पत्रपत्रिका

    Showing ९५१-९६० of १,२६७ items.
  • कोरोनाको दोस्रो लहर बढी सचेतना जरुरी

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरसँगै सङ्क्रमण दरले पुनः गति लिन थालेको छ । दैनिक ४८ जनासम्म ओरालो झरेको सङ्क्रमणपछि पछिल्लो एक सातामा कोरोनाले गम्भीर बिरामी हुनेको सङ्ख्या बढ्न थालेको छ । केही दिनयता सङ्क्रमितको सङ्ख्या तीन सयभन्दा बढी देखिएको छ । विज्ञहरूले कोरोनाबाट जोगिन अझ बढी सचेत हुनुपर्ने बताउन थालेको छन् ।भारतमा पछिल्ला दिनमा दैनिक एक लाख ५० हजारभन्दा बढी सङ्क्रमित हुँदा एक हजारको हाराहारीमा मृत्यु भइरहेको छ । नेपालमा पनि सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्नुले खतराको सङ्केत गरेको चिकित्सकहरूको भनाइ छ । नेपालमा पछिल्ला दिनमा सङ्क्रमण सङ्ख्या विस्तारै उक

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • १४८ पटक पढिएको
  • संक्रमणको प्रभाव शैक्षिक संस्थामा

    बिर्तामोड ( राजधानी दैनिकबाट) यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ ।संक्रमणदर दिनप्रतिदिन बढ्दै गएपछि शैक्षिक संस्था मारमा परेका छन् । भर्खरै गति लिन थालेका शैक्षिक संस्था पुनः संक्रमण बढेपछि प्रभावित हुने देखिएको हो । केही विद्यालयको अहिले पनि परीक्षा सञ्चालन भइरहेको छ भने केही विद्यालयमा पाठ्यक्रम सक्नेगरी भौतिक उपस्थितिसहित पठनपाठन भइरहेको छ ।तर, संक्रमण बढ्दै गएपछि शैक्षिक सत्र र परीक्षालगायत शैक्षिक क्रियाकलाप नै अनिर्णित हुने देखिएको हो । स्वास्थ्य मन्त्रालयले जोखिम क्षेत्रका विद्यालय बन्द

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • १५१ पटक पढिएको
  • डढेलोले सखाप हुँदै वन

    बिर्तामोड (राजधानी दैनिकबाट) काठमाडौंको उत्तरतर्फ पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलो लाग्दा धेरै वन क्षेत्र सखाप पारेको छ । विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले मुलुकका अधिकांश क्षेत्रमा ठूलो क्षति पु¥याएको छ तर हरेक वर्ष सचेतनाको कार्यक्रम गर्दै आएको सरकारले रोकथाम तथा नियन्त्रणमा पर्याप्त योजना ल्याउन सकेको छैन भने भएका कार्यक्रम र योजना पनि प्रभावहीन बन्दै आएका छन् ।आइतबार दिउँसो डढेलो लागेपछि नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकल निकुञ्ज क्षेत्रमा पुग्यो । दमकलले ढडेलो नियन्त्रण गर्न कठिन भएपछि सेना र

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • १५२ पटक पढिएको
  • कांग्रेसमा पुनः महाधिवेशन कार्यतालिका हेरफेर

    बिर्तामोड ( राजधानी दैनिकबाट) नेपाली कांग्रेसको पूर्वनिर्धारित १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर हुने भएको छ ।पार्टीको क्रियाशील सदस्यता वितरणमा भएको ढिलाइ, नयाँ वितरित र नवीकरण सम्पन्न विवरण प्रणालीमा राख्न गरिएको ढिलाइ र अन्य पार्टीबाट आएकाको समायोजन प्रक्रिया बाँकी रहेका कारण प्रभावित बनेको कार्यतालिकालाई कांग्रेसले हेरफेर गर्ने भएको हो ।कांग्रेसले पछिल्लोपटक २० चैतमा बसेको केन्द्रीय समिति बैठकमार्फत क्रियाशील सदस्यको विवरण देशभरिबाट अनलाइन प्रणालीमा इन्ट्री गर्ने समय चैत मसान्तसम्मका लागि तोकेको थियो । यसअघि कांग्रेसले १० चैतसम्म सो मिति तय गरेकोमा समयभित्र नसकिएपछि पुनः समय थप गरेक

    • प्रकाशित मितिः चैत ३०, २०७७
    • १५८ पटक पढिएको
  • गुणस्तरहीन खाद्यान्न उत्पादन गर्नेलाई पाँच लाखसम्म जरिवाना

    बिर्तामोड ( कारोबार दैनिकबाट ) गुणस्तरहीन खाद्यान्न उत्पादन गर्नेलाई ५० हजार रुपैयाँदेखि पाँच लाख जरिवाना र पाँच वर्षसम्म कैदको व्यवस्था गरिएको छ ।एक हजार जरिवाना लिइँदै आएकोमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०७७ मा परिमार्जनको प्रस्ताव गर्दै जरिवाना वृद्धिको प्रस्ताव गरिएको हो ।उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर पार्ने गरी अखाद्य उत्पादन गर्नेलाई सो जरिवाना र कैदको व्यवस्था गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विद्यमान खाद्य ऐन २०२३ लाई परिमार्जन गरेर समसामयिक बनाएको छ ।फितलो कानूनको फाइदा उठाउँदै व्यवसायीले उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकू

    • प्रकाशित मितिः चैत २९, २०७७
    • १५१ पटक पढिएको
  • वन तथा वातावरण मन्त्रालयको पुँजीगत खर्च २७ प्रतिशत

