हेटौँडा— प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मकवानपुर जिल्लाका दुवै निर्वाचन क्षेत्रको मतगणना आजबाट सुरु गरिने भएको छ ।बिहीबार सम्पन्न मतदानपछि मतपेटिकाहरू सुरक्षित रूपमा मतगणना स्थलमा ल्याएर राखिएको र सर्वदलीय बैठकपछि मतगणना सुरु गर्न लागिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मकवानपुर क्षेत्र नम्बर–१ र क्षेत्र नम्बर–२ का सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी हेटौँडास्थित भुटनदेवी माध्यमिक विद्यालयमा ल्याइ सकिएको र सुरक्षित रूपमा राखिएको छ। सर्वदलीय बैठक बसेर मतगणनाको प्रक्रिया, गणना स्थलको व्यवस्थापन तथा प्रतिनिधिहरूको उपस्थितिबारे सहमति भएपछि
बाजुरा— बाजुरामा ११५ मतदान केन्द्रको मतपेटिका सुरक्षाकर्मीको विशेष निगरानीमा आज बिहान पाँच बजेसम्म सदरमुकाम मार्तडी पुगेका छन् ।फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचन पश्चात् यहाँका ७७ मतदान स्थलका ११८ मतदान केन्द्र मध्ये तिन बाहेक अरू सबै केन्द्रका मतपेटिका पुगेका हुन् ।हिमाली गाउँपालिका–३ मा रहेको हिमाल भक्ति आधारभूत विद्यालय गुम्बाको मत पेटिका बिहीबार नै नेपाली सेनाको हेलिकप्टरमार्फत ल्याइएको थियो । ११५ मतदान केन्द्रको मतपेटिका आएपछि बाँकी रहेका तीन मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत ल्याइने छ ।हिमाली गाउँपालिका–३ रहेको गङ्गा आधारभूत विद्यालय बौडी,वडा नम्बर १ मा रहेको
काठमाडौं— बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन् । प्रारम्भिक मतपरिणामअनुसार काठमाडौं–१ मा रञ्जु न्यौपाने ९ हजार ७८ मतसहित अग्रस्थानमा रहेकी छन्।त्यस्तै काठमाडौं–८ मा विराज भक्त श्रेष्ठ ७ हजार ६१७ मतसहित अघि छन् भने काठमाडौं–१० मा प्रदीप विष्ट ६ हजार ४२ मतसहित अग्रता कायम गरेका छन् ।यस्तै काठमाडौं–५ मा सस्मित पोखरेल ३ हजार ७००, काठमाडौं–४ मा पुकार बम २ हजार ५२९, काठमाडौं–७ मा गणेश पराजुली २ हजार ८३३ र काठमाडौं–६ मा शिशिर खनाल २ हजार २३८ मतसहित अगाडि रहेक
धनुषा— प्रतिनिधि सभा अन्तर्गतको बिहीबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ ।धनुषाको क्षेत्र नं.३ को मतगणना सुरु भएको छ । क्षेत्र नं.३ को मतगणना जारी रहँदा अहिले फराकिलो मतले रास्वपाका उम्मेदवार मनिष झा अग्र स्थानमा रहेका छन् । अन्तिम मतगणना परिणाम अनुसार उनले ४३२४ मत प्राप्त गरेका छन् ।त्यस्तै, नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । नेपाली कांग्रेसका बिमलेन्द्र निधिलाले हालसम्म १५३८ मत प्राप्त गरेका छन् । त्यस्तै, तेस्रो नम्बरमा नेकपा एमाले रहेको छ । नेकपा एमालेकी नेतृ जुली महतोले अहिलेसम्म जम्मा ७४३ मत प्राप्त गरेका छन् ।
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम चितवन–२ का उम्मेदवार रवि लामिछानेले अग्रता बढाएका छन् ।उनले हालसम्मको मतगणनामा २ हजार २५ मत प्राप्त गर्दा एमालेका अस्मिन घिमिरेले १ हजार ६९ मत प्राप्त गरेकी छन् ।तेस्रो स्थानमा नेकपाका प्रताप गुरुङ रहेका छन् । उनले १ हजार १० मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार मिना खरेलले ६६८ मत प्राप्त गरेकी छिन् ।
काठमाडौं— रुपन्देही–२ को प्रारम्भिक मतगणनामा रास्वपा अगाडि देखिएको छ ।रास्वपाका शुलभ खरेलले ४ हजार ७४ मत प्राप्त गर्दा एमालेका बिष्णु पौडेलले पौडेलले ८४५ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेल ५०४ मत सहित तेस्रो स्थानमा छन् ।रुपन्देही क्षेत्र नम्बर–२ मा कुल १ लाख ३५ हजार ५० मतदाता छन् । मतगणना जारी छ ।
रुकुमपूर्व— हिमाली जिल्ला रुकुमपूर्वको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतगणना शुक्रबार बिहानदेखि सुरु भएको छ ।बिहीबार मतदान सम्पन्न भएपछि रातभर विभिन्न मतदान केन्द्रबाट ल्याइएका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गरी सर्वदलीय बैठकपछि सिल खोलेर गणना थालिएको हो ।यस निर्वाचन क्षेत्रमा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड उम्मेदवार भएकाले यहाँको मतपरिणामलाई राष्ट्रिय राजनीतिमा चासोका साथ हेरिएको छ ।
रौतहट— रौतहट क्षेत्र नम्बर ४ अन्तर्गत गढीमाई नगरपालिका–९ को इनरवाटोलमा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले स्पष्ट अग्रता लिएका छन् । ७७८ मत गणना हुँदासम्म पौडेलले भारी मतान्तरसहित आफ्नो अग्रता कायम राखेका हुन् ।भर्खरै प्राप्त मत परिणामअनुसार पौडेलले ४४३ मत प्राप्त गरेका छन् उनलाई पछ्याइरहेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रामकुमार भट्टराईले १५२ मत प्राप्त गरेका छन्। रास्वपाका पौडेल र भट्टराईबीचको मतान्तर २९१ रहेको छ ।त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमल्सिना ९४ मतका साथ तेस्रो स्थानमा छन् भने नेकपा एमालेका रामजी साहले मात्र २१ मत प्
काठमाडौं— प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार सम्पन्न निर्वाचनको मतगणना राति देखि नै सुरु भएको छ। हालसम्म १३ स्थानमा मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको निर्वाचन आयोगको आधिकारिक जानकारीले जनाएको छ । जसमध्ये १० स्थानमा रास्वपाले अग्रता कायम गरेको छ। २ स्थानमा नेकपा एमाले र एक स्थानमा उज्यालो नेपाल पार्टी अगाडि रहेको छ।काठमाडौं १ मा रास्वपाकी रञजु दर्शना, काठमाडौं २ मा सुनिल केसी, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मित पोखरेल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं १० मा प्रदीप विष्टले अग्रता बनाएका छन्। भक्तपुर १ मा रुकेश रन्जित, बाँके १
तनहुँ— तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले सुरुवाती अग्रता बनाएका छन्। दुई हजार ७६७ मत गणना भएको छ।राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले एक हजार ३५२ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५९० र नेकपा एमालेकी भगवती न्यौपानेले ४१६ मत पाएकी हुन्। एक लाख २६ हजार ८८२ मतदाता रहेकोमा यो क्षेत्रमा ६८ हजार १२९ मत खसेको थियो। १६ जना प्रतिस्पर्धी चुनावी मैदानमा छन्। तनहुँ–२ मा केहीबेरमा सर्वदलीय बैठक बसेर गणना गर्ने तयारी भइरहेको छ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.