जनकपुरधाम। जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका कार्यकर्ता र हिन्दु सम्राट सेनाका कार्यकर्ताबीच तनाव उत्पन्न भएको छ। पार्टी अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न पुगेका कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले मन्दिर परिसरबाट लखेटेको जनाइएको छ।

हिन्दु सम्राट सेनाले साम्पाङको विगतको गाईसम्बन्धी अभिव्यक्तिको विरोध गर्दै जनकपुरमा प्रवेश गर्न नदिने चेतावनी दिएको छ।

घटनापछि हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत जनकपुरमा विवाद भएको उल्लेख गर्दै आफ्ना कार्यकर्तालाई संयमित रहन आग्रह गरेका छन्। उनले गृहमन्त्रीसँग सम्पर्क गर्न खोज्दा फोन अफ रहेको गुनासोसमेत गरेका छन्।

साम्पाङ मंगलबार जनकपुरमा आयोजना गरिएको श्रम संस्कृति पार्टीको साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।