काठमाडौं— प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार सम्पन्न निर्वाचनको मतगणना राति देखि नै सुरु भएको छ।
हालसम्म १३ स्थानमा मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको निर्वाचन आयोगको आधिकारिक जानकारीले जनाएको छ । जसमध्ये १० स्थानमा रास्वपाले अग्रता कायम गरेको छ। २ स्थानमा नेकपा एमाले र एक स्थानमा उज्यालो नेपाल पार्टी अगाडि रहेको छ।
काठमाडौं १ मा रास्वपाकी रञजु दर्शना, काठमाडौं २ मा सुनिल केसी, काठमाडौं ४ मा पुकार बम, काठमाडौं ५ मा सस्मित पोखरेल, काठमाडौं ७ मा गणेश पराजुली, काठमाडौं ८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं १० मा प्रदीप विष्टले अग्रता बनाएका छन्। भक्तपुर १ मा रुकेश रन्जित, बाँके १ मा सुरेशकुमार चौधरी र कन्चनपुर २ मा दीपक बोहोराले प्रारम्भिक अग्रता बनाएका छन्।
त्यस्तै चितवन २ मा एमालेका अस्मिन घिमिरे र बाँके २ मा एमालेका मोहम्मद इस्तियाक राई अगाडि छन्।
काठमाडौं ३ मा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले अग्रता बनाएका छन्।




































