मनोरञ्जन

    Showing २,५०१-२,५१० of २,८६६ items.
  • विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक पक्राउ

    झापा-प्रहरीको केन्द्रीय साइबर ब्युरोले विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । थाइल्याण्डबाट नेपाल आइपुगेका उनलाई सोमबार बिहान पक्राउ गरिएको ब्युरोका एसएसपी नवीन्द्र अर्यालले बताए ।विद्युतीय स्वरुपमा आफ्नो चरित्र हत्या गरेको भन्दै महेशचन्द्र आचार्यले रेग्मीविरुद्ध ब्युरोमा उजुरी दिएका थिए । म्याद थप गरेर रेग्मीलाई विद्युतीय कारोबार ऐनअन्तर्गत कारवाही प्रक्रिया अघि बढाइने समेत एसएसपी अर्यालले जनाए । रेग्मीले अन्य व्यक्तिको पनि चरित्रहत्या गरेको आचार्यले उजुरीमा उल्लेख गरेका छन् ।उनले आफ्नो फेसबुकको कभर तस्वीरमा अहिलेका चर्चित

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • ३१० पटक पढिएको
  • आजकाे माैसम पुर्वानुमान

    झापा- बिहानैदेखि देशका पहाडी क्षेत्रहरुको मौसम आंशिक बदली छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा मौसम बदली भएको छ।बाँकी स्थानमा मौसम सामान्यतया सफा छ। बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना छ। देशका अधिकांश स्थानमा मौसम आंशिक बदली हुने अनुमान गरिएको छ।राति गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा  हल्का हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ।  

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • १५३ पटक पढिएको
  • पक्राउ परे डिल्लीराम खनाल

    झापा-अभिनेतृ करिश्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। युट्युबमा करिश्माको चरित्र हत्‍या गर्ने किसिमको भ्रम फैलाउने अभिव्यक्ति दिएको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका हुन्। खनाल युट्युबका ‘भाइल म्यान’ हुन्। उनलाई काठमाडौंबाट पक्राउ गरेर थप अनुसन्धान सुरू गरिएको साइबर ब्युरोका एसपी पशुपति रायले जानकारी दिए।अभिनेतृ तथा नेकपा एमाले नेतृ करिश्मा मानन्धरले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या हुने अभिव्यक्ति दिएको भन्दै खनालविरुद्ध २५ माघमा प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। खनालले करिश्मा लिभिङ टुगेदरमा रहेको भन्दै युट्युबमा अन्तरवार्ता दिएका थिए।

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • २२२ पटक पढिएको
  • चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट संयोजक नीर शाहसहित दुई सदस्यको राजीनामा

    झापा - चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट संयोजक नीर शाहसहित दुई सदस्यले राजीनामा दिएका छन् । बोर्डका सदस्य सचिव तथा संचार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव टंकबहादुर महतका अनुसार बुधबार बेलुका शाह र सदस्य सुशान्तकुमार श्रेष्ठले राजीनामा दिएका हुन् । अर्का सदस्य तथा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काको राजीनामा आएको साता नबित्दै संयोजक समेत रहेका शाहको राजीनामा आएको हो । अध्यक्ष भुवन केसीले तीन महिनाअघि शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेका थिए ।सदस्य सचिव महतले भने, ‘सक्रिय भूमिका निर्वाह गर्न नसकिएको कारण देखाउँदै उहाँले राजीनामा दिनुभएको छ । कानूनीरुपमा पनि सल्लाहकार

    • प्रकाशित मितिः माघ २६, २०७९
    • १५८ पटक पढिएको
  • लक्की मिडिया हाउसको आयोजनामा, ‘लक्की फिल्मी अवार्ड २०८०’ को तयारी

    प्रदेस ब्युरो । लक्की मिडिया हाउसले आयोजना गर्न लागेको ‘लक्की फिल्मी अवार्ड २०८०’ को तयारी सुरु भएको छ । फिल्म उद्योगको प्रर्वद्धन, प्रोत्साहन, कलाकारलाई हौसला प्रदान गर्न आयोजना गरिएको अवार्ड वितरण कार्यक्रमको तयारी स्वरुप आयोजकले प्रचारप्रसारको काम थालेका छन् ।यहीक्रममा फिल्मी अवार्डको प्रचार सामाग्री ‘स्टिकर’ सार्वजनिक भएको छ । लक्की मिडिया हाउसको मुख्य कार्यालय भरतपुरमा प्रचार सामाग्री सार्वजनिक गरिएको हो । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका बरिष्ठ सर्जन डा. गंगा सापकोटा, फरेष्ट टेक्निसियनस् एसोसियसन अफ नेपालका अध्यक्ष गोविन्दराज पाण्डे, लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक

    • प्रकाशित मितिः माघ १८, २०७९
    • १५४ पटक पढिएको
  • प्रमोद खरेलको कन्सर्टमा एक दर्जन भन्दा बडि घाइते, कार्यक्रम स्थगित

