पत्रपत्रिका

    Showing 651-660 of 1,254 items.
  • नेपाल प्रहरीभित्र यसरी प्रवेश भयो अपराधीकरण

     काठमाडौं(राजधानी दैनिकबाट )  । २५ पुस २०५८, यो यस्तो दिन हो, जुन दिनलाई नेपाल प्रहरीका कतिपय अधिकृत अहिले पनि सम्झन चाहँदैनन् । सम्झिऊन् पनि कसरी ? त्यो दिनले उनीहरूको वृत्तिविकासमा नराम्रो असर पार्ने पक्कापक्की थियो, कालान्तरमा पर्यो पनि ।त्यस दिनको सरकारको निर्णयविरुद्ध ११२ र ११३औं टोलीका प्रहरी निरीक्षकहरूले सर्वोच्च अदालतसमेत गुहारे । तर, सर्वोच्च अदालतले उनीहरूलाई साथ दिएन । सरकारकै निर्णय सदर गरेपछि उनीहरू चुपचाप लाग्नुको विकल्प पनि भएन ।त्यसबेला गृहमन्त्री थिए खुमबहादर खड्का । प्रहरी महानिरीक्षक थिए प्रदीपशमशेर जबरा । जबराअघिका प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलकै पालामा सरक

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 111 पटक पढिएको
  • ठूलाबडासँग उठाउन बाँकी विद्युत महसुल ३५ अर्ब

     काठमाडौं (अन्नपूर्ण पोस्ट दैनिक बाट )। विद्युत् प्राधिकरणले मिटर रिडिङ भएको ६० दिनभित्र महसुल भुक्तानी नगरे बिना सूचना लाइन काट्छ। सर्वसाधारणले गुनासो पोखे, प्राधिकरणले आफ्नो विनियमावली अघि सार्छ। तर, ठूला घराना र व्यापारिक प्रतिष्ठानले वर्षौँदेखि झन्डै ३५ अर्ब रुपैयाँ भुक्तानी नगर्दा पनि प्राधिकरणले लाइन काटेको छैन। न त, बक्यौता उठाउनै सकेको छ।ठूला उद्योगी, व्यापारीहरू र ठूला घरानाहरूको हेपाहा प्रवृत्तिका कारण नै प्राधिकरणले बक्यौता उठाउन नसकेको सञ्चालक समितिका पूर्वसदस्य डा. सुरज लामिछानेले बताए। सरकारी निकाय भएकाले चेक, जाँच र दण्ड÷जरिवाना फितलो हुने मान्यताका कारण पनि बक्यौता बढ्दै ग

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 110 पटक पढिएको
  • सरकारी रोजगारी कार्यक्रमः उपलब्धी शून्य

     काठमाडौं ( अन्नपूर्ण पोस्ट दैनिकबाट) । सरकारको उदासीनताका कारण स्वदेशमै उद्यमशीलताका माध्यमबाट सिर्जना हुने रोजगारीको अवसर शून्य रहेको पाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उद्देश्यअनुसार काम नगर्दा उपलब्धि शून्य देखिएको हो।कोभिड—१९ महामारीका कारण बेरोजगारको अवस्था भयावह बनेको छ। स्वदेशमा रोजगारी गुमाउनुका साथै वैदेशिक रोजगारीबाट समेत रोजगारी गुमाएर फर्किनेको संख्या बढ्दो छ। तर सरकारले बेरोजगार अन्त्य गर्न आफैंले घोषणा गरेका कार्यक्रम पनि सञ्चालन गरेको छैन।सरकारले गत वर्ष ७ लाखभन्दा बढीलाई रोजगारी दिने घोषणा गरेको थियो। तर उक्त घोषणाअनुसार सरकारले रोजगारी दिन सकेन। कोभिड

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 345 पटक पढिएको
  • अकुत कमाउनेहरु नै तिर्दैनन् विद्युत महशुल

