काठमाडौं— विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ ।बैठक आज बिहान ११:३० बजे सिंहदरबारस्थित समितिको सभाकक्ष बस्ने भएको हो ।बैठकमा मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा स्वच्छताको सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदनको विषयमा छलफल हुने छ ।
काठमाडौं— काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै विस्थापित भएका परिवारको सामाजिक र आर्थिक पुनस्र्थापनाका लागि विशेष प्याकेज अघि सारेको छ । महानगरले विस्थापित सुकुम्बासीलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने र वास्तविक सुकुम्बासीलाई सरकारमार्फत स्थायी बसोबासको व्यवस्थापन गर्ने गरी काम भइरहेको जनाएको छ ।महानगरका प्रवक्ता नवीन मानन्धरले विस्थापितहरूलाई सामाजिक विकास कार्यक्रमअन्तर्गत राखी स्वरोजगार बनाउन ऋण र तालिमको व्यवस्था गरिने जानकारी दिएका हुन् ।हाल थापाथली लगायतका क्षेत्रबाट विस्थापित भएका ४४ घरधुरीका १२१ जनालाई कीर्तिपुरस्थित राधास्वामी सदनमा राखिएको छ । प्
काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई सभापति पदबाट निलम्बन गर्ने निर्णय गरेको छ।समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आइतबार बसेको बैठकले अनुशासन उल्लंघनसम्बन्धी विभिन्न विषयमा निर्णय गरेको हो।बैठकले तामाङलाई पार्टी नेतृत्वविरुद्ध बदनियतपूर्वक भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएको आरोपमा यसअघि स्पष्टिकरण सोधिएकोमा उनले दिएको जवाफ प्रारम्भिक रूपमा सन्तोषजनक र चित्तबुझ्दो नदेखिएको निष्कर्ष निकालेको जनाएको छ । यस विषयमा थप अनुसन्धान आवश्यक रहेको र उनी सभापति पदमै रहँदा अनुसन्धान प्रभावित हुन सक्ने ठहर गर्दै निर्णय नह
विराटनगर— नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा ‘जरा अभियान’ अन्तर्गत झापाका लागि केन्द्रीय प्रतिनिधि बसन्त भट्टराईले क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई समयमै सम्पन्न गर्न सबै तहका समितिहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।नेपाली कांग्रेस झापाद्वारा आयोजित जिल्लास्तरीय संयुक्त भेलालाई सम्बोधन गर्दै उनले वडा, गाउँ/नगर, प्रदेशसभा क्षेत्र र क्षेत्रीय समितिहरूको समन्वय बिना अभियान सफल हुन नसक्ने बताए। बैशाख १ गतेदेखि सुरु भएको एकमहिने ‘जरा अभियान’ अहिले वडातहसम्म विस्तार भइसकेको उल्लेख गर्दै उनले समयमै सदस्यता अद्यावधिक गर्न निर्देशन दिए।अभियानका अर्का केन्द्रीय प्रतिनिधि रुद्रबहादु
बिर्तामोड— झापाको बिर्तामोडमा आयोजित एक महत्वपूर्ण भेलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बसन्त भट्टराईले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई समयमै सम्पन्न गर्न सबै तहका नेतृत्वलाई स्पष्ट निर्देशन दिएका छन्। उनले वडा, गाउँरनगर, प्रदेशसभा क्षेत्र र क्षेत्रीय समितिहरूको सक्रिय भूमिका बिना अभियान सफल नहुने उल्लेख गरे।गत बैशाख १ गतेबाट सुरु भएको ‘जरा अभियान’ अब वडास्तरसम्म पुगेको छ। यही सन्दर्भमा भट्टराईले कार्यसम्पादनमा ढिलाइ नगर्न आग्रह गर्दै संगठनलाई जरा तहबाटै सुदृढ बनाउने उद्देश्यमा जोड दिए।अभियानमा संलग्न अर्का केन्द्रीय प्रतिनिधि रुद्रबहादुर कन्दङ्वाले सदस्यता अद्यावधिकपछि प्रत्
