चार बर्षपछि पर्दामा कमब्याक गरेका बलिउड नायक साहरुख खान अभिनित फिल्म ‘पठान’ हिजोबाट देशभर रिलिज भएको छ । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको फिल्मले आक्रामक ओपनिङ गरेको छ । भारतमा यो फिल्म ५३ सय वटा हलमा रिलिज भएको छ । भारत बाहिर पनि फिल्म २७ सय हलमा रिलिज भएको छ । फिल्मले पहिलो दिनमा ५० करोड भन्दा माथिको व्यापार गरेको छ।  भारतीय समीक्षकहरुले उत्कृस्ट फिल्म बनेको बताएका छन् । 

यशराज ब्यानरले निर्माण गरेको यो फिल्ममा साहरुख खान, दीपिका पादुकोण र जोन अब्राहिम मुख्य भूमिकामा छन् । फिल्ममा जोन खलनायकको भूमिकामा छन् भने दीपिकाको भूमिकाले दर्शकलाई सरप्राइज दिन सक्छ । फिल्मलाई दर्शक र समीक्षकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । तरण आर्दशले यो फिल्मलाई ४.५ रेटिङ दिएका छन् । लामो समयपछि साहरुख खान अभिनित फिल्मले यति उच्च रेटिङ पाएको छ । 

OM Sai Pathibhara Hospital

फिल्मको एक्सन जर्बजस्त छ । नायक सलमान खानको केमियो भूमिकाले दर्शकलाई अझै उत्साहित बनाउँछ । साहरुखको एक्सन अवतार गज्जब छ । जोन अब्राहिम खलपात्रको रुपमा जमेका छन् । बलिउडका अधिकांश समीक्षकले यो फिल्मलाई ४ भन्दा माथिको रेटिङ दिएका छन्