तनहुँ— तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले सुरुवाती अग्रता बनाएका छन्। दुई हजार ७६७ मत गणना भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले एक हजार ३५२ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५९० र नेकपा एमालेकी भगवती न्यौपानेले ४१६ मत पाएकी हुन्।
एक लाख २६ हजार ८८२ मतदाता रहेकोमा यो क्षेत्रमा ६८ हजार १२९ मत खसेको थियो। १६ जना प्रतिस्पर्धी चुनावी मैदानमा छन्। तनहुँ–२ मा केहीबेरमा सर्वदलीय बैठक बसेर गणना गर्ने तयारी भइरहेको छ।




































