काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विजयीको खाता खोलेको छ । काठमाडौं–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रञ्जु दर्शना विजयी भएकी छन्। उनले कांग्रेसका प्रबल थापालाई हराउँदै प्रतिनिधिसभा सांसदमा निर्वाचित भएकी हुन्। निर्वाचन आयोगबाट औपचारिक घोषणा हुन बाँकी छ । प्राप्त समाचारअनुसार उनले १० हजार ५ सय ८१ मत प्राप्त गरेकी छन् ।






