    प्रदेश ब्युरो । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी करिब एक दर्जन बढी घाइते भएका छन। घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएकाको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ भने दुइजनाको अबस्था चिन्ताजनक रहेको छ।अत्यधिक भीडका कारण एक दर्जन बढी दर्शक घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए । कन्सर्ट हेर्न आउनेहरूको भीडमा परी के–कति घाइते भएको भन्ने यकिन हुन नसकेको कलाकार संयोजन समितिका संयोजक रिदम श्रेष्ठले जानकारी दिए ।आजका सबै कार्यक्रम स्थगन भएको आयोजकले जनाए

    • प्रकाशित मितिः माघ १४, २०७९
    • ४५२ पटक पढिएको
  • ‘प्रेमगीत ३’ पछि 'कमिनो' फिल्ममा देखिँदै प्रदीप खड्का

    ‘प्रेमगीत ३’ पछि अभिनेता प्रदीप खड्का नयाँ फिल्ममा देखिने भएका छन्। उनी दीपक ओलीको निर्देशनमा निर्माण हुने फिल्म ‘कामिनो’ मा देखिन लागेका हुन्।अभिनेता प्रदीपले स्क्रिप्ट तथा निर्माण टिम मन परेकाले आफू फिल्म खेल्न तयार भएको बताएका छन्। प्रदीप र निर्माण टिमबीच गत शुक्रबार औपचारिक सम्झौता भएको हो। ‘कामिनो’ को बुधबार थिम पोस्टर सार्वजनिक गरिएको छ। फिल्ममा प्रदीपबाहेक अन्य कलाकार छनोट गर्न बाँकी छ।एक्सेस नेपाल फिल्म्स ब्यानरमा निर्माण हुने फिल्मको कथा महेश दवाडीले तयार पारेका हुन्। स्क्रिप्ट लेखनमा लेखक दवाडीलाई कुञ्जन भट्टराईले सघाएका छन्। नेपाल र ल्याटिन अमेरिकाका विविध स्थानमा छायांकन हुने फिल्म

    • प्रकाशित मितिः माघ १४, २०७९
    • ३०५ पटक पढिएको
  • पठानको आक्रामक ओपनिङ

    चार बर्षपछि पर्दामा कमब्याक गरेका बलिउड नायक साहरुख खान अभिनित फिल्म ‘पठान’ हिजोबाट देशभर रिलिज भएको छ । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको फिल्मले आक्रामक ओपनिङ गरेको छ । भारतमा यो फिल्म ५३ सय वटा हलमा रिलिज भएको छ । भारत बाहिर पनि फिल्म २७ सय हलमा रिलिज भएको छ । फिल्मले पहिलो दिनमा ५० करोड भन्दा माथिको व्यापार गरेको छ।  भारतीय समीक्षकहरुले उत्कृस्ट फिल्म बनेको बताएका छन् । यशराज ब्यानरले निर्माण गरेको यो फिल्ममा साहरुख खान, दीपिका पादुकोण र जोन अब्राहिम मुख्य भूमिकामा छन् । फिल्ममा जोन खलनायकको भूमिकामा छन् भने दीपिकाको भूमिकाले दर्शकलाई सरप्राइज दिन सक्छ । फिल्मलाई दर्शक र समी

    • प्रकाशित मितिः माघ १३, २०७९
    • २८९ पटक पढिएको
  • आगामी फागुन १९ गते क्यूएफएक्समा छक्का पञ्जा-४ र छड्के-२ को भिडन्त

    आगामी फागुन १९ मा दुई फिल्म ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ बक्सअफिसमा आमनेसामने हुँदैछन् । यी दुई फिल्मको भीडन्तको चर्चाले सिंगो फिल्म क्षेत्रको ध्यान तानिएको छ । त्यसमाथि देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले अब एकै मितिमा दुई ठूला फिल्म रिलिज नगर्ने भन्दै फागुन १९ मा ‘छक्का पञ्जा ४’ मात्र प्रदर्शन गर्ने अडान लिएपछि विरोधको आवाज समेत सुनिन थाल्यो।क्यूएफएक्सले ‘छड्के २’लाई धकेल्न हरेक प्रयास गरेको थियो  तर निर्माता र वितरक टसमस नभएपछि अब फागुन १९ मा दुवै फिल्म लगाउने निर्णयमा क्यूएफएक्स पुगेको छ । यसका सञ्चालकमध्येका भाष्कर ढुंगानाले दुवै फिल्मका निर्माताले आफूहरुको आग्रह नमानेका कारण अब

    • प्रकाशित मितिः माघ ७, २०७९
    • २४६ पटक पढिएको
  • प्रचण्ड भेट्न खुमलटार पुगे भारतीय अभिनेता विवेक ओबराय

    काठमाडौं / नेपाल भ्रमणमा रहेका भारतीय अभिनेता विवेक ओबरायले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका छन् । बुबा सुरेश ओबरायसँगै खुमलटार उनले आज प्रचण्डलाई भेटेका हुन् ।प्रचण्डकी पुत्री तथा सचिवालय सदस्य गंगा दाहाल पनि भेटवार्तामा सहभागी थिइन् । उनले भेटघाटको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।

    • प्रकाशित मितिः पुस १, २०७९
    • १४५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.