काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानबाट आज स्वदेश फर्किंदैछन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली आज आज स्वदेश फर्किन लागेका छन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साउन १८ गते मध्यराति तुर्कमेनिस्तान गएका प्रधानमन्त्री ओली आज राति काठमाडौं आइपुग्ने छन् । सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसं
काठमाडौँ – रौतहटका पत्रकार रबिन्द्र प्रजापतिले आत्महत्या गरेका छन् । कटहरिया नगरपालिका ५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिवार बेलुका घरमै झुण्डिएका हुन् ।झुण्डिएको पासो काटेर उनलाई परिवारले अस्पताल लगेको थियो। तर अस्पतालले उनलाई मृत घोषणा गरेको बुझिएको छ ।ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार मृतक प्रजापतिको शव पोस्टमार्टका लागि गौर अस्पतालमा राखिएको छ ।पत्रकार प्रजापति गरुडा म्यूजिकल एफएममा कार्यरत थिए । उनी रेडियोमा समाचार पढ्थे, समाचार लेख्थे । उनले कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालबाट धाकधम्की खेपिरहेका थिए ।खानेपानी समस्या सम्बन्धी समाचार लेखेका का
काठमाडौँ – रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कार्यरत २३ वर्षीया कार्यालय सहयोगी कोइली शाह मृत फेला परेको घटनाको गहिरो अनुसन्धान गर्न शाहका परिवारले माग गरेका छन्। परिवारले प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष तथा पत्रकार परिचन्द्र खत्रीसहित केही व्यक्तिहरूविरुद्ध अनुसन्धानको माग गर्दै प्रहरीमा उजुरी पनि दिएका छन्।शाह असार २८ गते बिहान आफ्नै डेरामा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। मृत्युलाई रहस्यमय मान्दै परिवारले असार ३० गते जिल्ला प्रहरी कार्यालय, रुकुम पूर्वमा लिखित निवेदन दिएका हुन्। प्रहरी कार्यालयका प्रमुख डिएसपी उमाशंकर प्रसाद यादवका अनुसार हालसम्म किटानी जाहेरी भने परिएको छैन।
काठमाडौं । काठमाडौं महानगरपालिकाको १७औँ नगरसभा यही असार २९ गते (आइतबार) दिउँसो २ बजेका लागि बोलाइएको छ।शुक्रबार ६ महिनापछि बसेको कार्यपालिका बैठकमा मेयर बालेन शाहले नगरसभासम्बन्धी एउटामात्र एजेण्डा पेस गरेका थिए। उनका अनुसार नगरसभाको अधिवेशनअघि सोही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्नेछ।बैठकका लागि २४ वटा एजेण्डा भए पनि औपचारिक रूपमा नगरसभा आह्वान गर्ने विषयलाई मात्रै बैठकमा राखिएको मेयर शाहले स्पष्ट पारे।उनले भने, “एजेण्डामा २४ वटा प्रस्ताव भए पनि आज एउटा मात्र एजेण्डा राखिएको छ — नगरसभा अधिवेशन सम्बन्धी प्रस्ताव पेस गर्नु।” अब तय गरिएको नगरसभा बैठकमार्फत काठमाडौं महानगरपालिकाको आगाम
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले जलविद्युत क्षेत्रको विकासमा निजी क्षेत्रको लगानी अभिवृद्धि गर्न सरकारले अनुकुल नीतिहरू अवलम्बन गरिरहेको बताएका छन्।नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना गरेको पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तरक्रिया कार्यक्रममा उनले भने, “बजेटमा ‘टेक एन्ड पे’ को विषय धेरै चर्चा भयो, त्यसलाई फिर्ता लिइसकिएको छ। नेपालको जलस्रोतको विशाल सम्भावनालाई अधिकतम सदुपयोग गर्दै जलविद्युत विकासमा निजी क्षेत्रको लगानी वृद्धि गर्न अनुकुल नीति ल्याउने छौं।”उनले उत्पादन भएको विद्युतको उपभोग र वितरणमा ध्यान दिनुपर्ने पनि जोड दिए। साथै, विद्युत् सवारी साधन (इभी) को कर