    बिर्तामोड (कारोबार दैनिकबाट) वन तथा वातावरण मन्त्रालयको दोस्रो चौमासिकसम्मको वित्तीय प्रगति ४८।९२ प्रतिशत देखिएको छ । जसमध्ये चालूअन्तर्गत ६७।४१ प्रतिशत र पुँजीगत खर्च २७।२० प्रतिशत देखिएको छ ।चालू आवका लागि छुट्याइएको पहिलो प्राथमिकताका आयोजनामध्ये ११ वटा कार्यक्रमको ८० प्रतिशतभन्दा बढी प्रगति देखिएको हो । जसमध्ये वन तथा वातावरण मन्त्रालय, नेपाल जलवायु सहयोग कार्यक्रम, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, स्वच्छ वातावरण कार्यक्रम, वन तथा भू–संरक्षण विभाग, डिभिजन वन कार्यालयहरू, वन सुरक्षा सैनिकसमेत, जलाधार संरक्षण तथा सिमसार व्यवस्थापन कार्यक्रम, वनस्पति विभाग, जडिबुटी विकास कार्यक्रम, वनस्पति

    • प्रकाशित मितिः चैत २९, २०७७
    • १५८ पटक पढिएको
  • पर्यटक आवागमन ठप्प

    बिर्तामोड( अन्नपुर्ण पोष्ट दैनिकबाट) कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै सन् २०२१ को जनवरीमा अन्तर्राष्ट्रिय पर्यटक आवागमन ८७ प्रतिशतले घटेको छ। विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ)ले गत साता सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२० कोे सोही अवधिको तुलनामा अन्तर्राष्ट्रिय पर्यटक आवागमनमा कमी आएको हो। सन् २०२० को जनवरीसम्म कोभिड विश्व महामारीका रूपमा फैलिएको थिएन। २०२० को जनवरीमा ४ प्रतिशतको वृद्धिसँगै डेढ अर्ब व्यक्ति घुमफिरमा निस्किएको तथ्यांकले देखाएको छ। सन् २०२१ को जनवरीमा भने युरोपेली मुलुकमा कोभिडको दोस्रो लहर चलेकाले पर्यटक आवागमन प्रभावित भएको जनाइएको छ।पर्यटक आवागमन जनवरीमा सबैभन्दा बढी एसि

    • प्रकाशित मितिः चैत २९, २०७७
    • २५९ पटक पढिएको
  • ‘अदालतले डिभोर्स दिँदा घर फर्कनुर्‍यो’

    बिर्तामोड (नागरीक दैनिकबाट) नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माधवकुमार नेपालसँग गहिरो ‘लभ’ परिरहेका बेला सर्वोच्च अदालतले ‘डिभोर्स’ गरिदिएको गुनासो गरेका छन्। दाहालले शनिबार आयोजित एक कार्यक्रममा नेपाल र आफूबीचको सम्बन्धलाई अदालतले छुटाइदिएपछि आआफ्नो घर फर्कनुपरेको गुनासो गरेका हुन्।  ‘अदालतले पति–पत्नीलाई डिभोर्स गरेझैं हामीलाई पनि आ–आफ्नो घरमा फर्काइदियो। त्यसैले मैले सेटिङ भयो भनेको हुँ,’ दाहालले भने, ‘हाम्रो त लभ परिराख्या थियो। माघ २८ को सभामा म कसरी बोलेको थिएँ, माधवजी कसरी बोल्नुभयो, झलनाथजी कसरी बोल्नुभयो। लभ नपरेको भए त्यसरी बोलिन्नथ्यो र। लभ परेकालाई अदालतले

    • प्रकाशित मितिः चैत २९, २०७७
    • १६३ पटक पढिएको
  • यसरी नजिकिए ओली–महन्थ

    बिर्तामोड (नागरीक दैनिकबाट) कुनै बेला मधेसविरोधी मानिने प्रधानमन्त्री केपी शर्मा ओलीसँग तराई–मधेस केन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष महन्थ ठाकुरबीच निकटता बढेको छ।ओली–ठाकुरबीच यस्तो निकटता बढेको एक वर्ष पूरा भएको जसपाका नेताहरू बताउँछन्।ठाकुरनिकट नेताहरू प्रधानमन्त्री र ओलीबीचको निकटता आगामी चुनाव र सत्ता सहयात्रासम्म जान सक्ने बताउँछन्।‘पोहोर फागुनमा प्रधानमन्त्री ओली महाराजगन्जस्थित मनमोहन अस्पतालमा भर्ना भएको बेलादेखि नै ओली र ठाकुरबीच निकटता बढेको हो,’ ठाकुरनिकट एक नेताले भने, ‘प्रधानमन्त्री मनमोहनमा भर्ना भएको बेला ठाकुरजी भेट्न जानुभएको थियो।त्यतिखेर प्रधानमन्त्रीज्यूले

    • प्रकाशित मितिः चैत २९, २०७७
    • १६७ पटक पढिएको
  • बहुमत खण्डित, प्रदेश सरकार पनि संकटमा

    बिर्तामोड (नागरीक दैनिकबाट ) सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरी एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काइदिएपछि संघीय र प्रदेश सरकार अप्ठेरोमा परेका छन्। तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भई नेकपा बनेपछि उसैको नेतृत्वमा संघ र ६ वटा प्रदेशमा सरकार बनेका थिए। एकीकृत दुई पार्टी अलगअलग भई बहुमत खण्डित भएपछि संघीय र प्रदेश सरकार दुवै अप्ठेरोमा परेका हुन्।  पूर्ववत् अवस्थामा फर्र्किएपछि माओवादी केन्द्रले संघीय सरकार परिवर्तनका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग वार्ता गरिरहेको छ। उसले अर्को प्रतिपक्षी जनता समाजवादी पार्टी (जसपा) सँग पनि वार्ता

    • प्रकाशित मितिः चैत २९, २०७७
    • १६७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.