काठमाडौं— प्रतिनिधि सभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले एक स्थानमा जित हासिल गरेको छ भने ४७ स्थानमा अगाडि रहेको छ ।

रास्वपा काठमाडौं  १ मा रञ्जु न्यौपाने दर्शना विजयी भएकी छिन् । नेपाली कांग्रेस ६, नेकपा एमाले ४ र नेपाली कम्युनिष्ट पार्टी २ स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।

श्रम संस्कृति १ र राप्रपा १ स्थानमा अगाडि रहेको छ ।