मनोरञ्जन

    Showing 771-780 of 2,727 items.
  • ३१औँ दिनमा चलचित्र ‘मालती मंगले’को छायाङ्कन सम्पन्न

    नेपाली चलचित्र ‘मालती मंगले’ को छायाङ्कन सम्पन्न भएको छ। लगातार छायाङ्कनको क्रममा ३१औँ दिन सोमबार छायाङ्कन कार्य औपचारिक रूपमा समाप्त भएको कार्यकारी निर्माता सागर ज्ञवालीले बताए। उनका अनुसार छायाङ्कन तनहुँ र स्याङ्जा जिल्लाका सुन्दर भूभागमा गरिएको हो।चलचित्रको छायाङ्कन सुरु हुनुअघि गत महिना काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजासहित शुभ मुहूर्त गरिएको थियो। त्यति बेला निर्माता समेत रहेका लोकप्रिय गायक रामकृष्ण ढकाल का अभिभावक गोपाल कर्माचार्य ले पहिलो क्ल्याप दिएका थिए भने अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउत ले पहिलो दृश्य अभिनय गर्दै छायाङ्कनको शुभारम्भ

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 415 पटक पढिएको
  • यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    दसैँका अवसर पारेर तीन नेपाली चलचित्र प्रदर्शन भएका छन् । फूलपाती अर्थात् असोज १३ गतेदेखि चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका छन् ।  दसैँको बिदा भए पनि तीन वटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन् । चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा चलचित्र ‘बलिदान’ ले दुई दिनमा रु एक करोड पाँच लाख ६५ हजार व्यापार (ग्रस कलेक्सन) गरेको तथ्याङ्क छ । उक्त चलचित्रले पहिलो दिन असोज १३ गते नेपालभर प्राप्त गरेको २४४ ‘शो’बाट रु ५७ लाख १९ हजार ३४० र दोस्रो दिन दुई सय १३ शोबाट रु ४८ लाख ४६ हजारको व्यापार गरेको छ । सन्तोष सेनको निर्देशनमा त

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 397 पटक पढिएको
  • हराउँदै मौलिक संस्कृति, भेटिन छाडे दसैँमा लिङ्गे पिङ

    दसैँ पर्वसँग लिङ्गेपिङको नजिकको साइनो छ । पहिले पहिले दसैँका बेला गाउँ, सहर जताततै लिङ्गेपिङ बनाइन्थ्यो । अझ गाउँकाडाँडा र चौतारामा त झन् एकै ठाउँमा धेरै पिङ हुन्थ्ये । तर पछिल्लो समय गाउँमा एउटा पनि लिङ्गेपिङ भेट्याउन मुस्किल पर्छ । बाँसका बाला र बाबियोको लठारो बाटेर बनाइएको पिङमा बालबालिकादेखि वृद्धवृद्धासम्म मच्चीमच्ची खेल्ने पिङ नहुँदा दसैँ अल्ली खल्लो जस्तो हुन थालेको बुढापाका बताउँछन् ।चौतारामा बनेका पिङ वर्षौँदेखि छुटिएका गाउँका आफन्त, इष्टमित्र र कुटुम्ब जम्मा हुने माध्यम बन्थ्यो । अहिले ती डाँडा र चौतारा सुनसान छन् । पहिले पिङका बला गाडेका डोब पनि पुरिइसकेका छन् । अचेल गाउँमा पिङ बनाउ

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 410 पटक पढिएको
  • ‘राष्ट्रिय चलचित्र दिवस’ देशव्यापी मनाइँदै

