पत्रपत्रिका

    Showing ६५१-६६० of १,२६७ items.
  • एमालेमा विवादः दोस्रो पुस्ताका नेता असन्तुष्ट

     काठमाडौं  (राजधानी दैनिकबाट )। एमाले अध्यक्ष केपी शर्मा ओली र तेस्रो धारका दोस्रो पुस्ताका नेताहरूबीच फेरि विवाद सुरु भएको छ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको साथ छोडेर एमालेमा फर्किएका दोस्रो पुस्ताका नेताहरू अध्यक्ष ओली पुनः एकलौटी रूपमा अगाडि बढ्न थालेको भन्दै असन्तुष्ट बन्न थालेका छन् ।२ जेठ २०७५ मा एमालेलाई फर्काउने निर्णय कार्यान्वयनमा ल्याउने भनिएको एक साता नबित्दै अध्यक्ष ओली र दोस्रो पुस्ताका नेताहरूबीच खटपट सुरु भएको हो । केही दिनअघिको बैठकमा १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने सहमति भएको थियो ।९ भदौमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टीलाई २ जेठ २०७५

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • १५० पटक पढिएको
  • साझा यातायातले सार्वजनिक विद्युतीय बस नेपाल भित्र्याउँदै

    काठमाडौं  (राजधानी दैनिकबाट )। सरकारी पक्षबाटै भएका विभिन्न व्यवधानको सामना गर्दै साझा यातायातले सार्वजनिक विद्युतीय बस भित्र्याउने प्रक्रिया अघि बढाएको छ । नेपाल सरकारको पनि सेयर स्वामित्व रहेको साझा यातायातले काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्ने उद्देश्यले विद्युतीय बस खरिद गर्न लागेको हो ।साझाले यसअघि नै विद्युतीय बस खरिद गर्न प्रक्रिया अघि बढाएको थियो । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको बेला सरकारले साझामा बस खरिदका लागि किनेको सेयरको रकम रोक्का गरेपछि बस खरिद प्रक्रिया प्रभावित बनेको थियो । पुनः सरकारले रकम फुकुवा गरेर बस खरिदका लागि बाटो खोलिदिएपछि साझाले टेन्डर

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • २०० पटक पढिएको
  • आफ्नै साथीको हत्या आरोपमा पक्राउ परेका सैनिकलाई जन्मकैदको फैसला

     काठमाडौं (राजधानी दैनिकबाट )। आफ्नै साथीको हत्या आरोपमा पक्राउ परेका सैनिक जवान गंगाधर ढकाललाई सैनिक अदालतले जन्मकैदको फैसला गरेको छ । नेपाली सेनाको समरी जनरल सैनिक अदालतले बिहीबार महेन्द्र दल गणमा कार्यरत सैनिक जवान ढकाललाई २५ वर्ष कैद सजाय सुनाएको हो ।उनलाई कर्तव्य ज्यान, बैंकिङ कसुर र हातहतियार खरखजाना मुद्दामा संलग्न भएको भन्दै सैनिक अदालतले भविष्यमा सरकारी सेवामासमेत अयोग्य ठहरिने गरी फैसला गरेको हो । नेपाली सेनाका सहायक रथीसमेत रहेका सैनिक प्रवक्ता सन्तोषबल्लभ पौड्यालले सैनिक अदालतले ढकाललाई २५ वर्ष कैद सजाय सुनाएको जानकारी दिए ।महेन्द्र दल गणमा नै कार्यरत आफ्नै साथी हुद्दा भरत गुर

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • २०८ पटक पढिएको
  • एमसीसी सम्झौताबारे अमेरिकाको थप चासो

     काठमाडौं (कान्तिपुर दैनिकबाट )। विद्युत् प्रसारण लाइन र सडक मर्मतसम्भारसम्बन्धी अनुदान सम्झौता कार्यान्वयन प्रक्रिया ४ वर्ष पुग्न लाग्दासमेत सरकारले अघि नबढाउन नसकिरहेका बेला अमेरिकी दातृ निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उच्च अधिकारी काठमाडौं आउने भएका छन् ।आगामी साता आउने एमसीसीकी उपाध्यक्ष फतेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरूसँग वार्ता गर्ने कार्यतालिका छ ।नेपाल सरकारले एमसीसीसँग सम्झौता गर्दाको समझदारीअनुसार संसद्बाट अनुमोदन गराउने/नगराउने विषयमै अल्झिँदा परियोजना कार्यान्वयन सुरु भएकै

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • १९१ पटक पढिएको
  • कांग्रेस सभापतिमा कल्याण गुरुङको उम्मेदवारी

      काठमाडौं ( राजधानी दैनिकबाट )। नेपाली कांग्रेसका नेता कल्याण गुरुङले १४औं महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका गुरुङले पार्टी सभापति पदमा उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।सो क्रममा उनले पार्टीमा युवा वर्गबाट नेतृत्वमा हस्तक्षेप हुनुपर्ने बताउँदै एक व्यक्ति एक पद र कुनै पनि पदमा दुई कार्यकाल मात्र हुनुपर्ने आफ्नो योजना रहेको सुनाए ।‘अहिले कांग्रेसमा महिला, आदिवासी–जनजाति, दलित, मधेसी, पिछडिएको समुदाय र खसआर्यका नाममा सीमित व्यक्तिले मात्र सदैव आरक्षणको सुविधा लिइरहेका छन् । यस्तो अवस्थामा न

