काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको न्यायिक हिरासत पाँचौँ पटक थपिएको छ। विशेष अदालतले सोमबार थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

सम्पत्ति शुद्धीकरण विभागले मनी लाउन्डरिङसम्बन्धी अनुसन्धान अघि बढाइरहेको छ। पौडेल असार ८ गते सुर्खेतबाट पक्राउ परेका थिए र त्यसयता अदालतबाट पटक–पटक म्याद थप गर्दै अनुसन्धान जारी छ।

अनुसन्धान अझै निष्कर्षमा नपुगेपछि अदालतले फेरि हिरासतको अवधि बढाएको हो।