काठमाडौं— प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुर हाल ललितपुरस्थित किस्ट अस्पतालमा उपचाररत छिन् । अस्पताल प्रशासनका अनुसार उनलाई चिकित्सकहरूको निरन्तर निगरानीमा राखेर उपचार भइरहेको छ।अस्पतालका प्रमुख सञ्चालन अधिकृत अमिस पाठकका अनुसार बुधबार बिहान करिब १० बजे ठाकुरलाई अस्पताल ल्याइएको थियो। अस्पताल ल्याउँदा उनी अचेत अवस्थामा थिइन् र शरीरमा चिनीको मात्रा कम भएको पाइएको थियो।उनलाई तत्काल सलाइनसहित आवश्यक उपचार प्रदान गरिएपछि अवस्था सुधार हुँदै होसमा फर्किनुभएको पाठकले जानकारी दिए। हाल थप उपचारका लागि उनलाई अस्पतालको क्याबिनमा राखिएको छ र चिकित्सकहरूको निगरानी जारी रहेको जनाइएको छ।
काठमाडौं— विपक्षी दलहरूले सरकारलाई अध्यादेश फिर्ता गर्न आग्रह गरेका छन् । बुधबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठकले अध्यादेश फिर्ता गरी तत्काल संसद् अधिवेशन बोलाउन माग गर्ने निर्णय पनि गरेको छ । सरकारले सिफारिस गरेको अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय भएको नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए । “संसद् छलेर ल्याएको अध्यादेशको विरोध, भर्त्सना र निन्दा गर्ने निर्णय गरेका छौँ,” उनले भने, “सरकारलाई अध्यादेश फिर्ता लिन र राष्ट्रपतिलाई अध्यादेश स्वीकृत नगर्न आह्वान गर्ने निर्णय भएको छ ।” बैठकमा कांग
काठमाडौं— परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि म्यानमारका राजदूत महामहिम थान्ट सिनबिच भेटवार्ता भएको छ ।आज परराष्ट्र मन्त्रालयमा उनीहरुबिच भेटर्वाता भएको हो ।भेटमा व्यापार, आर्थिक सहयोग, सांस्कृतिक सम्बन्ध र जनता(जनता आदान(प्रदान लगायत पारस्परिक हितका विभिन्न विषयमा छलफल भएको छ ।
काठमाडौं— म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र निर्वाचित सांसद महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । पूर्वमन्त्री समेत रहेका पुनले बुधवार सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । पुनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा श्रीमतीको नाममा करिब तीन तोला सुन रहेको उल्लेख गरेका छन् । त्यो सुन इष्टमित्रले श्रीमतीलाई उपहार दिएको पुनले जनाएका छन् । साथै, उनले नेपाल बैंक लिमिटेडमा चार लाख रुपैयाँ नगद रहेको, राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख रहेको खुलाएका छन् । उक्त रकम चुनावी चन्दा भनेका छन् । कास्कीमा विभिन्न कित्तामा करिब २७ रोपनी, १५ आना चार पैसा रहेको
काठमाडौं— नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालै भएको निर्वाचबाट ठुलो राजनीतिक धक्का र असफलता व्यहोरेको स्वीकार गरेका छन् । २७औँ यदु स्मृति दिवस तथा २४औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले यो असफलताबाट शिक्षा लिँदै पुनः उठ्ने दृढता व्यक्त गरेका हुन् ।उनले भने, ‘हामीले धेरै सफलता र असफलता पार गरेका छौँ । यस पटक ठुलो धक्का व्यहोरेका छौँ, यसबाट हामीले शिक्षा लिन्छौं र हामी फेरी यसलाई चिरेर पुनः उठ्छौँ ।’उनले उग्र वामपन्थी सोचबाट लोकतान्त्रिक उपलब्धि गुम्न सक्ने चेतावनी दिए । उनले शान्तिपूर्ण जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूलाई संरक्षण गर्न सबै राजनीतिक शक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.