बिर्तामोड (नागरीक दैनिकबाट) नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माधवकुमार नेपालसँग गहिरो ‘लभ’ परिरहेका बेला सर्वोच्च अदालतले ‘डिभोर्स’ गरिदिएको गुनासो गरेका छन्। दाहालले शनिबार आयोजित एक कार्यक्रममा नेपाल र आफूबीचको सम्बन्धलाई अदालतले छुटाइदिएपछि आआफ्नो घर फर्कनुपरेको गुनासो गरेका हुन्।  

‘अदालतले पति–पत्नीलाई डिभोर्स गरेझैं हामीलाई पनि आ–आफ्नो घरमा फर्काइदियो। त्यसैले मैले सेटिङ भयो भनेको हुँ,’ दाहालले भने, ‘हाम्रो त लभ परिराख्या थियो। माघ २८ को सभामा म कसरी बोलेको थिएँ, माधवजी कसरी बोल्नुभयो, झलनाथजी कसरी बोल्नुभयो। लभ नपरेको भए त्यसरी बोलिन्नथ्यो र। लभ परेकालाई अदालतले जबर्जस्ती डिभोर्स गरिदिन पाइन्छ रु यसरी डिभोर्स गरिदिनु त प्राकृतिक रूपले पनि अन्याय भयो।

OM Sai Pathibhara Hospital

दाहालले तत्कालीन नेकपामा हुँदा आफूलाई एमालेका नेता–कार्यकर्ताले पार्टीमा नयाँ मदन भण्डारी भेटियो भन्ने गरेको दाबीसमेत गरे। नेता–कार्यकर्ताले आफूप्रति ठूलो विश्वास गरेपछि केपी ओलीले प्रतिगामीसँग मिलेर आफूविरुद्ध षड्यन्त्र गरेको दाहालले बताए। ‘ओली प्रवृत्ति’ विरुद्ध लड्न थालेपछि उनले प्रतिक्रान्तिकारीहरूसँग मिलेर षड्यन्त्र गरेको दाहालको आरोप थियो।  

‘कार्यकर्ताले कमरेड, तपाईंले पार्टी चलाएको देखियो, अर्को मदन भण्डारी भेटियो भन्न थाले। पार्टीमा हाम्रो कमान्ड देखेपछि ओली अत्तालिए अनि जालझेल सुरु गरे,’ दाहालले भने। उनले ओली नेतृत्वको सरकारलाई ढाल्न कांंग्रेसले तत्परता देखाएको र जसपाका नेताले पनि पार्टीमा छलफल गर्छौं भनेकाले केही दिनमै नयाँ सरकार गठन हुने दाबी गरे।  

दाहालले विभिन्न पार्टीसँग मोर्चा बनाएर ओलीलाई आगामी निर्वाचनमा चौथो नम्बरमा पु¥याउने दाबी पनि गरे। ‘एमालेको एउटा पक्षसँग हाम्रो मोर्चा छँदैछ। हाम्रो पुरानो लभ छँदैछ। जसपासँग हाम्रो वेभलेन्थ मिल्ने भएकाले मोर्चा बन्न सक्छ। कांग्रेससँग कम्तीमा सरकार गठनमा सहकार्य र चुनावी तालमेल हुन सक्छ। अनि ओली चौथा हुन्छन् र विघटनतर्फ जान्छन्,’ दाहालले भने, ‘अहिले मोहन विक्रमसँग, वैद्यजीसँग पनि एकताको सपना देख्नु त एउटा कुरा हो तर भइहाल्छ भनेर धेरै लोभ गर्ने र धेरै आस गर्न पनि हुँदैन। तर मोर्चाचाहिँ बन्छ।’ दाहालले आउँदो चुनावमा मोर्चा बन्यो भने नेपाल पत्रकार महासंघको चुनावमा जस्तै ओलीलाई चौथो नम्बरमा पु¥याइने बताए।