राजनीति

    Showing 311-320 of 10,273 items.
  • ४४औँ स्मृति दिवसमा बीपीको सम्झना, कांग्रेस भने अझै दुई धारमा

    काठमाडौं। नेपाली लोकतान्त्रिक आन्दोलनका प्रमुख अभियन्ता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। तर, बीपीले जीवनभर जोड दिएको राष्ट्रिय एकता र मेलमिलापको सन्देश स्मरण गरिरहँदा कांग्रेस भने आन्तरिक रूपमा अझै विभाजित देखिएको छ। संस्थापन र इतर पक्षले छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्दै स्मृति दिवस मनाइरहेका छन्।नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता, प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाको ४४औँ स्मृति दिवस बुधबार देशभर श्रद्धा

    • प्रकाशित मितिः साउन ६, २०८३
    • 113 पटक पढिएको
  • दिल्लीदेखि विभिन्न राज्यसम्म आन्दोलन, राहुलको ५ बुँदे माग सार्वजनिक

    नयाँदिल्ली। विपक्षी नेता राहुल गान्धीले हिरासतबाटै सरकारसमक्ष ५ बुँदे माग सार्वजनिक गरेपछि भारतको राजनीति थप तातेको छ। प्रधानमन्त्री निवासबाहिर भएको विरोध प्रदर्शनका क्रममा पक्राउ परेका राहुलले भिडियो सन्देशमार्फत गृहमन्त्री अमित शाह र शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, विद्यार्थीमाथिको दमनमा संलग्नमाथि कारबाही, आन्दोलनकारीमाथिका सबै मुद्दा खारेज, संसदमा शिक्षा र प्रश्नपत्र लीक प्रकरणबारे तत्काल बहस तथा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्रीबाट सार्वजनिक माफीको माग गरेका छन्।राहुलसँगै प्रियंका गान्धी, अखिलेश यादवलगायत विपक्षी नेताहरू पनि केही समय हिरासतमा परेका थिए। उनीहरूलाई पछि रि

    • प्रकाशित मितिः साउन ६, २०८३
    • 53 पटक पढिएको
  • बागमतीमा कांग्रेस–एमाले गठबन्धन टुट्यो, ६ मन्त्री बाहिरिए

    हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले मंगलबार सामूहिक रूपमा राजीनामा दिएका छन्। पार्टीको केन्द्रीय निर्देशनअनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष राजीनामा बुझाइएसँगै एमालेले सरकारसँगको सत्ता सहकार्य औपचारिक रूपमा अन्त्य गरेको हो।एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइएको जानकारी दिएका छन्। उनले संविधानको धारा १६८९२० बमोजिम बदलिएको राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै समर्थन फिर्ता लिइएको उल्लेख गरेका छन्।राजीनामा दिने मन्त्रीहरूमा मधुसुदन पौडेल, डा. दिनेशचन्द्र देवकोटा, जयराम थापा, भरतबहादुर केसी, किरण थापा

    • प्रकाशित मितिः साउन ६, २०८३
    • 152 पटक पढिएको
  • उद्योगीसँग प्रत्यक्ष संवादमा बालेन, आज हस्तकला महासंघसँग बैठक बस्दै

    काठमाडौं। प्रधानमन्त्री बालेन शाहले आज बिहान ११स्३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल हस्तकला महासंघका पदाधिकारीहरूसँग विशेष छलफल गर्ने कार्यक्रम तय गरेका छन्।प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलको मुख्य उद्देश्य नेपालको हस्तकला क्षेत्रको उत्पादन, बजार विस्तार, निर्यात प्रवर्द्धन र रोजगारी सिर्जनाका विषयमा निजी क्षेत्रसँग प्रत्यक्ष संवाद गर्नु हो।बैठकमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा तथा हस्तकला क्षेत्रका प्रमुख निर्यातकर्ता महेश्वर श्रेष्ठ लगायत सहभागी हुनेछन्। उ

    • प्रकाशित मितिः साउन ६, २०८३
    • 49 पटक पढिएको
  • सुकुमवासीदेखि बालबालिकासम्मलाई साथ दिने कांग्रेसको घोषणा

    काठमाडौं। बीपी कोइरालाको स्मृति दिवसको अवसरमा आयोजित ‘ग्रिन रन’ कार्यक्रममा कांग्रेसका सभापति गगन थापाले पार्टीले सामाजिक उत्तरदायित्वलाई व्यवहारमा उतार्ने उद्देश्यसहित ‘मानव सहायता कल्याण कोष’ स्थापना गरिएको घोषणा गरेका हुन्।उनका अनुसार कोषमा प्रारम्भिक रूपमा १० लाख रुपैयाँ जम्मा गरिएको छ। यो रकम पार्टीका सदस्यहरूले तिरेको सदस्यता शुल्कबाट छुट्याइएको हो। कोषको पहिलो प्राथमिकता हाल विभिन्न स्थानबाट विस्थापित भएका सुकुमवासी परिवार, विशेष गरी एकल महिला, विपन्न परिवार र विद्यालय जानबाट वञ्चित बालबालिका रहने उनले स्पष्ट पारे।थापाले कोषलाई केवल आर्थिक सहयोगमा सीमित नराखी आवश्यकताको आधारमा लक्षित सम

    • प्रकाशित मितिः साउन ६, २०८३
    • 103 पटक पढिएको
  • जनकपुर पुगेर प्रचण्डले भने : एमालेसँग सहकार्य अघि बढिसक्यो

