पत्रपत्रिका

    Showing 951-960 of 1,250 items.
  • फैलिँदै डढेलो, मासिँदै वन

    बिर्तामोड (नागरीक दैनिकबाट) सुदूरपश्चिममा तस्करले वन मास्दै गएकाप्रति चिन्ता त गरिन्छ नै, अहिले त्योभन्दा ठूलो चिन्ता डढेलोले निम्त्याएको छ । सुदूरपश्चिम प्रदेशमा डढेलोले ३० प्रतिशत वनक्षेत्र सखाप पारेको आँकलन प्रदेश वन निर्देशनालयको छ । अत्यधिक गर्मी, त्यसमाथि हावाहुरी चल्दा यहाँ राष्ट्रिय तथा सामुदायिक वन डढेलोको चपेटामा परेका हुन्। डढेलोका कारण निस्कने धुँवाका कारण वायु प्रदूषण अर्को समस्या बनेर उभिएको छ।धनगढीका प्रदेश वन निर्देशनालय सुदूरपश्चिम निर्देशक हेमराज विष्टका अनुसार अहिले सामुदायिक र राष्ट्रिय वन डढेलोको मारमा पर्दैछ। ‘तराईबाट चुरेतर्फ हेर्दा ठाउँठाउँमा डढेलो लागेको देखिन्छ,’ उनले

    • प्रकाशित मितिः चैत २८, २०७७
    • 77 पटक पढिएको
  • तीन दल मिल्नु घाम र जुन मिल्नु जस्तै हो : मुख्यमन्त्री गुरुङ

    बिर्तामोड (नेपाल समाचारपत्र दैनिकबाट) गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र सङ्घीय समाजवादी मिल्नु भनेको घाम र जुन मिल्नु जस्तै भएको बताउनुभएको छ । मुख्यमन्त्री गुरुङले आज बेँसीशहर–१ उदिपुरमा आयोजित कार्यक्रममा तीन दलका आ–आफ्ना स्वार्थका कारण मिल्न नसक्ने बताउनुभयो ।वर्तमान सरकारलाई हटाउन सजिलो नभएको भन्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो, “एमालेसँग तीन दलमध्ये जुन मिल्दा पनि बहुमत पुग्छ । उनीहरुको अवस्था सजिलो छैन ।” उहाँले गण्डकी प्रदेश सरकार पनि बलियो रहेको बताउनुभयो ।मुख्यमन्त्री गुरुङले २०४७ देखि २०७४ सम्म आइपुग्दा प्राप्त हुन नसकेको महत

    • प्रकाशित मितिः चैत २८, २०७७
    • 63 पटक पढिएको
  • राष्ट्रपतिबाटै लिम्पियाधुरा नभएको विभूषण वितरण

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) पूर्वसहसचिव बाबुराम गौतमले शुक्रबार दिउँसो ४ बजेर ५ मिनेटमा सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘सुप्रबल जनसेवाश्री तृतीय । सुशोभन समारोह । राष्ट्रपतिको कार्यालय परिसर ।’ सँगै घाँटीमा सुप्रबल जनसेवाश्री तृतीय’ विभूषण भिरेर राष्ट्रपति भवन शीतल निवास अगाडि उनी उभिएको पूर्ण कदको तस्बिर पोस्ट गरिएको थियो ।संविधानको संरक्षक (राष्ट्रपति) बाटै प्रदान गरिएको उक्त विभूषणलाई नियालेर हेर्दा कालापानीरलिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा नै थिएन । सुनमा डिजाइन गरिएको विभूषणको मध्य भागमा देशको पुरानै नक्सा र त्यसमाथि राष्ट्रिय झन्डा अंकित लोगो छ । यो लोगो संविधानविपरीतसमेत

    • प्रकाशित मितिः चैत २८, २०७७
    • 129 पटक पढिएको
  • देउवाको प्रस्तावलाई जसपाको तामेली

