मनोरञ्जन

    Showing 2,451-2,460 of 2,829 items.
  • कि मलाई सफाइ देऊ कि सजाय, तर जे गर्छौ छिटो गर : कुञ्जना घिमिरे

    कुञ्जना घिमिरे ‘सुन्तली’ ले आफ्नो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको बताएकी छिन् । उनले आफूमाथि विभिन्न तुच्छ गालीको समेत बर्सात भएको भन्दै आफ्नो मन दुखेको बताएकी छिन् । कुञ्जनाले आफ्नो फेसबुक पोस्टमा लेखेकी छिन्, ‘अबको हरेक वार्ता खुलेआम रङ्गशाला मैदानमा गरियोस् नाकी बन्द कोठामा । मलाई मेरो इनबक्समा नग्न तस्बिरहरू पठाउन सुरुवात भएको छ । विभिन्न तुच्छ गालीको बर्सात भइरहेको छ ।’उनले राज्यसँग चित्त दुखाउँदै भनेकी छिन्, ‘म पनि मान्छे हुँ । धेरै मन दुखेको छ राज्य र राष्ट्रसँग ।’उनले धुर्मुसजस्तै आफू पनि मानसिक यातनाले विक्षिप्त भएको बताएकी छिन् । उनी लेख्छिन्, ‘धुर्मुस जीले केही समय धैर्य

    • प्रकाशित मितिः चैत १०, २०७९
    • 191 पटक पढिएको
  • चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित

    काठमाण्डौ । चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला निर्वाचित भएका छन् । प्रतिष्प्रर्धी रेजिना उप्रेतीलाई २६ मतले हराउँदै निरौला अध्यक्षमा निर्वाचित भएका हुन् ।निरौलाले २ सय ३५ मत पाए भने उप्रेतीले २ सय ९ मत मात्र प्राप्त गरेकी छिन् ।रेजिनाको पक्षमा खसेका करिब डेढ दर्जन मतमा टिक लगाउनुपर्नेमा सिग्नेचर भेटिएको थियो ।यसले गर्दा पनि रेजिनाको केही मत घटेको बताइएको छ । ७ सय सदस्य रहेको संघको निर्वाचनमा ४ सय ६८ जनाले मात्रै मतदान गरेका थिए ।उपाध्यक्षमा कविता गेलाल विजयी भएकी छिन्, भने अर्को उपाध्यक्षमा शिवहरि बैरागी विजयी भएका छन् ।महासचिव पदमा सविन श्रेष्ठले विजयी हुँदा सचिवमा रामेश्वर बुर्लाकोट

    • प्रकाशित मितिः चैत ५, २०७९
    • 329 पटक पढिएको
  • सलमानलाई लरेन्स बिश्नोईको धम्की

    एजेन्सी - पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्या अभियोगमा सजाय काटिरहेका ग्याङ्स्टर लरेन्स बिश्नोईले भारतीय अभिनेता सलमान खानलाई फेरि एकपटक धम्की दिएका छन् । भटिण्डा जेलमा रहेका लरेन्सले सलमानलाई सन् १९९८ मा कालो हरिण मारेकोमा माफी माग्नुपर्ने वा नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन् ।गत वर्ष जुनमा पनि मुम्बई प्रहरीमा सलमान र उनका बुबा सलिम खानलाई अज्ञात व्यक्तिबाट धम्कीको पत्र प्राप्त भएको सम्बन्धमा एफआईआर दर्ता गरेका थिए । भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै लरेन्सले भने कि उनको समुदाय सलमानसँग रिसाएको थियो किनभने सलमानले उनीहरूलाई अपमान गरेका थिए । उनीविरुद्ध मुद्दा दायर भए पनि माफी नमानेको लरेन

