काठमाडौं— विपक्षी दलहरूले सरकारलाई अध्यादेश फिर्ता गर्न आग्रह गरेका छन् । बुधबार सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठकले अध्यादेश फिर्ता गरी तत्काल संसद् अधिवेशन बोलाउन माग गर्ने निर्णय पनि गरेको छ । 

सरकारले सिफारिस गरेको अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय भएको नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए । 

“संसद् छलेर ल्याएको अध्यादेशको विरोध, भर्त्सना र निन्दा गर्ने निर्णय गरेका छौँ,” उनले भने, “सरकारलाई अध्यादेश फिर्ता लिन र राष्ट्रपतिलाई अध्यादेश स्वीकृत नगर्न आह्वान गर्ने निर्णय भएको छ ।” 

बैठकमा कांग्रेस, एमाले, नेकपा, राप्रपाका सांसद उपस्थित थिए । श्रम संस्कृति पार्टीलाई बोलाइए पनि व्यस्त भएको भन्दै उक्त दलका सांसद उपस्थित भएनन् । 

सरकारले संवैधानिक परिषद् र सरहकारीसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । त्यसप्रति विपक्षी दलले विरोध गरेका हुन् । अन्य विषयमा छलफल गर्न बिहीबार पनि बैठक बस्ने तय भएको छ ।

674973908_1943451972930815_1630848950079540888_n-1777450957