गणेश नेपालीसम्म आत्मदाहका घटना दोहोरिनुले समाजमा आशा कमजोर हुँदै गएको भन्दै सरकारको ध्यान त्यसतर्फ जानुपर्ने बताए। हो

    • प्रकाशित मितिः असार २९, २०८३
    • 125 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.