प्रदेश ब्युरो । धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको ‘कन्सर्ट’ हेर्न आएकाहरूको भीडमा परी करिब एक दर्जन बढी घाइते भएका छन।
घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएकाको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ भने दुइजनाको अबस्था चिन्ताजनक रहेको छ।
अत्यधिक भीडका कारण एक दर्जन बढी दर्शक घाइते भएकाले उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए ।
कन्सर्ट हेर्न आउनेहरूको भीडमा परी के–कति घाइते भएको भन्ने यकिन हुन नसकेको कलाकार संयोजन समितिका संयोजक रिदम श्रेष्ठले जानकारी दिए ।आजका सबै कार्यक्रम स्थगन भएको आयोजकले जनाएको छ।