    बिर्तामोड(कान्तिपुर दैनिकबाट) कांग्रेस सभापति शेरबहादुर देउवा सार्वजनिक कार्यक्रममा अक्सर लामो बोल्दैनन् । शुक्रबार बिहान कांग्रेसनिकट कर्मचारीको कार्यक्रममा भने उनले प्रशिक्षणको शैलीमा चुनाव र आगामी रणनीतिबारे लामै भाषण गरे ।प्रतिनिधिसभाभित्रको गणित र कांग्रेसको अवस्थाबारे उल्लेख गर्दै उनले भने, ‘हामीले हाम्रो धरातल बिर्सनु हुँदैन । अहिले सरकार बनाउन संख्या छैन । जुनसुकै बेला चुनावमा जानुपर्ने अवस्था आउन सक्छ । हामी तयारी अवस्थामा बस्नुपर्छ ।’गत चुनावमा कांग्रेसले किन हार्‍यो र अब कसरी जित्ने भन्ने विषयमा बोल्दै देउवाले तीन दलको बैठक बोलाउनुको कारण पनि खुलाए, ‘बैठक बोलाएको छैन, शेरबहादुरले वा

    • प्रकाशित मितिः चैत २८, २०७७
    • 76 पटक पढिएको
  • बिस्केट जात्रा आज सुरु हुँदै

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) भक्तपुरमा बिस्काः (बिस्केट) जात्रा शनिबारदेखि सुरु हुँदैछ । कोरोना सङ्क्रमण हुने खतरा भएको भन्दै औपचारिक पूजामा सीमित गर्ने भनिए पनि सर्वोच्च अदालतको आदेशपछि रथ तानेर नै मनाइँदैछ तर भीडभाड नगरी स्वास्थ्य मापदण्ड पालनाका साथ जात्रा मनाइने छ ।आठ रात नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक बिस्काः जात्रा वैशाख ५ गतेसम्म सञ्चालन हुनेछ । शनिबार भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिने छ । भैरवनाथको रथ टौमढीबाट पूर्वमा बुलुबुलु हिटी ९सुकुलढोका० र पश्चिममा नासमनासम्म मात्र लैजान पाइने तथा तोकिएका आवश्यक व्यक्तिबाहेक अन्यलाई रथमा चढ्न रोक लगाइने भएको छ ।गुठी संस्थान भक्त

    • प्रकाशित मितिः चैत २८, २०७७
    • 66 पटक पढिएको
  • खाजाका कारण टिकाउ दर वृद्धि

    बिर्तामोड (गोरखापत्र दैनिकबाट) दिवा खाजा खान पाएका विद्यार्थीहरू बढी समयसम्म विद्यालयमा टिक्ने गरेको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले गरेको अध्ययनले सो तथ्य औँल्याएको हो ।अध्ययनको निष्कर्षअनुसार नेपालको दिवा खाजा कार्यक्रममा भएको प्रत्येक एक अमेरिकी डलर बराबरको लगानीले पाँच दशमलब दुई अमेरिकी डलर बराबरको प्रतिफल दिएको पनि देखाएको छ । दिवा खाजा कार्यक्रमका कारण भर्ना दरमा समेत वृद्धि भएको डब्लूएफपीले प्रकाशन गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।डब्लूएफपीले आगामी सन् २०२३ सम्ममात्र दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने भएको छ । सुरुमा २९ जिल्लामा ला

    • प्रकाशित मितिः चैत २८, २०७७
    • 71 पटक पढिएको
  • सडक मर्मतमा सहमति

    बिर्तामोड ( गोरखापत्र दैनिकबाट) राजधानीमा मेलम्चीको पानी वितरणका क्रममा हुनसक्ने चुहावट नियन्त्रण तथा मर्मत गर्ने क्रममा सडक खन्नका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० र सडक विभागबीच सहमति भएको छ ।केयूकेएलका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले पानी वितरणको क्रममा पाइनलाइनबाट हुने गरेका चुहावटको नियन्त्रण तथा मर्मतका लागि सडक खन्नुपर्ने भएकाले सोको स्वीकृतिका लागि शुक्रबार केयूकेएल र सडक विभागबीच सहमति भएको जानकारी दिनुभयो । चुहावट नियन्त्रणका लागि सडक विभागले स्वीकृति दिएको बताउँदै उहाँले मर्मतका क्रममा खनिएको सडकलाई सडक विभागले मर्मत गर्ने बताउनुभयो ।उहाँले भन्नुभयो, ‘‘चुहावट

