मनोरञ्जन

    Showing 861-870 of 1,617 items.
  • सरलाको कोपिलाको पुकार सार्वजनिक

    काठमाडौं । गीतकार सङ्घ नेपालको आयोजनामा कवि तथा गीतकार सरला श्रेष्ठको गीतिसङ्ग्रह ‘कोपिलाको पुकार’ लोकार्पण भएको छ । गीतकार सङ्घ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाको सभापतित्वमा गीतकार गजलकार डा.कृष्णहरि बरालको प्रमुख आतिथ्यतामा गीतिसङ्ग्रह लोकार्पण गरिएको थियो ।कार्यक्रममा गीतकार सङ्घ नेपालका उपाध्यक्ष रमेश कोइरालाले उपस्थित अतिथिहरुलाई स्वागत गर्दै स्रष्टाको हकअधिकार र उन्नयनमा सङ्घ अगाडि बढेको बताए ।गीतकार सरला श्रेष्ठको गीतका बारेमा बोल्दै एउटा अब्बल र सरल सिर्जनाको धनी भएको बताए । अनुभवले खारिएको र संघर्षले भरिएको हुँदा सरल र गहिराई बोकेको सर्जक भएको बताए ।त्यस्तै कोपिलाको पुकार भित्र रह

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 190 पटक पढिएको
  • कौराहा नृत्य संरक्षणका लागि प्रतियोगिता

    डुम्रे (तनहुँ) । देशैभर प्रख्यात रहेको कौराहा (कौरा) नृत्य संरक्षणमा तनहुँको एक पालिका जुटेको छ । जिल्लाको विकट क्षेत्रको रुपमा मानिने ऋषिङ गाउँपालिकाले मगर समुदायमाझ लोकप्रिय रहेको कौराहा नृत्य संरक्षणमा जुटेको हो । पालिकामा नै उत्पत्ति भएको मानिएको कौराहा नृत्य संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले प्रत्येक वर्ष प्रतियोगिता गर्ने, वृत्तचित्र बनाउने र घरबास (होमस्टे)का सञ्चालकलाई प्रशिक्षण दिँदै यसको संरक्षण गरिरहेको छ ।  गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले कौराहा नृत्य गाउँपालिकाबाटै सुरु भएकाले यसको संरक्षण, संवद्र्धन तथा प्रवद्र्धनका लागि प्रत्येक वर्ष प्रत

    • प्रकाशित मितिः माघ १२, २०८१
    • 126 पटक पढिएको
  • यी हुन् तेस्रो विराट म्यूजिक एण्ड फिल्म अवार्ड विजेता

    काठमाडौँ। नेपाली गीतसंगीत र फिल्म क्षेत्रका कलाकर्मीलाई अवार्ड तथा सम्मान प्रदान गर्ने कार्यक्रम ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को तेश्रो संस्करणको भब्य र सभ्य रुपमा सम्पन्न भएको छ । संगीतको २४ विधा र फिल्मको ७ विधा गरी जम्मा ३१ विधामा अवार्ड प्रदान गरिएको छ। संयोजक सुरज पौडेलले जानकारी दिए। अवार्डको भिडमा आफ्नो छुट्टै पहिचान बोकेको ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को तेश्रो संस्करण चलचित्र विकास बोर्डको हलमा सम्पन्न भएको हो ।‘तेश्रो विराट म्युजिक एण्ड फिल्म अवार्ड २०८१’ मा प्रतिष्ठित गीतकार प्रमोद ढुंगानालाई नगद रु.२५,५५५ नगद सहित दिर्घ साधना सम्मान प्रदान गरियो। पत्रकार सामिप्यराज तिमल्स

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 294 पटक पढिएको
  • फेरि रेशम फिलिलीको फेरि जालमाको छायांकन पुरा

