काठमाडौं । प्रदेश सरकारको नयाँ सत्ता समीकरण बनाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेसँग सहकार्य गर्ने दिशामा अघि बढेको छ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशका नेताहरूलाई एमालेसँग गठबन्धनको वातावरण बनाउन निर्देशन दिएका छन्।श्रीलंका भ्रमणबाट फर्किएपछि प्रचण्डले प्रदेशका प्रमुख नेताहरूसँग छलफल गर्दै कांग्रेसले तीन दलको सरकार अस्वीकार गरेपछि अब प्रदेशलाई राजनीतिक अन्योलमा जान नदिन एमालेसँग सहकार्य गरेर अघि बढ्नुपर्ने अवस्था आएको बताएका हुन्।नेकपा लुम्बिनी प्रदेशका संयोजक सुदर्शन बरालका अनुसार शीर्ष नेतृत्वको छलफलपछि अधिकांश प्रदेशमा एमालेसँग मिलेर सरकार गठन गर्ने समझदारी बनेको छ। यद्यपि क
काठमाडौं / सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते गर्ने निर्णय गरेको छ ।मंगलबार बसेको समितिको बैठकमा प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा प्राप्त उजुरी खोल्ने तथा वितरण गर्ने, उनीहरूले पेस गरेका कार्ययोजना अध्ययन गर्ने र सुनुवाइको कार्यतालिका तय गर्ने विषयमा छलफल भएको थियो।बैठकमा समिति सभापति बोधनारायण श्रेष्ठले सदस्यहरूलाई प्राप्त उजुरीहरूको अध्ययन गरी उपयुक्त उजुरीका उजुरीकर्तालाई समितिसमक्ष उपस्थित गराउने, प्रस्तावित व्यक्तिलाई आमन्त्रण गरी छलफल गर्ने तथा प
काठमाडौं। प्रदेश सरकार गठनलाई लिएर चलिरहेको राजनीतिक रस्साकस्सीबीच नेपाली कांग्रेसले स्पष्ट सन्देश दिएको छ— कांग्रेस, एमाले र नेकपा मिलेर प्रतिपक्षविहीन सरकार स्वीकार्य छैन।कांग्रेस सभापति गगन थापाले तीन प्रमुख दल एउटै सरकारमा बस्दा प्रदेश सभामा प्रतिपक्ष नै समाप्त हुने र त्यसले लोकतान्त्रिक प्रणाली कमजोर बनाउने बताएका छन्। उनले आवश्यक परे कांग्रेस सरकारभन्दा बाहिर बसेर प्रतिपक्षको भूमिका निर्वाह गर्न पनि तयार रहेको संकेत दिएका छन्।उपसभापति विश्वप्रकाश शर्माले पनि कांग्रेसको ‘बटमलाइन’ प्रतिपक्ष जोगाउनु रहेको दोहोर्याउँदै सबै दल सरकारमा बस्ने अभ्यास जनमत र संसदीय मूल्य–मान्यताविपरीत हुने बताए।य
काठमाडौं । प्रदेश सरकार गठनको चाबी अहिले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को हातमा पुगेको छ। तर सरकारमा जाने कि नजाने भन्ने विषयमा पार्टीभित्रै दुई धार देखिएको छ।प्रचण्ड र माधव नेपाल पक्ष कांग्रेस, एमाले र नेकपा मिलेर सहमतिको सरकार बनाउनुपर्ने अडानमा छन्। तीन दलबीच सहमति बने मात्रै सरकारमा सहभागी हुने उनीहरूको निष्कर्ष छ।यता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल र शक्ति बस्नेतलगायतका नेताहरू भने फेरि सत्ताको खेलमा नलाग्नुपर्ने पक्षमा छन्।यसबीच नेकपाले कांग्रेस र एमाले दुवैसँग निरन्तर संवाद गरिरहेको छ। तर कुन दलसँग सहकार्य गर्ने भन्ने विषयमा अहिलेसम्म अन्तिम निर्णय भएको छैन।सुदूरपश्च
काठमाडौं ।भारतको राजधानी नयाँ दिल्ली यतिबेला युवा आन्दोलनको केन्द्र बनेको छ। हजारौँ जेनजी प्रदर्शनकारी शिक्षा प्रणालीमा आमूल सुधार र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै सडकमा उत्रिएका छन्। केही महिनाअघि सामाजिक सञ्जालमा व्यंग्य अभियानका रूपमा सुरु भएको ‘ कक्रोज जनता पार्टी अहिले देशव्यापी युवा आन्दोलनमा रूपान्तरण भएको छ।संसद् भवनतर्फ ‘संसद् मार्च’ गर्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले रोकेपछि जन्तरमन्तर क्षेत्रमा तनाव चुलिएको थियो। त्यसक्रममा दिल्ली प्रहरी र र्यापिड एक्सन फोर्स ले लाठीचार्ज गर्दा दर्जनौँ प्रदर्शनकारी घाइते भएको दाबी गरिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक
