काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवास अगाडि पनि शंकास्पद रूपमा गाडी पार्किङ गरिएको भेटिएको छ।
स्थानीयका अनुसार बिहान ७ बजेदेखि बीएसी ९५७५ नम्बरको गाडी आवतजावत अवरुद्ध हुने गरी राखिएको थियो। स्थानीयले उक्त गाडी छाडेर प्रहरीकै गाडीमा चढेर ती चालक फर्किएको बताएका छन् । प्रहरीले भने थप अनुसन्धान भइरहेको बताएको छ ।
यसअघि कान्तिपुर, अनलाइनखबर र हिमालय टेलिभिजनको कार्यालय अगाडि पनि यस्तै गरी पार्किङ गरिएका गाडी प्रहरीले हटाइसकेको छ।






