    काठमाडौं । २०७२ सालमा रिलिज फिल्म ‘रेशम फिलिली’को सिक्वेल ‘फेरि रेशम फिलिली’ आगामी फागुन १४ गते रिलिज हुँदैछ । निर्माण पक्षले अघिल्लो फिल्मको लोकप्रिय गीत ‘जालमा’ लाई दोस्रो भागको प्रचारको माध्यम बनाउन यतिबेला निर्माण पक्ष कम्मर कसेर लागेको छ । निर्माण पक्षले हालैमात्र गीत ‘फेरि जालमा’को छायांकन पुरा गरेको छ । निर्माण पक्षले गीतको तस्विर सार्वजनिक गरेको छ ।  तस्विरमा फिल्मका मूल कलाकारहरु विनय श्रेष्ठ तथा सुपुष्पा भट्ट कँडेलको अभिनय छ । सो तस्विरमा उनीहरुलाई रोमान्टिक मुडमा दुई हात बाँधेर थरीथरीका रंगीन छाताहरुले साजइएको रुखाकृतिको अगाडि बसिरहेको देख्न सकिन्छ ।यो सिक्वल गीतमा ‘जालमा’

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 180 पटक पढिएको
  • एक्टरः टेक वनको ओभरसिजमा बढ्यो माग

    काठमाडौं । माघ १६ गते रिलिज हुने प्रतीक्षित नेपाली फिल्म ‘एक्टरस् टेक वन’ अब नेपालसँगै विश्वका अन्य विभिन्न मुलुकमा रहेका नेपाली दर्शकमाझ रिलिज हुने भएको छ । नेपालीहरूको बसोबास रहेका विभिन्न देशहरूमा यो फिल्म केही देशमा नेपालसँगै एकसाथ र केही देशमा दोस्रो हप्तादेखि प्रदर्शन गरिनेछ ।गत साता सार्वजनिक भएको ट्रेलरले व्यापक चर्चा पाएको छ । ट्रेलरले पाएको यो लोकप्रियतासँगै फिल्मको ओभरसिज अधिकार धमाधम बिक्री भइरहेको छ । अमेरिकाको रिलिज अधिकार लिभेन्ट्स स्टुडियो र प्रोजेक्ट ऊर्जा, क्यानडाको अधिकार अस्त्र इभेन्ट्सले लिएको छ ।यस्तै, पुरै युरोपमा निमा भुसालको नेतृत्वमा रहेको क्या दामी इभेन्ट्सले आइ पोपर

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 183 पटक पढिएको
  • नेपाल किड्स आइडल हुँदै

    काठमाडौं । जय मिडिया मेनेजमेन्टको आयोजनामा बालबालिका लक्षित शो ‘नेपाल किड्स आइडल’ हुने भएको छ । आयोजकका अनुसार यो शोमा ५ देखि १५ वर्ष उमेर समूहका बालबालिकाले सहभागिता जनाउन पाउनेछन् ।जय मिडियाका संस्थापक जय राज रायले नेपालका सबै जिल्ला र भारतका सिक्किम, दार्जिलिङ, आसाम, देहरादुनलगायतका स्थानमा अडिसन गरी उत्कृष्ट बाल प्रतिभाको खोजी गर्ने बताए । ‘हामी फागुनबाट अडिसन सुरु गर्छौ । माघको अन्तिम साताबाट अडिसन गर्ने पूर्व योजना भए पनि प्रतिकुल मौसमका कारण फागुनमा गर्न लागेका हौं’, उनले भने ।शोमा विजेतामध्ये पहिलोले १० लाख, दोस्रोले ५ लाख, तेस्रोले ३ लाख र चौथोले २ लाख रुपैंयाँ नगद पुरस्कारसहित विभिन्

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 179 पटक पढिएको
  • टिजरमा जुनिमको ताण्डवम्