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • १५३ पटक पढिएको
  • अब काका–ससुराले पनि मृगौला दान गर्न पाउने

      काठमाडौं ( राजधानी दैनिकबाट )। सर्वोच्च अदालतले विषयमा मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको फराकिलो व्याख्या गरेको छ । अदालतले अंग प्रत्यारोपण ऐनको व्याख्या गदैै अब मिर्गौलाको दान नजिकको नातेदारले पनि गर्न सक्ने आदेश गरेको छ ।मिर्गौला दान गर्न सक्ने नजिकको नातेदारको विषयमा मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको थप व्याख्या गर्दै सर्वोच्चले काका–ससुराबाट पनि मिर्गौला दान लिन सक्ने आदेश सुनाएको छ । मिर्गौला प्रत्यारोपण गर्नुपर्ने झापाकी एक बिरामीले दायर गरेको रिटमा न्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले काका–ससुराबाट मिर्गौला लिन सक्ने आदेश दिएको हो ।मिर्गौला प

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • १८१ पटक पढिएको
  • यसरी तिर्न सकिन्छ मोबाइलबाट ट्राफिक जरिवाना

      काठमाडौं ( राजधानी दैनिकबाट )। ट्राफिक नियम उल्लंघनकर्ताले अब बैंकमा गएर जरिमानाबापतको रकम तिर्नुपर्ने समस्या हट्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालकले क्यूआर कोडबाटै जरिमाना भुक्तानी गर्न पाउने व्यवस्था गरेकाले यो समस्या हट्न लागेको हो ।महाशाखाले आज बिहीबारदेखि औपचारिक रूपमा यो कार्यक्रमको थालनी गर्ने भएको छ । ट्राफिक प्रहरीले यसका लागि क्यूआर कोडबाट पनि भुक्तानी गर्न मिल्नेगरी सफ्टवेयर विकाससमेत गरेको छ । डिउटीमा खटिएका ट्राफिक प्रहरीले अब सवारी नियम उल्लंघन गर्ने चालकलाई क्यूआर कोड भएको चिट दिनेछ । त्यसपछि नियम उल्लंघनकर्ताले सोही क्यूआर कोडमार्फत मोबाइलबाटै भुक्तानी गर

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • १६६ पटक पढिएको
  • न्यायाधीशको सम्पत्ति छानबिन गर्ने कानुन बनेन

      काठमाडौं ( राजधानी दैनिकबाट )। संविधान जारी भएको ६ वर्ष बित्दा पनि न्यायाधीशको सम्पत्ति छानबिन गर्नका लागि अझै कानुन बन्न नसकेपछि सर्वोच्च अदालतमा अधिवक्ता प्रवेश केसीले निवेदन दिएका छन् । सो ‘निवेदन दर्ता हुने कि नहुने अन्यौल छ । सर्वोच्च प्रशासनले सुरुमै अधिवक्ता केसीको रिट दरपिठ गरिदिएपछि उनले इजलासमा निवेदन दिए ।केसीको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले कैफियत कागज मगाउने आदेश गरेको छ । यद्यपि, निवेदनको अर्को पेशी चढ्दा मुद्दा दर्ता हुन्छ या हुँदैन भन्न सकिने अवस्था छैन । संविधानको धारा २३९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकार उल्लेख छ

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • १७१ पटक पढिएको
  • उपत्यकामा निषेधाज्ञा हटे पनि केही प्रतिबन्ध कायमै

      काठमाडौं ( राजधानी दैनिकबाट )। कोरोना संक्रमणको दोस्रो लहर सुरु भएदेखि काठमाडौं उपत्यकामा गत १६ वैशाखबाट जारी गरिएको निषेधाज्ञा हटेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले विगत चार महिनायता जारी गरिँदै आएको निषेधाज्ञा हटाएको हो ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले उपत्यकामा जारी निषेधाज्ञा अन्त्य गर्ने निर्णय गरेको जानकारी दिए । ‘प्रोटोकल पालना गरेर दैनिकी अघि बढाउने गरी निषेधाज्ञा हटाइएको छ,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले भने । उनका अनुसार स्थानीय तहहरूले जिल्ला कोभिड संकट व्यवस्थापन समितिको अनुमति लिएर विद्

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • १७४ पटक पढिएको
  • कोरोना कहरमा १०२ मुलुकसंग वैदेशिक व्यापार

     काठमाडौं(राजधानी दैनिकबाट ) । कोरोना कहरबीच चालू आर्थिक वर्ष २०७८/७९ प्रारम्भको पहिलो महिना गत साउनमा नेपालले संसारभरका विभिन्न १ सय २ वटा देशसँग व्यापार गरेको छ । वैदेशिक व्यापारका क्रममा नेपालले अधिकांश मुलुकसँग घाटाको कारोबार गरेकोमा बेलायत, अफगानिस्तानलगायतका १४ देशसँग भने नाफाको व्यापार गरेको पाइएको छ ।भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा बेलायत, कम्बोडिया, अफगानिस्तान, स्विडेन, स्लोभेनिया, न्यु क्यालेडोनिया, आर्मेनिया, रोमानिया, पोर्चुगल, स्लोभाकिया, जर्जिया, सेन्ट हेलेना, आइसल्यान्ड र क्रोएसियालगायत विभिन्न १४ वटा देशसँग नेपालले नाफाको

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • १६८ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.