पत्रपत्रिका

    Showing 1,211-1,220 of 1,243 items.
  • तानातानमा नेकपा सांसद

    बिर्तामोड (नागरिक दैनिकबाट) सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेकपाका सांसद तानातानमा परेका छन्। पुष्पकमल दाहाल र माधव नेपाल समूहमा बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दाबी गरेको छ। यसैकारण सांसद तानातानमा परेका हुन्।  फैसलाअनुसार प्रतिनिधि–सभाको अब बस्ने बैठकमा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ। प्रस्तावसँगै नयाँ प्रधानमन्त्रीको नाम तोक्नुपर्ने भएकाले दाहाल–नेपाल समूहले आफ्नो पक्षका सांसदको हस्ताक्षरसहितको सूची तयार पारिरहेको छ।  प्रधानमन्त्री ओलीले पनि शुक्रबा

    • प्रकाशित मितिः फागुन १५, २०७७
    • 79 पटक पढिएको
  • वैदेशिक रोजगार : ७ महिनामा २८ करोड ठगी

    बिर्तामोड (अन्नपुर्ण पोष्ट दैनिकबाट) वैदेशिक रोजगारीका नाममा साउनदेखि सात महिनामा झन्डै २८ करोड रुपैयाँ ठगी भएको छ। वैदेशिक रोजगार विभागले संस्थागतभन्दा व्यक्तिगत ठगी दोब्बर बढी रहेको जनाएको छ। व्यक्तिगततर्फ १९ करोड ६९ लाख र संस्थागततर्फ ८ करोड १८ लाख रुपैयाँ ठगी भएको उजुरी विभागमा परेका छन्।व्यक्तिगततर्फ २ सय २४ उजुरी परेकामा विभागले माघसम्म ६४ वटा मुद्दा अदालतमा दायर गरेको छ। अदालतमा ११ करोड ४८ लाख बिगो दाबी गरिएको छ। गत वर्ष पहिलो ६ महिनामा व्यक्तिगततर्फ २ सय ४६ उजुरी दर्ता भएकामा १ सय ४१ वटा मुद्दा अदालतमा दायर गरिएको थियो।विभागका निर्देशक टीकामणि नेउपानेले व्यक्तिगत ठगीका मुद्दा वैदेशिक र

    • प्रकाशित मितिः फागुन १५, २०७७
    • 64 पटक पढिएको
  • न्यायाधीश धम्क्याउँदै उपप्रधानमन्त्री

    बिर्तामोड(नागरिक दैनिकबाट) उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याएका छन्। अदालतका न्यायधीशले भन्दा ठूलो फैसला दिने न्यायाधीश जनता भएकाले आफूहरू जनताले गर्ने फैसलाको प्रतीक्षामा रहेको बताउँदै उनले सर्वोच्च अदालतको फैसलाले मुलुकलाई दुर्भाग्यतिर जान प्रेरित गरेको टिप्पणी गरेका छन्।  ‘सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश सर्वोच्चका न्यायाधीशहरू होइनन् र हुन सक्दैनन्, सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश भनेका जनता हुन्’, उनले भने, ‘हामीले भनेका छौं, तिम्रो फैसलाले यो मुलुक जुन दुर्भाग्यतिर जान लाग्दै थियो, त्यही दुर्भाग्यतिर जानका लागि प्रेरित ग

    • प्रकाशित मितिः फागुन १५, २०७७
    • 58 पटक पढिएको
  • अब नेकपा कसको ?

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट ) सर्वोच्च अदालतले ऋषिराम कट्टेलको पक्षमा फैसला दिए सत्तारूढ नेकपाको विवाद थप जटिल बन्ने भएको छ । गत पुस ५ गतेयता नेकपामाथि केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल दुवै पक्षले दाबी गर्दै आएका छन् ।पार्टीका दुई अध्यक्ष ओली र दाहालले नेकपाकै नामबाट अलग–अलग दलको अभ्यास गरिरहेका छन् । आधिकारिकतासम्बन्धी विवादलाई निर्वाचन आयोगले निरूपण नगरिदिँदा एउटै दलको नामबाट दुई पक्ष अस्तित्वमा रहेका हुन् । यहीबीचमा दुई वर्षदेखि विचाराधीन मुद्दामा सर्वोच्चले गर्न लागेको फैसलाप्रति ओली र दाहाल–नेपाल दुवै समूहमा कौतूहल छ ।तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले ए

    • प्रकाशित मितिः फागुन १५, २०७७
    • 54 पटक पढिएको
  • वैदेशिक रोजगारीमा ठगीः म्यानपावर सञ्चालक जेल, पीडितको तीन करोड डुब्यो

    बिर्तामोड (नागरिक दैनिकबाट) बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने भन्दै भेरी ओभरसिज म्यानपावरले तीन करोड रूपैयाँ ठगेको पाइएको छ। एक सय ५० जनाभन्दा बढीलाई युरोपका विभिन्न मुलुक र अफगानिस्तान पठाउने भन्दै उक्त म्यानपावरले ठगी धन्दा चलाएको हो।  वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार अहिलेसम्म एक सय ५० जनाले उक्त म्यानपावरले ठगी गरेको रकम फिर्ताको माग राखी निवेदन दिएका छन्। ‘उजुरीका आधारमा तीन करोड रूपैयाँ असुल गर्नुपर्ने देखिएको छ,’ उनले भने।  यसरी ठगिनेमा धेरैजसो नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीमा कार्यरत तथा जागिर छाडेका छन्। उक्त म्यानपावरले पो

    • प्रकाशित मितिः फागुन १४, २०७७
    • 64 पटक पढिएको
  • म्यानचेस्टर युनाइटेड र आर्सनल अन्तिम १६ मा