    नेपाल सरकारले असोज १५ गतेका दिनलाई ‘राष्ट्रिय चलचित्र दिवस’ घोषणा गरेसँगै चलचित्रकर्मीहरू खुसी साटासाट गरी देशव्यापीरुपमा सो दिवस मनाइरहेका छन् ।विसं २०२२ असोज १५ गते पहिलोपटक नेपाली चलचित्र ‘आमा’ प्रदर्शनमा आएको ऐतिहासिक दिनलाई स्मरण गरी चलचित्र दिवस मनाउने निर्णय भएको सन्दर्भमा आज देशभरका चलचित्रकर्मीले उत्सवका रुपमा सो दिवस मनाइएको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, “यस विशेष दिनको ऐतिहासिक पक्षलाई दृष्टिगत गरी हरेक वर्ष असोज १५ गतेका दिन चलचित्र दिवस मनाउने प्रस्ताव गरेका थियौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हाम्रो प्रस्तावलाई स्वीकार गरी म

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 394 पटक पढिएको
  • ‘सोल्टिनी’को शीर्षक गीत ‘दाजुको साली’ सार्वजनिक

    कार्तिक ६ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘सोल्टिनी’को शीर्षक गीत ‘दाजुको साली’ सार्वजनिक गरिएको छ। बडादसैँको महाअष्टमीका दिन, मङ्गलवार इन्टरनेटमार्फत सार्वजनिक गरिएको यस गीतलाई गायक एस.डी. योगीले स्वर दिएका छन्। गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको सङ्गीत, उदय राज पौडेलको एरेन्ज र श्यामश्वेत रसाइलीको मिक्स/मास्टर रहेको छ। गीतको कोरियोग्राफी मौसम हिमालीले गरेका छन्।अभिनेता प्रकाश सपुत, अभिनेत्री परीक्षा लिम्बुको साथमा सुन्दर धिताल, सब्बु गुरुङ र सुजन खतिवडाको अभिनय रहेको यस गीतले गीतले प्रेममा आएको रोमाञ्चकता र ग्रामीण जीवनशैलीको रमाइलोपनलाई झल्काउँछ। यसअघि सार्वजनिक टिजरल

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 263 पटक पढिएको
  • फिल्म बलिदान, हरिबहादुरको जुत्ता र माइतीघरलाई दर्शकको साथ कस्तो ?

    हिजो असोजको १३ गते सोमबारदेखि देशब्यापी प्रदर्शनमा आएका नेपाली फिल्मले घरेलु बक्सअफिसमा अपेक्षाभन्दा न्यून ओपनिङ गरेका छन् ।गतवर्षको दशैंमा भन्दा यसवर्षको फूलपाती कमाइमा गिरावट देखिएको छ । यद्यपी, कमाइको स्पष्ट चित्र भने दशैं बिदासम्म देखिनेछ ।रियल टाइम सिनेपाः बक्सअफिसमा यी तीन फिल्मको ओपनिङ कमाइको विवरण बाहिर आएको छ । ‘बलिदान’ले २४४ शोजबाट ५७ लाख १९ हजार ३४० रुपैयाँ ग्रसको ओपनिङ गरेको छ ।‘हरिबहादुरको जुत्ता’ले १३४ शोजबाट २४ लाख ८५ हजार ६४ रुपैयाँ ग्रसको ओपनिङ गरेको छ ।‘माइतीघर’ले सोमबार १४४ शोजबाट १८ लाख ९६ हजार ४५५ रुपैयाँ ग्रस कमाइ गरेको बक्सअफिसमा उल्लेख छ ।आउँदो शनिबारसम्म दशैंको बिदा भए

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 298 पटक पढिएको
  • ‘मैझारो’को लभ सङ गीत ‘तिमीलाई के थाहा सानु’ रिलिज

    फिल्म ‘मैझारो’मा समावेश गीत ‘तिमीलाई के थाहा सानु’रिलिज भएको छ। निर्माण पक्षले बडादसैंको फुलपातीको अवसर पारेर फिल्मको उक्त गीत ओएसआरको युटुब च्यानलबाट रिलिज गरेको हो। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार धिरज मगर र मिरुना मगरलाई अभिनय गराइएको छ। जहाँ मिरुना र धिरज प्रेमिल जोडीका रुपमा प्रस्तुत छन्। लभ सङ गीतमा फिल्मको कथा अनुसार नै मिलाइएको निर्माण पक्षको भनाई छ। यो गीत रिलिज भएसँगै दर्शकले उत्कृष्ट प्रतिक्रिया दिन थालेका छन्।हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को डेब्यु निर्देशकिय फिल्म हो। फिल्मको रिलिज पहिलो गीतबाट नै फिल्मले हाइप लिन थालिसकेको छ। फिल्मको पोस्टर र टिजरले एक किसिमको दर्