    काठमाडौं । कलरिष्ट जुनिम गहतराजको निर्देशनमा निर्माण भएको फिल्म ‘तान्डवम्’को टिजर सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको फिल्मको ५७ सेकेण्डको टिजरले फिल्मको कथाको बारेमा प्रकाश पार्न खोजेको छ ।फिल्मका मुख्य कलाकार अंकित खड्काको संवादबाट सुरु हुने टिजर निर्देशकसमेत रहेका अभिनेता जुनिमको ‘भगवान पनि मै हुँ, राक्षस पनि मै हुँ’ संवादसँगै अन्त्य गरिएको छ । फिल्मको डार्क थिममा तयार पारिएको टिजरमा सबैजना प्रमुख पात्रलाई स्थान दिइएको छ ।महाशिवरात्रीको अवसर पारेर फागुन ९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा अंकित र जुनिमसँगै पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुव

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 176 पटक पढिएको
  • रंगीको छ भने माया टिकटक अफर

    काठमाडौं । आगामी फागुन २ गतेबाट रिलिज हुने फिल्म ‘रंगी’ ले दर्शकका लागि फिल्मको गीत ‘छ भने माया’मा टिकटक अफर ल्याएको छ । फिल्म टिमले फिल्मको प्रचारप्रसारका लागि दर्शक लक्षित टिकटक अफर ल्याएको हो ।जसअनुसार बाबुछोरीले यो गीतमा टिकटक बनाउनुपर्नेछ । फिल्मका प्रस्तुतकर्ता तथा प्रमुख कलाकार सलोन बस्नेतका अनुसार उत्कृष्ट टिकटक बनाउने पाँच बाबुछोरीले फिल्मको प्रिमियरमा कलाकारसँगै बसेर फिल्म हेर्न पाउनेछन् । पुरस्कृत बाबुछोरीको जोडीले राइनो लेदरको तर्फबाट आकर्षक पुरस्कार पनि पाउनेछन् ।बाबुछोरीको कथा बोल्ने फिल्ममा सलोन बस्नेत, आयुषी ढकाल, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, उत्तम केसी, सुमिन गुरुङ र विशाल प

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 99 पटक पढिएको
  • लाज शरणममा मोहम्मद अफताब आलम गेटअपमा धुर्मुस

    काठमाडौं । फिल्म ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ। फिल्मको पोस्टरमा सिताराम कट्टेल ‘धुर्मुस’लाई काँग्रेस नेता तथा पूर्वमन्त्री मोहम्म अफताब आलमको गेटअपमा प्रस्तुत गरिएको छ ।पोस्टरमा फिल्मका मुख्य कलाकारहरू मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाललाई प्रस्तुत गरिएको छ। नेताको भूमिकामा रहेका धुर्मुसलाई दोरा–सुरुवाल र ज्वारीकोटमा देखाइएको छ। उनी हात उठाएर अभिवादन गरिरहेका छन्, जसले उनको राजनीतिक चरित्रको संकेत गर्छ।पोस्टरमा कफिन बोकेका स्थानीयहरूको दृश्यले फिल्मको कथावस्तु झल्काएको छ।यो फिल्म हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको हो। यसमा अर्जुन

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 159 पटक पढिएको
  • बाल मनोविज्ञानमा सारंग ट्रेलर

    काठमाडौँ। आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउने फिल्म  ‘सारंग’ को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार ओस्कार कलेजका विद्यार्थीहरु माझ एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलर रिलिज कार्यक्रमको सहजीकरण ओस्कार कलेजका एकेडेमी कोअर्डिनेटर नवनिधि दाहालले गरेका थिए। कार्यक्रममा विद्यार्थीहरुबिच फिल्मको सुटिङ अनुभव साटासाट र विद्यार्थीहरुको जिज्ञासा मेट्ने काम गरिएको निर्देशक प्रशान्त तामाङले बताए । ओएसआर डिजिटलबाट सार्वज्निक गरिएको ट्रेलरले एक परिवारमा सम्बन्धबिच्छेदले निम्त्याउने कथा  बोल्छ । निर्देशक प्रशान्त तामाङको लेखन,निर्माण र निर्देशनमा बनेको फिल्म बाल मनोबिज्ञ

    • प्रकाशित मितिः माघ ११, २०८१
    • 154 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा