काठमाडौं। नेपालको तयारी पोसाक उद्योगले भोगिरहेका समस्या, उत्पादन वृद्धि, निर्यात विस्तार र रोजगारी सिर्जनाका विषयमा छलफल गर्न नेपाल तयारी पोसाक उद्योग संघ का पदाधिकारी आज प्रधानमन्त्री बालेन शाहसँग भेट्दै छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलमा संघका अध्यक्ष पशुपतिदेव पाण्डेसहित प्रथम उपाध्यक्ष, महासचिव, प्रमुख कार्यकारी अधिकृत र प्राविधिक सल्लाहकार सहभागी हुनेछन्। उद्योगीहरूले उत्पादन लागत, निर्यात प्रवर्द्धन, नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्योग क्षेत्रका चुनौतीबारे सरकारसमक्ष आफ्ना धारणा राख्ने तयारी गरेका छन्।

प्रधानमन्त्री शाहले पछिल्लो समय निजी क्षेत्रसँग नियमित संवादलाई प्राथमिकता दिँदै आएका छन्। यही क्रममा हुने आजको बैठकलाई तयारी पोसाक उद्योगको समस्या समाधान, रोजगारी विस्तार र निर्यात बढाउने नीतिगत पहलका लागि महत्त्वपूर्ण मानिएको छ।