मनोरञ्जन

    Showing 2,381-2,390 of 2,735 items.
  • नेफ्टा अवार्डको ११औँ संस्करण अमेरिकामा हुने

    झापा  / नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ ।आयोजक संस्था नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) का अनुसार अवार्ड कार्यक्रम विसं २०८० जेठ १३ गते हुने भएको हो । डायस्पोरामा नेपाली फिल्म संस्कृति र बजारको खोजी गर्ने र नेपाललाई अमेरिकी फिल्म छायाङ्कन गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यले अवार्ड गर्न लागेको  नेफ्टा अध्यक्ष पुष्कर लामाले जानकारी दिए । फिल्मको अन्तर्राष्ट्रियकरण प्राविधिक सङ्घको कार्यभार बनेको उनले भनाइ छ । अवार्ड आयोजनाले नेपाल र अमेरिकाबीचको ७५ वर्ष पुरानो कूटनीतिक सम्बन्ध प्रगाढ तुल्याउन सहयोग पुग्ने उनको विश्वास छ ।&

    • प्रकाशित मितिः मंसिर १९, २०७९
    • 143 पटक पढिएको
  • कम मतका कारण भ्वाइस अफ नेपाल सिजन ४ बाट वर्षा इटानी बाहिरिइन् 

    काठमाडौं  / द भ्वाइस अफ नेपाल सिजन ४ मा अहिले लाइभ शो राउन्ड प्रसारण भइरहेको छ । अन्तिम १० प्रतिस्पर्धी घोषणा हुँदा शुक्रबार र शनिबारको एपिसोडबाट दुई जना प्रतियोगी बाहिरिएका छन् ।शनिबार टिम प्रविशाबाट वर्षा इटानी बाहिरिइन् भने शुक्रबार टिम राजेशका भूपेन्द्र रणपाल बाहिरिए । दर्शकको मतको आधारमा कम मत ल्याउने प्रतिस्पर्धी बाहिरिएको जनाइएको छ ।दुवै प्रतिस्पर्धी बाहिरिँदा द भ्वाइसको स्टेजको माहोल भावुक बनेको थियो । प्रतियोगी र कोच दुवैले आँसु बगाए । टिम राजु र टिम प्रमोदका प्रतिस्पर्धी ‘बटम थ्री’ मा परे पनि उनीहरु सुरक्षित भए ।शुक्रबार र शनिबारको प्रस्तुतिको अन्तिम समयसम्म दर्शकले भोट गर्न पाउ

    • प्रकाशित मितिः मंसिर १८, २०७९
    • 156 पटक पढिएको
  • मिस्टर एण्ड मिस वल्ड-वाईड नेपाल २०२२ को उपाधि रोशन र रितीकालाई

    झापा / मिस्टर एण्ड मिस वल्ड-वाइड नेपाल २०२२ को उपाधि रोशन बिसी र रितीका श्रेष्ठले जितेका छन् । पि प्रोडक्सनद्वारा आयोजित आयोजना भएको कार्यक्रमकामा उक्त उपाधि प्रदान गरिएको डाइरेक्टर प्रशान्त शाहले बताए । यस्तै मिस्टर वल्ड वाइड नेपाल २०२२ को फष्ट रनरअपको उपाधि हिमान्सु अग्रहरी र मिस वल्ड वाईड नेपाल २०२२ को फस्ट रनरअपको उपाधि सोनाली यादवले जितेकी छिन् । त्यस्तै भिउअर च्वाईसको विजेता नवलपरासीका रबी बर्मा भएका छन् भने पि प्रोडक्सनको ब्रान्ड एम्बाष्टर अमित यादव भएका छन् । यस्तै प्रोभिजनल टाईटलमा यसबर्ष ४ वटा टाईटल छनोट गरेको ईभेन्ट डाइरेक्टर शाहले बताए । जसअन्तर्गत प्रदेश नम्बर २ बाट सोनाली यादब, ३