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र आर्सनलले बिहीबार युरोपा कपको अन्तिम १६ को यात्रा तय गरेका छन् । म्यानचेस्टरले रियल सोसिडाडसँग गोलरहित बराबरी खेलेपछि समग्रमा ४–० ले अगाडि रहेर अर्को चरण पुगेको हो ।त्यस्तै आर्सनलले बेनफिकालाई ३–२ ले हरायो । टोली समग्रमा ४–३ को अग्रता लिन सफल रह्यो । लेस्टर सिटी भने प्रतियोगिताबाट बाहिरिएको छ । स्लाभिया प्रागसँग २–० ले पराजित भएपछि उसको चुनौती समाप्त भएको हो ।स्लाभिया समग्रमा २–० ले अगाडि रह्यो । बिहीबारका खेलबाट रेन्जर्स, आयाक्स, ग्रेनेडा, भिल्लारियल, योङ ब्वाइज र डायनामो किभ पनि अन्तिम १६ पुगेका छन् ।

    • प्रकाशित मितिः फागुन १४, २०७७
    • 49 पटक पढिएको
  • ओलीका दुई रणनीति

    बिर्तामोड (कान्तिपुर दैनिकबाट) तत्काल पार्टी विभाजन नगर्ने र राजीनामा पनि नदिने निर्णय गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी संसद् अधिवेशन फेस गर्न दुई रणनीति अख्तियार गरेका छन् । प्रतिनिधिसभा विघटन गर्दा उनले तर्क गरेका थिए, ‘म ६४ प्रतिशत सांसदको समर्थन प्राप्त प्रधानमन्त्री हुँ, मैले राजीनामा दिए संसद्बाट फेरि सरकार बन्ने अवस्था रहँदैन ।’ओलीका निकटस्थका अनुसार उनको पहिलो रणनीति आफूले गरेको त्यही तर्कलाई पुष्टि गर्नु नै हो । त्यसैले उनले केन्द्रीय कमिटीमा स्पष्टै अल्पमत रहँदा र संसदीय दलमा बहुमत नहुँदासमेत अध्यादेशमार्फत नयाँ पार्टी खोलेर सुरक्षित हुने उपायबारे सोचिसकेका छैनन् । बरु आफूव

    • प्रकाशित मितिः फागुन १४, २०७७
    • 54 पटक पढिएको
  • दाहाल-नेपालमा ‘ओली प्रवृत्ति’

    बिर्तामोड (कान्तिपुर दैनिक पत्रिकाबाट) सर्वोच्च अदालतले गत ११ गते प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदरको फैसला सुनाउँदा नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल चितवनको एक रिसोर्टमा थिए । १२ गतेका लागि तय भएको विरोधसभालाई सम्बोधन गर्न पुगेका उनीहरूले एकछिन उत्सव मनाए र त्यो सभालाई विजयसभामा परिणत गर्ने घोषणा गरे ।अध्यक्ष दाहालले यो घोषणा गर्दा प्रफुल्लित कार्यकर्ताले जोडले ताली बजाएर समर्थन गरे । खुसियालीमा लड्डु पनि ल्याइएको थियो । दुई अध्यक्षले एक–अर्कालाई लड्डु खुवाएर उत्सव मनाए । त्यो उत्सवमा खुसियालीभन्दा धेरै उत्ताउलोपन देखियो, ज

    • प्रकाशित मितिः फागुन १४, २०७७
    • 53 पटक पढिएको
  • कानुनविपरीत भत्ता संसद विघटनपछि सांसदको रकम बैंक खातामा

    बिर्तामोड ( कान्तिपुर दैनिकबाट ) संघीय संसद् सचिवालयले सांसदहरुलाई कानुन विपरीत बैठक भत्ता दिएको पाइएको छ । संसद् भंग भएपछि राष्ट्रिय सभा र निवर्तमान सांसदहरुको दबाबमा बैठक भत्ताबापत ३८ लाखभन्दा बढी रकम वितरण गरेको हो । यो रकम साउनदेखि पुससम्म संसद् बैठक र समितिको बैठकमा उपस्थित सांसदहरुले लिएका हुन् ।स्वास्थ्यकर्मी बाहेक अरुले बैठक भत्तासमेत लिन नपाउने व्यवस्थासहित बजेट वक्तव्यलाई लत्याउँदै सचिवालयले सांसदहरुलाई बैठक भत्ता उपलब्ध गराएको हो ।बजेट वक्तव्यमा कोरोना रोगको रोकथामका सन्दर्भमा पहिलो पंक्तिमा रहेर काम गर्ने चिकित्सक, तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतका राष्ट्रसेवक बाहेक अरुलाई प्

    • प्रकाशित मितिः फागुन ११, २०७७
    • 83 पटक पढिएको
  • आश्चर्यजनक भेट, अनुत्तरित प्रश्न

    बिर्तामोड ( नयाँ पत्रिका दैनिकबाट ) १.गौरवशमशेर प्रधानसेनापति र सुशील कोइराला प्रधानमन्त्री हुँदा मन्त्रिपरिषद्ले निर्णय गरेर सर्वोच्चलाई जग्गा दिने निर्णय भइसकेको थियो२. सिंहदरबारको सो जग्गामा रहेको क्याबलरी राजेन्द्र क्षेत्री प्रधानसेनापति हुँदा नारायणहिटी सारिएको छ, त्यही विषयमा अहिलेको भेट आश्चर्यजनकसर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भएको भेटले राजनीतिक वृत्तलाई तरंगित बनाएको छ । भेटलाई कतिले स्वाभाविक मानेका छन्, कतिले संशयको दृष्टिले अथ्र्याएका छन् । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले अ

    • प्रकाशित मितिः फागुन ११, २०७७
    • 276 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा