काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं क्षेत्र नम्बर १ की उम्मेदवार रन्जु दर्शनाले मतदातालाई धन्यवाद व्यक्त गरेकी छन् ।शुक्रबार सामाजिक सञ्जालमार्फत उनले परिवर्तनको पक्षमा मतदान गर्ने सबै मतदाताप्रति आभार प्रकट गरेकी हुन् । उनी काठमाडौं १ बाट विजयी भएको घोषणा भइसकेको छ ।उनले लेखेकी छन्, ‘यो विजय देशको हो, परिवर्तन पक्षको हो । काठमाडौं क्षेत्र नं. १ मा हामीलाई घण्टी चुनाव चिन्हमा मत दिनुहुने सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । हामीलाई शुभकामना दिनुहुने सम्पूर्ण शुभेच्छुक, साथी तथा मतदाताप्रति हार्दिक नमन ।’साथै, उनले हाल परिवारसँग छोराको न्वारन कार्यक्रममा रहेक
झापा— झापामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत केही निर्वाचन क्षेत्रमा मतगणना सुरु भएसँगै सुरुवाती नतिजा सार्वजनिक हुन थालेको छ । हालसम्म झापाका पाँच निर्वाचन क्षेत्रमध्ये तीन क्षेत्रको मतगणना सुरु भएको निर्वाचन आयोगले बताएका छन् ।सुरुवाती परिणामअनुसार दुई क्षेत्रमा रवि लामछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता लिएका छन् ।झापा क्षेत्र नं. ५ मा रास्वपाका बालेनले उल्लेखनीय अग्रता बनाएका छन् । २३०३ मत गणना हुँदा उनले १४७८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३८५ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाली कांग्रेसकी मन्धरा
काठमाडौं— प्रतिनिधि सभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले एक स्थानमा जित हासिल गरेको छ भने ४७ स्थानमा अगाडि रहेको छ ।रास्वपा काठमाडौं १ मा रञ्जु न्यौपाने दर्शना विजयी भएकी छिन् । नेपाली कांग्रेस ६, नेकपा एमाले ४ र नेपाली कम्युनिष्ट पार्टी २ स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।श्रम संस्कृति १ र राप्रपा १ स्थानमा अगाडि रहेको छ ।
काठमाडौं । जारी मतगणनाबीच अनलाइनखबरले यो ब्रिफिङ तयार पार्दासम्म ४५ सिटमा रास्वपा प्राय: धेरै ठाउँमा विशाल मतान्तरसहित अग्र स्थानमा छ ।विशेष महाधिवेशनपछि बदलावको सन्देश लिएर मतदातासामु गएको कांग्रेसले आम समुदायमा त्यो सन्देश विस्तार गर्न सकेन । कांग्रेस ५ सिटमा अग्रतासहित दोस्रो स्थानमा देखिए पनि रास्वपासँग अन्तर ठूलो छ । सभापति गगन थापाल सर्लाही ४ मा नै दबाबमा छन् भन्ने हाम्रो टिमको आन्तरिक बुझाइ छ ।यो चुनावले सर्वाधिक धक्का दिएको छ, एमालेलाई । अहिलेसम्म एमाले ३ सिटमा अग्रताको स्थानमा छ । अन्तिम परिणाम आउँदासम्म, अनि समानुपातिक तर्फको मत गन्दासम्म एमालेले केही सन्तोषजनक स्थान बनाउन सक्छ । तर
मोरङ ३ अपडेट : माटोको अग्रता कायमैविराटनगर । मोरङको क्षेत्र नम्बर ३ मा श्रम संस्कृति पार्टीका अमिर मगरले अग्रता कायमै राखेका छन् । निर्वाचन कार्यालयले जारी गरेको दोस्रो परिणाम अनुसार श्रम संस्कृति पार्टीका मगरले ५०९ मत प्राप्त गरेका छन् ।उनलाई काँग्रेसका सुनिल शर्माले ३२८ मतका साथ पछ्याइरहेका छन् । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश कार्कीले भने २८३ मत पाएका छन् ।यस्तै एमालेले सो क्षेत्रमा ६७ मत पाउँदा नेकपाले १३, राप्रपाले ३, मंगोल नेशनल अर्गनाइजेसनले ७, उज्यालो नेपाल पार्टीले ५ मत प्राप्त गरेको छ ।डडेल्धुरामा मतगणना बिहान ११ बजेदेखि सुरु हुनेडडेल्धुरा । डडेल्ध
