काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो निवासअगाडि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको घटनाप्रति सरकारमाथि गम्भीर प्रश्न उठाएका छन्।

थापाले यो केवल गाडी राख्ने घटना नभई प्रश्न गर्ने आवाजलाई तर्साउने प्रयास भएको दाबी गर्दै, नागरिकको प्रश्न गर्ने अधिकार र हिम्मत कसैले खोस्न नसक्ने स्पष्ट पारे।

गाडी राख्ने व्यक्ति प्रशासनको गाडीमा गएको भन्ने स्थानीयको दाबी उल्लेख गर्दै उनले घटनाको निष्पक्ष छानबिन गर्न सरकारलाई आग्रह गरे।

थापाले लोकतन्त्रमा आलोचना र प्रश्न गर्ने अधिकार नै सबैभन्दा ठूलो शक्ति भएको भन्दै यस्ता गतिविधिले आफूहरू नडराउने र आवाज अझ सशक्त हुने चेतावनी दिए।