    • प्रकाशित मितिः चैत ३, २०७९
    • 289 पटक पढिएको
  • अभिनेता खाखरको निधन

    एजेन्सी - भारतीय चर्चित अभिनेता समीर खाखरको निधन भएको छ । खाखरको ७१ वर्षको उमेरमा निधन भएको हो । उनको भारतको बोरिवली-१ स्थित एमएम अस्पतालमा निधन भएको हो । खाखरको शरीरका धेरै अंगहरू काम नलाग्ने भएका कारण निधन भएको समाचारमा उल्लेख छ ।भारतीय सञ्चार माध्यमका अनुसार सास फेर्न समस्या भएपछि खाखरका छोराले उनलाई अस्पतालमा भर्ना गरेका थिए । उनको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको हो । खाखरको अन्तिम संस्कार बुधबार बोरिवलीको भाभी नाका श्मशान गृहमा गरिने छ । खाखर लामो समयदेखि अभिनयको दुनियाँबाट टाढा थिए । उनी सन् १९९६ मा भारत छोडेर अमेरिका गएका थिए । खाखरले थुप्रै चलचित्र र सिरियलमा काम गरेका थिए ।

    • प्रकाशित मितिः चैत १, २०७९
    • 232 पटक पढिएको
  • ओस्कर अवार्डमा ‘ओरिजिनल सङ’को उपाधि भारतीय ‘नाटु नाटु’ गीतलाई

    काठमाण्डौ – तेलुगु फिल्म ‘आरआरआर’ को चर्चित गीत ‘नाटु नाटु’ ले ९५ औँ संस्करणको ओस्कर अवार्डमा ‘ओरिजिनल सङ’को उपाधि जितेको छ । यसअघि ‘नाटु–नाटु’ गीतले गोल्डेन ग्लोबको ८० औँ संस्करणमा बेस्ट ओरिजिनलनसङको अवार्ड जितेको थियो ।जुनियर एनटीआर र रामचरण अभिनय रहेको चलचित्रको यो गीत विश्वभर मन पराइएको थियो । चन्द्रबोशको शब्द रहेको तेलुगु भाषाको यस गीतको कम्पोज भने एमएम कीरवणीले गरेका हुन् । राहुल सिपलीगन्ज र काल भैरवले गीतमा स्वर दिएका छन् । ‘आरआरआर’ फिल्म एस एस राजामौलीले निर्देशन गरेका हुन् ।

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 248 पटक पढिएको
  • नाटक लङ टाईम नो सी दमकमा मञ्चन हुने

    झापा । कदम थिएटरले दमकमा नाटक लङ टाईम नो सी मञ्चन गर्ने भएको छ । साहित्यकार नयनराज पाण्डेको कथा महानागरलाई नाट्य रुपान्तरण गरेर बनाईएको नाटक दिपक खरेलले निर्देशन गरेका छन् । पछिल्लो समयमा मानिस मानिस बीचको सम्बन्ध कसरी टाढा हुँदै गईरहेको छ भन्ने अवधारणाको कथालाई दमक कै परिवेशमा रुपान्तरण गरेको कदम थिएटरका उपाध्यक्ष तथा कलाकार चोमु शेर्पा बताउँछिन् ।  दमकमा नियमित रुपमा नाटक मञ्चन गरिरहेको कदम थिएटरले नाटक “लङ टाईम नो सी” फागुन २९ गते सोमबार देखि चैत ६ गते सम्म नियमित रुपमा मञ्चन गर्नेछ । नाटकमा अग्रज रंगकर्मी सुवास खरेल, पासाङ चोमु शेर्पा, मनिक शंकर, नबिन रिजाल, रश्मी

    • प्रकाशित मितिः फागुन २८, २०७९
    • 246 पटक पढिएको
  • भारतीय अभिनेता सतीश कौशिकको निधन

    काठमाडौं : भारतीय अभिनेता एवं निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ। अभिनेता अनुपम खेरले ट्वीटमार्फत आफूले प्रिय साथी गुमाएको भन्दै उनको निधनको पुष्टि गरेका हुन्। उनले आफूसँगको ४५ वर्षको मित्रतामा पूर्णविराम  लागेको उल्लेख गरेका छन्।दिल्लीको गुरुग्राममा आफन्त भेट्न गएका कौशिलाई ह्दयघात भएको थियो। ह्दयघातभएपछि उनलाई दिल्लीको फोर्टिस अस्पताल लगिएको थियो। उनको त्यहाँ निधन भएको हो। र, पोष्टमार्टमका लागि मुम्बई ल्याइने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए। बलिउडमा आउनुअ