    • प्रकाशित मितिः मंसिर १५, २०७९
    • 329 पटक पढिएको
  • नेपाली चेली परिजिता ‘द भ्वाइस अमेरिका’ को सेमिफाइनलमा

    झापा / नेपाली मूलकी चेली परिजिता बास्तोला अमेरिकी गायन रियालिटी शो  ‘द भ्वाइस अमेरिका’ को सेमिफाइनलमा प्रवेश गरेकी छन्।सेमिफाइनलमा प्रवेश गरेपछि उनले एक भिडिओ मार्फत शुभचिन्तकलाई धन्यवाद व्यक्त गरेकी छन्। साथै उनले फाइनलको लागि दुई साता मात्रै कारण सबैलाई भेट गर्न अपिल समेत गरेकी छिन् । कोच जोन लिजेन्डको तर्फबाट उनले टप १२ मा एलेसिया काराको ‘स्कार्स टु योर ब्युटिफुल’ बोलको गीत गाएकी थिइन्। उनको गीत सुनेर चारै जना कोचले तारिफ गरे।सेफिफाइनलमा उनले ८ जना प्रतिस्पर्धीसँग प्रस्तुति दिनेछिन्। परिजिताको ब्लाइन्ड अडिसनबाटै चर्चा भइरहेको छ।

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • 147 पटक पढिएको
  • ‘महापुरुष’ ले कमायो १० करोड

    काठमाडौँ / पाचौँ सातामा प्रदर्शन भइरहेको फिल्म ‘महापुरुष’ ले दश करोड बढी कमाएको छ । निर्माण पक्षले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै फिल्मले चौथो सातामा दश करोड क्लबमा इन्ट्री पाएकोजानकारी दिएका छन् । पाचौँ सातामा समेत पर्याप्त शो र हाउसफुल व्यापार गरिरहेको ’महापुरूष’ ले ५१ औँ दिनको यात्रा तय गर्ने निश्चित भएको छ ।फिल्मका निर्माता म्याक्स दीपेश खत्रीका अनुसार फिल्मले पहिलो साता ४ करोड ५६ लाख ७७ हजार, दोस्रो साता २ करोड ८३ लाख २७ हजार, तेस्रो साता १ करोड ४२ लाख र चौथो साता १ करोड २७ लाख ५ हजारको ग्रस कलेक्सन गरेको हो । 

    • प्रकाशित मितिः मंसिर १२, २०७९
    • 136 पटक पढिएको
  • द भ्वाइस अफ नेपाल ४ को लाइभ शो आजदेखि

    काठमाडौं / चर्चित गायन रियालिटी शो  द भ्वाइस अफ नेपाल सिजन ४ मा आज (शुक्रबार) देखि लाइभ शो सुरु हुँदैछ । यो चरणदेखि आफूलाई मनपर्ने प्रतिस्पर्धीलाई जिताउन दर्शकले भोट गर्न सक्नेछन् ।लाइभ शोमा चार जना कोचको समूहबाट १२ जना ट्यालेन्टबीच प्रतिस्पर्धा हुँदैछ । ब्लाइण्ड अडिसन, ब्याटल र नकआउट राउण्ड सकिएपछि सुरु हुन लागेको लाइभ शो निकै रोचक हुने अनुमान छ । लाइभ शोमा कोच प्रमोद खरेल समूहबाट योगेश मगर, आशिष महर र आशिष रायमाझीले प्रतिस्पर्धा गर्नेछन् ।कोच राजु लामाको समूहबाट रिहान गिरी, रिवश गुरुङ र करणबीच प्रतिस्पर्धा हुनेछ । कोच राजेशपायल राईको समूहबाट सविना, भुपेन्द्र र पदमले प्रतिस्पर्धा गर्नेछन

    • प्रकाशित मितिः मंसिर ९, २०७९
    • 190 पटक पढिएको
  • केकी अधिकारीले मागिन गगन थापालाई भोट

