काठमाडौं । केही समयअघि पद त्यागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङ पुनः सरकारमा फर्किने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गुरुङलाई फेरि गृहमन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मंगलबार दिउँसो ३ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ । शपथसँगै गुरुङले गृह प्रशासनको नेतृत्व पुनः सम्हाल्नेछन् ।

यसअघि सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि गुरुङले नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि सरकारले गठन गरेको छानबिन समितिले अनुसन्धान सम्पन्न गरी आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइसकेको छ ।

प्रतिवेदन प्राप्त भएसँगै गुरुङलाई पुनः मन्त्रिपरिषद्मा फर्काउने तयारी गरिएको हो । उनको पुनरागमनले राजनीतिक वृत्तमा नयाँ बहस समेत सुरु भएको छ ।