    • प्रकाशित मितिः चैत २८, २०७७
    • 78 पटक पढिएको
  • संक्रमण दर ८.२८ प्रतिशत

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) कोरोनाको बेलायती भेरिएन्ट (प्रजाति) सँग मिल्दोजुल्दो भाइरसबाट संक्रमित हुनेको संख्या मुलुकभर बढिरहेको छ । संकलित नमुनाको विश्लेषण गर्दा सुरुमा बेलायतमा देखिएको प्रजाति (बी.१.१.७) सँग मिल्दोजुल्दो भाइरस बढी मात्रामा फैलिरहेको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।‘ब्राजिल र अफ्रिकामा देखिएका कोरोना भाइरसको नयाँ भेरिएन्टबारे पनि थाहा पाउन १५ वटा नमुना हङकङ पठाएका छौं । रिपोर्टको प्रतीक्षामा छौं,’ ईडीसीडीका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने ।ईडीसीडीका अनुसार कुनै समुदायबाट संकलित नमुनामा संक्रमण पुष्टि भएकामध्ये ७० प

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 69 पटक पढिएको
  • नाकाहरू अस्तव्यस्त

    बिर्तामोड (कान्तिपुर दैनिकबाट ) भारतमा कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै नेपालका सीमावर्ती सहरमा त्यसको असर देखिन थालेको छ । भारत आउजाउ गर्नेको चाप व्यवस्थापन हुन नसक्दा, क्वारेन्टाइनहरू नबन्दा र स्वास्थ्य सुरक्षाका मापदण्ड लागू नहुँदा संक्रमण फैलने डरले स्थानीयलाई सताएको छ ।संक्रमण जोखिमका कारण मोरङस्थित रानी(जोगवनी नाकामा कडाइ गरिएपछि बिहीबार विराटनगर(१६ दरैयास्थित खुला सीमाबाट आउजाउ गर्दै सर्वसाधारण ।भारतबाट धेरै कामदार फर्केसँगै सुदूरपश्चिममा दिनदिनै संक्रमित थपिइरहेका छन् । भारतका विभिन्न सहरबाट सुदूरपश्चिमका चारवटा सीमा नाका हुँदै बिहीबार १ हजार ३ सय ६४ जना स्वदेश फर्किए । तीमध्ये ६ स

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 72 पटक पढिएको
  • जसपाका माग पूरा गर्न सरकारले थाल्यो प्रक्रिया

    बिर्तामोड (नागरीक दैनिकबाट) जनता समाजवादी पार्टी(जसपा) ले उठाएका माग पूरा गर्न सरकारले प्रक्रिया अघि बढाएको छ। मधेस आन्दोलनका क्रममा जिल्ला अदालतमा दर्ता गरिएका मुद्दा फिर्ता लिन र बन्दी रिहाइ गर्न सरकारले प्रक्रिया अघि बढाएको हो।जसपाका अनुसार सरकारले मधेस आन्दोलनका क्रममा बन्दी बनाइएकाको मुद्दा कहिले र कहाँ दर्ता भएको हो र हाल ती मुद्दाको अवस्था कस्तो छ भन्ने यकिन विवरण निकाल्न फाराम भर्न लगाएको छ। फाराम भर्न लगाउनुको अर्थ आफ्नो पार्टीद्वारा अघि सारिएका माग पूरा हुने परिस्थिति सिर्जना हुन लागेको जसपा नेता एवं कार्यदल सदस्य लक्ष्मणलाल कर्णले बताए।जसपाले राखेका माग पूरा गर्न सरकारले बन्दी रिहाइ

    • प्रकाशित मितिः चैत २७, २०७७
    • 71 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा