झापा- बिहानैदेखि देशका पहाडी क्षेत्रहरुको मौसम आंशिक बदली छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा मौसम बदली भएको छ।

बाँकी स्थानमा मौसम सामान्यतया सफा छ। बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना छ। देशका अधिकांश स्थानमा मौसम आंशिक बदली हुने अनुमान गरिएको छ।

OM Sai Pathibhara Hospital

राति गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा  हल्का हिमपातको सम्भावना रहेको विभागले उल्लेख गरेको छ।