    जनकपुरधाम। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग राजनीतिक सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको बताएका छन्। जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले पछिल्लो राजनीतिक घटनाक्रमले वाम शक्तिहरूबीच सहकार्यको वातावरण सिर्जना गरेको र त्यसअनुसार एमालेसँगको सहकार्यलाई औपचारिक रूपमा अगाडि बढाइएको जानकारी दिए।प्रचण्डले देशको वर्तमान राजनीतिक परिस्थितिले नयाँ ध्रुवीकरणतर्फ संकेत गरिरहेको उल्लेख गर्दै वामपन्थी शक्तिहरूबीचको सहकार्यले आगामी राजनीतिक दिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनले यस विषयमा विभिन्न तहमा

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 366 पटक पढिएको
  • वाचा पूरा नगरेको भन्दै स्याङ्जामा रास्वपा सांसद रेग्मीलाई पुल तर्न दिएनन् आफ्नै कार्यकर्ता

    स्याङ्जा । निर्वाचनअघि गरेको पुल निर्माणको वाचा पूरा नभएको भन्दै स्याङ्जा–१ का रास्वपा सांसद डा. धनञ्जय रेग्मीलाई आफ्नै मतदाताले पुल तर्न रोकेका छन्।सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा स्थानीयले पुल निर्माणको माग गर्दै सांसदको बाटो अवरुद्ध गरेका देखिन्छन्। सांसद रेग्मीले पनि स्थानीयको असन्तुष्टि जायज रहेको स्वीकार गरेका छन्।उनका अनुसार सम्बन्धित क्षेत्रमा पुल निर्माणका लागि योजना प्रस्ताव गरिए पनि अन्तिम बजेटमा समावेश हुन सकेन। त्यसपछि भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले फोनमार्फत उक्त पुल अर्को शीर्षकबाट अघि बढाइने र निर्माण सुनिश्चित गरिने जानकारी दिएको रेग्मीले बताएका छन्।स्थानीयका अनुसा

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 184 पटक पढिएको
  • सत्ता–शक्तिको खेलले कांग्रेस डुब्यो : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०७२ देखि २०८२ सम्मको दशकलाई कांग्रेस र देश दुवैका लागि ‘अँध्यारो’ र ‘काला’ दशक भएको टिप्पणी गरेका छन्। काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले पछिल्लो १० वर्षमा सिद्धान्तभन्दा सत्ता र शक्तिको राजनीति हावी हुँदा नागरिकका मुद्दा ओझेलमा परेको आरोप लगाए। उनका अनुसार सत्ताको दौडमा राष्ट्रिय हित र जनताका सरोकारलाई बेवास्ता गरिएको छ।थापाले आफू सिद्धान्तका लागि संघर्ष गर्न तयार रहेको दोहोर्याउँदै, आवश्यक परे जेल बस्न वा ठूलो मूल्य चुकाउन पनि पछि नहट्ने बताए। उनले पछिल्लो दशकको राजनीतिक अभ्यासले नयाँ पुस्तामा राजनीतिप्रति सका

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 63 पटक पढिएको
  • ३% समता कर रोक्ने निर्णयपछि अब के हुन्छ ? यस्तो छ कानुनी प्रक्रिया

    काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर कार्यान्वयन नगर्ने घोषणा गरेसँगै अब त्यसलाई औपचारिक रूपमा कार्यान्वयनमा लैजानुपर्ने कानुनी प्रक्रिया सुरु हुने भएको छ।प्रधानमन्त्री बालेन शाहले नागरिकमाथि थप आर्थिक भार पर्ने निष्कर्षसहित समता कर तत्काल लागू नगर्ने निर्णय सार्वजनिक गरेका छन्। तर यो घोषणा मात्रै पर्याप्त होइन, सरकारले आर्थिक विधेयकले दिएको अधिकार प्रयोग गर्दै औपचारिक निर्णय प्रक्रिया पनि पूरा गर्नुपर्ने हुन्छ।आर्थिक विधेयक–२०८३ को दफा १८ अनुसार सरकारले आवश्यक परे करको दर घटाउन, बढाउन वा पूर्ण तथा आंशिक रूपमा छुट दिन सक्ने अधिकार पाएको छ। यही व्यवस्था

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 75 पटक पढिएको
  • रास्वपाको नयाँ सर्कुलर : सांसदलाई ‘एक्लै होइन, पार्टीसँगै’ निर्वाचन क्षेत्रमा जान निर्देशन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदलाई निर्वाचन क्षेत्र वा जिल्ला भ्रमण गर्दा अनिवार्य रूपमा पार्टीसँग समन्वय गरेर मात्रै कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ। भ्रमणलाई व्यक्तिगत भेटघाटमा सीमित नराखी संगठन विस्तार, जनमत संकलन र संसदीय एजेन्डासँग जोड्न पार्टीले स्पष्ट सर्कुलर जारी गरेको हो।महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी निर्देशनमा कुनै पनि जिल्ला वा निर्वाचन क्षेत्रको भ्रमणअघि सम्बन्धित पार्टी संरचनालाई जानकारी गराउन, अन्य क्षेत्रको भ्रमणमा सम्बन्धित सांसदसँग समन्वय गर्न र स्थानीय समितिसँग छलफल गरेर प्राथमिक मुद्दा पहिचान गर्न भनिएको छ। रास्वपाले कार्यक्रम

    • प्रकाशित मितिः साउन ५, २०८३
    • 158 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.