    • प्रकाशित मितिः फागुन २५, २०७९
    • 98 पटक पढिएको
  • भारतीय अभिनेत्री तमन्ना नेपालमा

    झापा- दक्षिण भारतीय अभिनेत्री तमन्ना भाटिया होलीको अवसर पारेर नेपाल आएकी छिन् । तमन्नाले सो कुराको जानकारी सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत दिएकी हुन् । उनले नेपालमा होली मनाएको तस्वीर पोस्ट गर्दै ‘ह्याप्पी होली फ्रम नेपाल’ भन्दै शुभकामना समेत दिएकी छन् ।तेलुगु र तामिल फिल्म उद्योगकी यी चर्चित अभिनेत्रीको फिल्म ‘बाहुबली’ मा निकै चर्चामा थियो । ‘बाहुबली’ का दुवै श्रृंखलाले नेपालमा आक्रात्मक कमाइ गरेका थिए । तमन्ना कति समय नेपाल बस्छिन् भन्नेबारे केही खुलाइएको छैन ।

    • प्रकाशित मितिः फागुन २४, २०७९
    • 235 पटक पढिएको
  • छवि ओझाको फिल्ममा रेखा थापाको इन्ट्री, पुजा शर्मा पनि मुख्य भुमिकामा

    काठमाडौँ । निर्माता छवि ओझाले लामो समयको अन्तरालपछि फिल्म निर्माण गर्ने भएका छन् । निर्माता ओझाले नायिका रेखा थापा र पूजा शर्मालाई लिएर फिल्म बनाउन लागेका छन् ।रेखा र पूजाले मिलेर फिल्म बनाउने र एकसाथ खेल्ने कुरा यसअघि नै एकपटक भएको थियो तर अहिले आएर यी दुवै अभिनेत्रीले छविको फिल्ममा एकसाथ काम गर्ने भएका हुुन् ।नायिका थापाले सोमबार आयोजित होली कार्यक्रममा मिडियासँग कुराकानी गर्दै छविले केही दिनमा नै पूजासँग कागजी संझौता गर्ने खुलासा गरेपछि छविको फिल्ममा पूजा र रेखाको इन्ट्री भएको कुरा बाहिर आएको हो ।ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने यो फिल्मका लागि अर्की एक जना नायिकाको भने खोजी भइरहेको छ । फ

    • प्रकाशित मितिः फागुन २३, २०७९
    • 228 पटक पढिएको
  • अमिताभ बच्चन घाइते

    एजेन्सी - बलिउडका मेगा स्टार अमिताभ बच्चन घाइते भएका छन् । हैदराबादमा ‘प्राजेक्ट के’ नामक फिल्मको सुटिङका क्रममा बच्चन घाइते भएका हुन् । बच्चन आफैंले सामाजिक सञ्जाल मार्फत फिल्ममा एक्सन सिन सुटिङका क्रममा घाइते भएको जानकारी गराएका छन् ।आफ्नो दायाँ करङमा चोट लागेको र सुन्निएको भन्दै बच्चनले आफूलाई सास फेर्न समेत गाह्रो भएको बताएका छन् । हैदरावादमा उपचारपछि मुम्बइस्थित घरमा आएर आराम गरिरहेको र ठिक हुन समय लाग्ने समेत बताएका छन् ।उनले ठिक नहुँदासम्मका लागि सबै खाले सुटिङ र भेटघाट बन्द गरेको समेत जानकारी गराएका छन् । ८० वर्षीय बच्चन भारतसहित विश्वभर सम्मानित अभिनेता हुन् ।

    • प्रकाशित मितिः फागुन २२, २०७९
    • 148 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.