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 301 पटक पढिएको
  • ‘बलिदान’को गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक

    आगामी सोमबार फूलपातीको दिनदेखि प्रदर्शनमा आउन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’ को नयाँ गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक गरिएको छ। यस गीतमा सुजन चापागाईँले सङ्गीत तथा सुजन र भुषण खतिवडाले स्वर दिएका छन् भने शब्द हर्क साउदको रहेको छ।भिडियोमा घना जङ्गलबिचको आदिवासी बस्ती देखाइएको छ, जहाँ आदिवासीहरूबिच अभिनेता समीर भट्टले नृत्य र अभिनय गरेका छन्। भिडियोमा कोरियोग्राफर समेत रहेका सुनिल क्षेत्री र चलचित्रका निर्देशक सन्तोष सेनलाई पनि देख्न सकिन्छ। सेनले चलचित्रमा आदिवासीहरूको मुखियाको भूमिका निर्वाह गरेका छन्।यसअघि, चलचित्र ‘बलिदान’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले पेरेन्टल

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 266 पटक पढिएको
  • ‘वरिष्ठ बलराम’को गीत ‘न्यौली बनैमा’मा विजय बरालको नृत्यको तारिफ

    रंगमञ्च अथवा नाटकबाट चलचित्रमा प्रवेश गरेका कलाकारहरूले अभिनयमा सधैँ तारिफ बटुल्छन् । अभिनयमा वाहीवाही बटुल्ने उनीहरूको डान्स अथवा नृत्यमा भने सधैँ आलोचना हुन्छ ।नाच्न जान्दैनन् भन्ने हुन्छ । स्वयं कलाकार पनि त्यसै भन्छन् । तर, यसपटक अलि फरक भयो । चलचित्र ‘वरिष्ठ बलराम’को गीत ‘न्यौली बनैमा’मा विजय बरालको डान्सको पनि तारिफ भइरहेको छ । अभिनयमा गज्जवको तारिफ बटुल्ने उनले यसपटक नृत्यसमा पनि वाहीवाही बटुलिरहेका छन् ।प्रशान्त शिवाकोटीको शब्दरचना र संगीत रहेको गीतमा प्रशान्त र शान्तीश्री परियारको स्वर छ । गीतमा एकअर्कालाई मन पराउने युगल जोडीको भूमिकामा विजय र समृद्धि अर्याल छन् । गीतमा शंकाका बीचमा स

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 309 पटक पढिएको
  • ‘कुमारी’ घोषणामा गाइएको गीत ‘कता छौ मेरो फूल’ इन्टरनेटमा भाइरल

    हाल छायाङ्कनमा रहेको नेपाली चलचित्र ‘कुमारी’ को घोषणा कार्यक्रममा प्रस्तुत गरिएको गीत ‘कता छौ मेरो फूल’ इन्टरनेटमा धमाका मच्चाइरहेको छ। गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले प्रत्यक्ष प्रस्तुत गरेको यो गीत अहिले टिकटक र युट्युबमा निकै लोकप्रिय बनेको छ।लाइभ भर्सनमै चर्चित बनेको गीतमा हालसम्म डेढ लाखभन्दा धेरै टिकटक बनिसकेको छ भने युट्युबमा पाँच लाख ५० हजारभन्दा बढी भ्युज हासिल गरिसकेको छ। विशेष गरी ‘जेन-जी’ पुस्ताका युवा–युवतीहरूले यस गीतलाई उत्साहपूर्वक टिकटकमा प्रयोग गरिरहेका छन्। चलचित्रको स्टुडियो रेकर्ड भर्सन भने चलचित्र रिलिजसँगै मात्र सार्वजनिक गरिनेछ। यो गीत चलचित्र

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 302 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.