    काठमाडौं / अभिनेत्री केकी अधिकारीले काठमाडौं क्षेत्र नम्बर -१० का उम्मेदवार तथा नेपाली कंग्रेसका गगन थापालाई भोट माग्दै जितको शुभकामना दिएकी छन् । गगन थापाको जितले सम्भावनाको ढोका खुल्ने एक राजनीतिज्ञको रुपमा उदय होस् भन्ने आफूले चाहेको भन्दै उनले थापाका लागि मत मागेकी हुन् । गगन थापाको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिएको भिडियो सन्देशमा केकीले थापाले संसद्‌मा असल जनप्रतिनिधिको भूमिका निर्वाह गर्दै साहस, लगनशीलता देखाएको बताइन् । राष्ट्रिय चासो र चिन्ताको विषयमा पनि संसद्‌मा थापाले आवाज उठाएको भन्दै उनले थापालाई जितको शुभकामना दिएकी हुन् ।  

    • प्रकाशित मितिः कार्तिक ३०, २०७९
    • 123 पटक पढिएको
  • एमालेकी करिश्माले राप्रपाकी रेखालाई ‘योद्धा’ भन्दै मागिन् भोट

    काठमाडौं / मोरङ -३ बाट राप्रपा उम्मेदवार बनेकी अभिनेत्री रेखा थापाको चर्चा पनि यसपटक चुलिएको छ । चलचित्र क्षेत्रकै अन्य कलाकारले रेखालाई भोट मागिरहेका छन् । अभिनेत्री करिश्मा मानन्धरले रेखालाई खुलेरै भोट मागेकी छन् । कलाकार राष्ट्रका अभिन्न अंग भएको बताउँदै करिश्माले सामाजिक सञ्जालमार्फत रेखालाई भोट मागेकी हुन् । करिश्मा लेख्छिन्, ‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् । संस्कृति, संस्कारका संवाहक हुन् । यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारले धेरै संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौं लगानी भएको क्षेत्र बनिसकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्‍याउने हो

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 132 पटक पढिएको
  • भारतीय अभिनेत्री सबाना आजमी नेपाल आँउदै

    एजेन्सी / भारतीय अभिनेत्री सबाना आजमी नेपाल आउने भएकी छिन् । आगामी मंसिर ९ गते काठमाडौँमा सुरु हुने दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा सहभागी हुने उनी नेपाल आउने भएकी हुन् । मण्डला थिएटरको निणन्त्रणमा नेपाल आउन लागेकी उनले मंसिर १० गते बिहान साढे ७ बजे महोत्सवमा ‘मास्टर क्लास’ लिनेछिन् । ७२ वर्षीया आजमीले पाँच वटा नेशनल फिल्म अवार्ड, ५ वटा फिल्मफेयर अवार्ड जितेकी छन् । चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानका लागि उनलाई भारत सरकारले सन् २०१२ मा पद्म भूषणबाट सम्मानित गरेको थियो । 

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 139 पटक पढिएको
  • लिङ्देनलाई मत माग्न मनिषा कोइराला झापा आउँदै

    बिर्तामोड / चर्चित अभिनेत्री मनिषा कोइराला झापा आउने भएकी छिन् । निर्वाचनको मिति नजिकिँदै गर्दा राप्रपाका केन्द्रीय अध्यक्ष तथा झापा क्षेत्र नं –३ का उम्मेदवार राजेन्द्र लिङ्देनलाई मत माग्न झापा आउने भएकी हुन्।नेपाली काँग्रेस पारिवारिक विरासत रहेकी अभिनेत्री कोइरालाले राजगढ बजारमा कात्तिक २९ र भद्रपुरमा ३० गते हुने वृहत चुनावी आमसभालाई सम्बोधन गर्ने राप्रपाले जनाएको छ ।यतिबेला कोइराला चुनावी अभियानमा सक्रिय बन्दै आएकी छन् । अभिनेत्री मनिषा नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाका जेठा छोरा प्रकाशकी छोरी हुन्। २०६२ असार ३१ मा राजा ज्ञानेन्द्रले तत्कालीन मन्त्रिपरिषद् खारे

    • प्रकाशित मितिः कार्तिक २७, २०७९
    • 139 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.