काठमाडौं – नेपाल प्रेस युनियन, लोकतन्त्रवादी पत्रकारहरूको छाता संस्थाले आफ्नो विधान २०४८ (छैटौँ संशोधन ०७९) को परिच्छेद ४, धारा २३ बमोजिम तीन वरिष्ठ पत्रकारलाई सल्लाहकार पदमा मनोनयन गरेको छ।मनोनित हुने पत्रकारहरूमा तेजप्रकाश पण्डित (तनहुँ), विपुल पोखरेल (दाङ) र रिता गुरुङ (काठमाडौँ) रहेका छन् । संस्थाले यी सल्लाहकारहरूबाट आफ्ना लक्ष्य र उद्देश्य परिपूर्तिका लागि महत्त्वपूर्ण मार्गदर्शन, सहयोग र योगदानको अपेक्षा गरेको छ। उनीहरूको लामो पत्रकारिता अनुभव र विज्ञताले प्रेस युनियनको गतिविधिलाई थप प्रभावकारी र सशक्त बनाउने विश्वास संस्थाले लिएको अध्यक्ष शिव लम्सालले बताए । नेपाल प्रेस युनिय
काठमाडौं - अदालतको अवहेलनासम्बन्धी मुद्दामा विशेष अदालतले ‘दृष्टि अनलाइन’का सञ्चालक शम्भुलाल श्रेष्ठ र कार्यकारी सम्पादक एमपी सुब्बासँग जनही २५ हजार रुपैयाँ धरौटी माग गरेको छ।विशेष अदालतले बिहीबार जारी गरेको आदेशमा उनीहरूलाई धरौटी बुझाएर तारेखमा राख्न निर्देशन दिएको हो। आदेशमा भनिएको छ, “विपक्षीहरू शम्भुलाल श्रेष्ठ र एमपी सुब्बा उर्फ मानप्रसाद लिम्बूबाट जनही नगद धरौटी २५ हजार रुपैयाँ वा सोबराबरको बैंक जमानत लिएर तारेखमा राख्नू।” धरौटी वा जमानत नबुझाए विशेष अदालत नियमावली, २०८० अन्तर्गत थुनुवा पुर्जी जारी गरी थुनामा राख्न सकिने व्यवस्था पनि आदेशमा उल्लेख गरिएको छ।उक्त मुद्दा दृष्टि साप्ताहिकमा
काठमाडौँ – पत्रकार दिलभूषण पाठकले साइबर अपराधको आरोपमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उच्च अदालत पाटनमा पक्राउ नगर्न माग गर्दै निषेधाज्ञा रिट निवेदन दिएका छन्। आइतबार दर्ता गराइएको रिटमार्फत उनले आफूलाई पक्राउ नगर्न आदेश दिन अनुरोध गरेका हुन्।उक्त रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय तथा साइबर ब्युरोलाई विपक्षी बनाइएको छ। यस विषयमा सुनुवाइ सोमबार न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासमा तय गरिएको छ।पाठकद्वारा सञ्चालित युट्युब कार्यक्रम ‘टफ टक’को ‘टफ एक्स्प्लेनर’ शृङ्खलामा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको व्यावसायिक संलग्नतासम्बन्धी रिपोर्ट सार
काठमाडौं — पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरिएको पुष्टि भएको छ। प्रहरीका एक उच्च स्रोतले विद्युतीय कारोबार ऐन अन्तर्गत पाठकमाथि अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।प्रहरी स्रोतका अनुसार, "दिलभूषण पाठकविरुद्ध साइबर अपराध अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको हो। अन्य विषयहरु अनुसन्धानको क्रममा छन्।" यद्यपि, कसले उजुरी दिएको हो र कुन आधारमा दर्ता गरिएको भन्नेबारे भने प्रहरीले विवरण सार्वजनिक गरेको छैन।पाठकमाथि उजुरी प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा परेको थियो। त्यसपछि ब्यूरोले पक्राउ पुर्जीका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति मागेको र अदालतल
इटहरी l स्वतन्त्र पत्रकार संघ नेपाल कोशी प्रदेश समिति र सुनसरी जिल्ला समितिले सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति आपत्ति जनाएको छ । संघका प्रदेश संयोजक देवेन्द्र किशोर ढुङगाना र सुनसरी जिल्ला अध्यक्ष अकबर अलीले बिहिबार विज्ञप्ति जारी गर्दै अगुवा नागरिक संस्था महासंघलगायतका सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकोमा संघको गम्भीर असहमति र आपत्ति रहेको बताए ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.