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विजयीको खाता खोलेको छ । काठमाडौं–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रञ्जु दर्शना विजयी भएकी छन्। उनले कांग्रेसका प्रबल थापालाई हराउँदै प्रतिनिधिसभा सांसदमा निर्वाचित भएकी हुन्। निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन बाँकी छ । प्राप्त समाचारअनुसार उनले १० हजार ५ सय ८१ मत प्राप्त गरेकी छन् ।
काठमाडौं— प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शना जीत नजिक पुगेकी छन् । मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले दिएको शुक्रबार बिहान पौने ८ बजेसम्मको जानकारी अनुसार, कुल २० हजार ४८८ मत गणना हुँदा रञ्जु दर्शनाले १० हजार ५८१ मत प्राप्त गरे । यो मत कुल गणना भएको मतको करिब ५१ प्रतिशत हुन आउँछ ।दर्शनाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार प्रबल थापाले ४ हजार ७३३ मत प्राप्त गरेका हुन् । अहिलेको अवस्थामा दर्शना र थापाबीचको मतान्तर ५ हजार ८४८ पुगेको छ । त्यस्तै , राष्ट्रिय प्रजातन्त्र पार्
काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीमका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रुकुमपूर्व–१ मा सुरुवाती मतगणनाबाटै अग्रता कायम गरेका छन् ।हालसम्मको मतपरिणाम अनुसार प्रचण्डले १४१५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लीलामणि गौतमले ४३१ मत प्राप्त गरेका छन् भने कुसुमदेवी थापाले (नेपाली कांग्रेस) ले ४१७ मत ल्याएकी छन् ।सुरुवाती चरणको मतगणनामा नै प्रचण्डले उल्लेखनीय अन्तरसहित अग्रता बनाएका छन् भने मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सुर्खेत— बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना तयारी भइरहेको छ । कालिकोटबाहेकका निर्वाचन क्षेत्रको गणना सुरु भएको छैन् ।सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकको मतगणना सुरु गरिएको छ भने जुम्लामा सर्वदलीय बैठक बसेर मतगणनाको तयारी भइरहेको छ । सुर्खेत निर्वाचन क्षेत्र नम्बर दुईमा बिहान नौ बजेदेखि मतगणना सुरु गर्ने निर्णय सर्वदलीय बैठकले गरेको छ ।हुम्ला र डोल्पा जिल्लाका केही मतदान केन्द्रको मतपेटिका सदरमुकाम ल्याउन तयारी भइरहेको छ । विकटताका कारण हेलिकोप्टर प्रयोग गर्नु पर्ने मतदान केन्द्रको मतपेटिका ल्याउन तयारी भइरहेको छ ।यहाँका २३ मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्न हेलिकप्टर प्रयोग गरिन
काठमाडौं— प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन ३ मा रास्वपा उम्मेदवार सोविता गौतमले अग्रता कायम राखेकी छन् ।सोविताले हालसम्मको मत गणनामा २ हजार ४८५ मत पाइकी छिन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार रेणु दाहाले १ हजार ७८६ मतले पछ्याइरहेकी छिन् ।एमाले उम्मेदवार शंकर थपलिया तेस्रो स्थानमा रहेका छन् । उनले ५३५ मत पाएका छन् भने कांग्रेसका टेकप्रसाद गुरुङले २७६ मत सहित चौथो स्थानमा रहेका छन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.