राजनीति

    Showing 1,041-1,050 of 10,298 items.
  • मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक

    काठमाडौं । सरकारले पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङ अध्ययन तथा छानबिन समिति गठन गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गुरुङ अध्ययन तथा छानबिन समिति गठन गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको हो ।यसैगरी, निजामती सेवा १६औँ संसदीय नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।त्यस्तै, ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण मानिएका चारवटा जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ । यसअन्तर्गत तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजनाहरूले वन क्षेत्र प्रयो

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 202 पटक पढिएको
  • गृहमन्त्रीमा सुद्दन गुरुङको पुनरागमन, आजै शपथ लिने तयारी

    काठमाडौं । केही समयअघि पद त्यागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङ पुनः सरकारमा फर्किने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गुरुङलाई फेरि गृहमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको स्रोतले जनाएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मंगलबार दिउँसो ३ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ । शपथसँगै गुरुङले गृह प्रशासनको नेतृत्व पुनः सम्हाल्नेछन् ।यसअघि सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि गुरुङले नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि सरकारले गठन गरेको छानबिन समितिले अनुसन्धान सम्पन्न गरी आफ्नो प्रतिवेदन प्रधानमन्त्र

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 83 पटक पढिएको
  • मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं। मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे बस्न लागेको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार आज नियमित कार्यसूचीमाथि छलफल हुनेछ।

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 216 पटक पढिएको
  • ट्रपले दिए नेतन्याहुलाई इरान मामिलामा एक्लिन सक्ने चेतावनी

     काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  इरान मामिलामा एक्लिने अवस्था आउन सक्ने भन्दै इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहुलाई चेतावनी दिएका छन् ।राष्ट्रपति डोनमल्ड ट्रम्पले नेतन्याहुलाई यस्तो चेतावनी इजरायलको ‘च्यानल १२’ सँगको अन्तर्वार्ता मार्फत दिएको बीबीसीले जनाएको छ । इजरायली न्युज एजेन्सीका अनुसार नेतन्याहुले आइतबार इरानमाथि गरिएको आक्रमणबारे ट्रम्पलाई अन्तिम समयसम्म पनि पूर्ण जानकारी गराएका थिएनन् ।  ट्रम्पले आइतबार नै इरानविरुद्ध प्रतिआक्रमण नगर्न भनी नेतन्याहुलाई सुझाव दिएका थिए । लेबनानको राजधानी बेरुतमा इजरायलले गरेको आक्रमणपछि इरानले इजरायलमाथि आक्रमण ग

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 415 पटक पढिएको
  • कांग्रेसमा खड्कासँग सहमति नभएपछि संस्थापनको नयाँ कदम,पाँच शीर्ष नेतासम्म पुग्यो सातबुँदे प्रस्ताव

    काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद समाधान प्रयासले नयाँ मोड लिएको छ । पूर्णबहादुर खड्कासँग सहमति जुट्ने संकेत नदेखिएपछि संस्थापन पक्षले इतर समूहका अन्य शीर्ष नेताहरूसँग प्रत्यक्ष संवाद थालेको छ ।संस्थापनले डा. शेखर कोइराला, विमलेन्द्र निधि, डा। शशांक कोइराला, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई परिमार्जित सातबुँदे प्रस्ताव पठाएको छ । यसअघि खड्कालाई मात्रै दिइएको प्रस्तावमा प्रतिक्रिया नआएपछि सहमतिको दायरा फराकिलो बनाइएको हो ।पार्टीभित्रको लामो विवाद अन्त्य गर्न संस्थापन सक्रिय देखिए पनि इतर समूहले भने अब धेरै प्रतीक्षा नगर्ने संकेत दिएको छ । इतर पक्षले जेठ मसान्तभित्र सहमति नभए देशव्या

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 218 पटक पढिएको
  • रास्वपा पर्साको जिल्ला सभापतिमा हरि पन्त निर्वाचित

    वीरगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा पर्साको जिल्ला सभापतिमा प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्त हरि पन्त निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि सम्पन्न प्रथम ऐतिहासिक जिल्ला अधिवेशनमा पन्तको प्यानलले सबै प्रमुख पदहरूमा सानदार जित हासिल गर्दै संगठनमा आफ्नो स्पष्ट वर्चस्व कायम गरेको हो । निर्वाचनमा पर्सा क्षेत्र नं १ का सांसद समेत रहेका पन्तले १६६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एवं क्षेत्र नं २ का सांसद सुशील कुमार कानुले ११८ मत मात्र प्राप्त गरे । पन्तले कानुलाई ४८ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । यस निर्वाचनमा सांसद कानुनको पक्षमा क्षेत्र नं ३ का सांसद रामा

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 256 पटक पढिएको
  • रास्वपा नवलपुरको सभापतिमा भण्डारी

    त्रिवेणी। राष्ट्रिय स्वतन्त्र पार्टी नवलपुरको सभापतिमा दोमनबहादुर भण्डारी निर्वाचित हुनभएको छ । गएराति सम्पन्न निर्वाचनमा एक सय ४२ मतसहित उहाँ सभापतिमा निर्वाचित हुनुभएको निर्वाचन संयोजक मीना शर्मा आचार्यले जानकारी दिनुभयो ।प्रतिस्पर्धी गोकुल सापकोटाले एक सय ३९ र कृष्णप्रसाद शर्माले एक सय ३६ मत प्राप्त गर्नुभयो ।उपसभापतिमा जगबहादुर राना, सचिवमा सुदीप न्यौपाने र सहसचिवमा सन्तबहादुर ठाडा निर्वाचित हुनुभएको छ । अधिवेशनले २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।आइतबारदेखि सुरु भएको प्रथम अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि सोमबार साँझ मतदान गरिएको थियो । कुल सात सय ५६ मत

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 205 पटक पढिएको
  • काठमाडौं सहयोगापेक्षी मानवमुक्त घोषणाः उद्धार, हेरचाह, औषधोपचार र पुनस्स्थापना जारी रहने

    काठमाडौं— काठमाडौं महानगरपालिकाको भौगोलिक क्षेत्रलाई सडक सहयोगापेक्षी मानवमुक्त घोषणा गरिएको छ ।सोमबार राष्ट्रिय सभा गृहमा आयोजित औपचारिक समारोहमा ‘जो वेसहारा, महानगरपालिकाको अभिभारा’ नारासहित कार्यवाहक प्रमुख सुनिता डंगोलले सहयोगापेक्षी मानवमुक्त सहर घोषणा गर्दै यसको कार्यान्वयनका लागि नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय र मानव सेवा आश्रमसँग सम्झौता गरेको हो । यसपछिका दिनमा सडक वा सार्वजनिक स्थलमा भेटिन सक्ने सहयोगापेक्षीहरुको व्यवस्थापन कार्यमा सम्पर्क, सम्बन्ध, सहयोग र समन्वय तथा एकीकृत प्रणालीबाट सञ्चालन गर्ने उद्देश्यका साथ गरिएको सम्झौता पत्रमा महानगरका तर्फबाट कार्यवाहक प्रमुख डं

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 441 पटक पढिएको
  • महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

    काठमाडौं— महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्दै छ । बैठक बिहान ९ बजे सिंहदरबारमा बस्ने भएको हो ।आजको बैठकमा आदिवासी जनजाति आयोगको कामकारवाही सम्बन्धमा आयोगका पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको छ । 

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 395 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    काठमाडौं— प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो ।सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । सभामुखले कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यहरूको नाम मनोनयन गरेको बेहोरा जानकारी गराउने कार्यसूची छ ।यसैगरी, बैठकमा सभामुखले “वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ राष्ट्रिय सभाबाट अबधिभित्र फिर्ता नभएको जानकारी गराउने छन् । बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ । बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा स्वर्णिम

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 424 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.