     काठमाडौं ( अन्नपूर्ण पोस्ट दैनिकबाट) । सरकारी संस्थान नेपाल विद्युत् प्राधिकरणले उठाउन बाँकी (बक्यौता) रकम ३४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। नतिर्नेमा अथाहा नाफा गरिरहेका गतिला उद्योगधन्दा, ठूला घरानाका व्यक्ति र कतिपय कार्यालय छन्। सर्वसाधारणको तत्काल लाइन काटिदिने प्राधिकरणले तिनीहरूबाट रकम असुल्न भने सकेको छैन। बरु अनेक बहानामा टारिरहन उन्मुक्ति दिँदै आएको छ।यहाँसम्म कि प्राधिकरणको बक्यौता अघिल्लो वर्षको तुलनामा ७२.५३ प्रतिशतले वृद्धि भएको छ। पछिल्लो एक वर्षमा २ अर्बभन्दा बढी यो रकम थपिएको छ। महालेखा परीक्षकको प्रतिवेदनले २०७६/०७७ सम्म बक्यौता ३२ अर्ब रुपैयाँ देखाएको छ। प्राधिकरणबाटै

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 144 पटक पढिएको
  • कोभिड खोप लगाएपछि एन्टिबडी जाँच गराउनु राम्रो

     काठमाडौँ  (गोरखपात्र दैनिकबाट )। कोरोना भाइरसविरुद्धको खोप लगाएको २०औँ दिनमा सङ्क्रमित भइन लोकन्थलीकी सजिना डङ्गोल । खोप लगाउँदा उनलाई कुनै पनि प्रभाव (साइड इफेक्ट) देखिएको थिएन । त्यसैले सङ्क्रमित भएको कुरा उनलाई भ्रम हो कि जस्तो पनि लाग्यो ।डङ्गोल भन्छन, “खोप लगाएपछि ज्वरो आउने, टाउको दुख्नेजस्ता लक्षण धेरैलाई देखियो तर मलाई यस्तो कुनै लक्षण देखिएन ।” एकान्तबास बस्दाको अवस्थामा उहाँलाई त्यति कठिन भएन तर सङ्क्रमित उनकी दिदीलाई भने सघन कक्षमा राखेर उपचार गर्नु पर्यो । चिकित्सकहरूले कोरोनाविरुद्धको खोप नलगाएका कारण गाह्रो भएको अनुमान गरेका छन ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सङ्क

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 157 पटक पढिएको
  • धमाधम उम्मेदवारी घोषणा

     काठमाडौं (राजधानी दैनिकबाट )। आगामी मंसिरको दोस्रो साता हुन लागेको सत्तासीन दल नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेको चुनावी सरगर्मी बढ्न थालेको छ । महाधिवेशन घोषणा भएपछि नेताहरूले पनि धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । नेपाली कांग्रेसका तर्फबाट सभापतिमा हालका उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेका छन् । सोमबार मात्र यसअघि महामन्त्रीमा पराजित गगन थापाले पनि महामन्त्रीमै उम्मेदवारी घोषणा गरेका छन् ।संस्थापन तर्फबाट सभापति शेरबहादुर देउवा नै उम्मेदवार बन्ने करिबकरिब निश्चित छ । संस्थापनइतरबाट पनि साझा उम्मेदवारको खोजी भइरहेको छ । यद्यपि, उपयुक्त पात्रबारे सहमति

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 117 पटक पढिएको
  • मन्त्रिपरिषद् विस्तारमा ढिलाइ, गठबन्धनमै असन्तुष्टि

     काठमाडौं ( राजधानी दैनिकबाट )। सरकार विस्तारमा भएको ढिलाइका विषयमा सत्तारूढ गठबन्धनमा नै असन्तुष्टि देखिएको छ । गठबन्धनमा आबद्ध दलहरूबीच भागबन्डामा सहमति हुन नसक्दा डेढ महिना बित्दासमेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । २९ असारमा प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले अहिले चार फुल मन्त्री र एक राज्यमन्त्रीकै भरमा सरकार सञ्चालन गर्दै आइरहेका छन् ।मन्त्रिपरिषद् विस्तार र भागबन्डामा सहमति गर्न भन्दै सोमबार साँझ बसेको बैठकमा समेत मन्त्रालयको भागबन्डामा कुरा नमिलेपछि गठबन्धन आबद्ध शीर्ष तहका नेताहरू नै असन्तुष्ट बनेका हुन् ।‘नयाँ सरकार बनेको डेढ महिना भयो, कहिले कसका कारण विस्तार ढ

