चाउथे । नुवाकोट उद्योग वाणिज्य संघले आगामी माघ २५ देखि फागुन ८ गतेसम्म विदुरमा आयोजना लागिएको आठौं नुवाकोट महोत्सवको तायरी तिब्र रुपमा सुरु भएको छ ।

आयोजक संस्था नुवाकोट उद्योग बाणिज्य संघका अनुसार महोत्सवमा राखिने स्टल बुकिड.देखि प्रचार प्रसारको काम भैरहेको छ । स्थानीय उत्पादनको बजारीकरण, पर्यटन, कला तथा संस्कृतिको प्रवर्द्धनका लागि महोत्सव आयोजना गर्न लागिएको संघले जनाएको छ ।

OM Sai Pathibhara Hospital

कोरोना महामारीपछि सुरु भएको आर्थिक मन्दीले शिथिल आर्थिक कारोबार‘धार्मिक, ऐतिहासिक कला संस्कृतिको संवद्र्धन, दीगो आर्थिक विकासका लागि व्यवसायिक प्रवद्र्धन’ भन्ने नाराका साथ हुन लागेको महोत्सवले नेपाल भ्रमण वर्ष र नुवाकोटको आर्थिक समृद्धिलाई टेवा पु¥याउने अपेक्षा आयोजक नुवाकोट उद्योग वाणिज्य संघले लिएको छ ।

महोत्सवमा जिल्लाका स्थानीय उत्पादन, हस्तकलाका सामग्रीहरू तथा जिल्लामा १२ वटै स्थानीय तहको पहिचानसहितका स्टल राखिने बताइएको छ । दुई सय ४० वटा स्टल रहने महोत्सवको स्टलका लागि संघमा आबद्ध सदस्यलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

महोत्सव सञ्चालनका लागि अध्यक्ष कार्कीको संयोजकत्वमा ११ सदस्यीय मूल कार्य सञ्चालन समिति र विभिन्न ३० वटा उपसमिति गठन गरिएको छ ।

यस्तै महोत्सवमा अपाड.गता भएकाहरुलाई निःशुल्क प्रवेशको व्यवस्था समेत गरिएको छ । महोत्सवमा स्थानीय कलाकारदेखि राष्ट्यिस्तरका कलाकाहरुबाट सांस्कतिक कार्यक्रमको आयोजना हुने जनाइएको छ ।