जनकपुरधाम। जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका कार्यकर्ता र हिन्दु सम्राट सेनाका कार्यकर्ताबीच तनाव उत्पन्न भएको छ। पार्टी अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न पुगेका कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले मन्दिर परिसरबाट लखेटेको जनाइएको छ।हिन्दु सम्राट सेनाले साम्पाङको विगतको गाईसम्बन्धी अभिव्यक्तिको विरोध गर्दै जनकपुरमा प्रवेश गर्न नदिने चेतावनी दिएको छ।घटनापछि हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत जनकपुरमा विवाद भएको उल्लेख गर्दै आफ्ना कार्यकर्तालाई संयमित रहन आग्रह गरेका छन्। उनले गृहमन्त्रीसँग सम्पर्क गर्न खोज्दा फोन अफ रहेको गुनासोसमेत गरेका छन्।साम्पाङ मं
काठमाडौं। चालु आर्थिक वर्ष सुरु भएको साउन लागिसक्दा पनि देशका १३ स्थानीय तहले अझै बजेट ल्याउन सकेका छैनन्। देशभरका ७५३ स्थानीय तहमध्ये ७४० वटाले बजेट सार्वजनिक गरेर कार्यान्वयन सुरु गरिसके पनि बाँकी स्थानीय तह भने अझै बजेटविहीन छन्।सबैभन्दा धेरै मधेश प्रदेशका १० स्थानीय तहले बजेट प्रस्तुत गर्न सकेका छैनन्। यस्तै कोशी प्रदेशको धरान उपमहानगरपालिका, रुपन्देहीको कोटहीमाई गाउँपालिका र कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले पनि बजेट ल्याएका छैनन्।मन्त्रालयका अनुसार राजनीतिक विवाद, प्राविधिक समस्या र अन्य प्रशासनिक कारणले ती स्थानीय तहमा बजेट रोकिएको हो। यसले विकास निर्माण, सेवा प्रवाह र चालु आर्थिक
काठमाडौं। नेपालको तयारी पोसाक उद्योगले भोगिरहेका समस्या, उत्पादन वृद्धि, निर्यात विस्तार र रोजगारी सिर्जनाका विषयमा छलफल गर्न नेपाल तयारी पोसाक उद्योग संघ का पदाधिकारी आज प्रधानमन्त्री बालेन शाहसँग भेट्दै छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डेसहित प्रथम उपाध्यक्ष, महासचिव, प्रमुख कार्यकारी अधिकृत र प्राविधिक सल्लाहकार सहभागी हुनेछन्। उद्योगीहरूले उत्पादन लागत, निर्यात प्रवर्द्धन, नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्योग क्षेत्रका चुनौतीबारे सरकारसमक्ष आफ्ना धारणा राख्ने तयारी गरेका छन्।प्रधानमन्त्री शाहले पछिल्लो समय निजी क्षेत्रसँग नियमित
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ४४औँ स्मृति दिवस यसपटक पार्टी एकताको सन्देशभन्दा पनि आन्तरिक विभाजनको प्रदर्शन हुने भएको छ। कांग्रेसका संस्थापन र संस्थापनइतर पक्षले एउटै दिन फरक–फरक कार्यक्रम आयोजना गर्ने भएपछि पार्टीभित्रको विवाद फेरि सतहमा आएको हो।सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले ुग्रीन रनुसहितका कार्यक्रम आयोजना गर्दैछ भने निवर्तमान सभापति शेरबहादुर देउवा निकट समूहले काठमाडौंको प्रज्ञा भवनमा छुट्टै शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ।विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले वैधानिकता दिइसके पनि कांग्रेसभित्रको विवाद अझै टुंगिएको छैन। यही असन्तुष्टिका कारण देउवा
काठमाडौं— संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने भएको हो । बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा प्राप्त उजुरी खोल्ने र वितरण गर्ने कार्यसूची रहेको छ । यसैगरी, प्रस्तावित व्यक्तिहरूले पेस गर्नुभएको कार्ययोजना वितरण गर्ने र विविध विषयमा छलफल हुने कार्ययूची छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.