    • प्रकाशित मितिः भदौ १५, २०७८
    • 124 पटक पढिएको
  • ओली–नेपाल आरोप प्रत्यारोपः विभाजनको अपजसबाट जोगिने प्रयास

     काठमाडौं(नागरिक दैनिकबाट ) । प्रमुख प्रतिपक्षी दल एमाले विभाजन भएपछि नेताहरुले कार्यकर्ता भेला, संगठन निर्माण र विस्तारमा जोड दिन थालेका छन् । केपी शर्मा ओली र माधवकुमार नेपाल विभाजनको दोष एकअर्कामा थोपरेर बढीभन्दा बढी जनप्रतिनिधि र नेता–कार्यकर्तालाई आफ्नो पक्षमा पार्न खोजिरहेका छन् ।ओलीले नेतृत्व गरेको एमालेबाट अलग भएका नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन् । ललितपुरका शनिबार आयोजित अलग अलग कार्यक्रममा एमाले अध्यक्ष ओली र नेकपा एसका अध्यक्ष नेपालले गरेको सम्बोधन पनि जनप्रतिनिधि र नेता–कार्यकर्ता लक्षित थियो ।ओली र नेपालले एमाले विभाजनको दोष एकअर्कालाई लगाएर आफू चोखो हुन खोजिरहे

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 108 पटक पढिएको
  • मृत्यु रोज्न बाध्य लैंगिक अल्पसंख्यक

     काठमाडौं (अन्नपूर्ण पोस्ट् दैनिकबाट )। केही दिनअघि पारलिंगी महिला (ट्रान्सवुमन) अमिशा भण्डारी आफैंलाई सिध्याउने कठोर निर्णयमा पुगिन्। २० दिन अस्पताल बसेपछि ठीक त भइन्, अझै सामान्य भएकी छैनन्। १५ दिन भेन्टिलेटर र ५ दिन हाई केयरमा उपचार गरी नयाँ जीवन दिन चिकित्सक सफल भए।धन्न यो समुदायको संस्था नीलहिरा समाज थियो र उपचार सम्भव भयो। अध्यक्ष पिंकी गुरुङले यसको चाँजो मिलाएकी थिइन्। ‘अत्यन्तै तनावमा थिएँ। नशाको तालमा नराम्रो निर्णय लिएछु’, भण्डारीले भनिन्। तनाव अरू केहीले होइन, लैंगिक अल्पसंख्यकलाई राज्य र समाजले हेर्ने दृष्टिकोण अनि पाइला–पाइलामा दिने दुःखले सिर्जना गरेको थियो।नीलहीरा समाजको तथ

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 129 पटक पढिएको
  • सरकार अपूर्णः ५ मन्त्रीको टेको, मन्त्रालयका कामकाज ठप्प

     काठमाडौं ( अन्नपूर्ण पोस्ट दैनिक बाट )। पछिल्लो अढाई महिनमा बाढी र पहिरोमा परी ८६ जनाले ज्यान गुमाउँदा ३१ जना बेपत्ता छन्। यो समयमा १ सय १५ जना घाइते भएको प्रहरीको तथ्यांक छ। अझै वर्षात् निरन्तर भएकाले क्षतिको तथ्यांक बढ्न सक्ने मौसमविद् बताउँछन्। वर्षाले १ हजार १ सय ५८ घरपरिवार विस्थापित भएका छन्। ३ हजार १ सय ६८ वटा घर डुबानमा परेको छ।जथाभावी विकास निर्माणले गर्दा बर्सेनि पहाडमा पहिरो र तराईमा डुवानका घटना बढ्दैछन्। पछिल्लो घटनालाई लिँदा बाढी र पहिरोमा नै बालकदेखि वृद्धसम्मले ज्यान गुमाउनु परेको छ। शुक्रबार पहिरो खस्दा उदयपुर कटारी नगरपालिका २ मिलन चोकका ७ वर्षीय कर्ण मगर पुरिए। उद्धार

    • प्रकाशित मितिः भदौ १३, २०७८
    • 312 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा