मुम्बई(एजेन्सी) । बलिउड अभिनेता अक्षय कुमारले पछिल्ला वर्षमा बक्सअफिसमा हिट फिल्म दिन सकेका छैनन् । फिल्म ‘सूर्यवंशी’ रिलिज पछि उनको करियर ओरालो लाग्दो छ । किनकी बक्सअफिसमा उनी सफल हुन सकेका छैनन् ।

फिल्म ‘बडे मिया छोटे मियाँ’ र ‘सरफिरा’को असफलतापछि अक्षय नयाँ कमेडी फिल्म ‘खेल खेल मे’का कारण चर्चामा छन् । यो फिल्मप्रति उनका फ्यान उत्साहित छन् । फिल्म रिलिज अघि अक्षय फिल्मका निर्देशक मुदस्सर अजीजका साथ प्रार्थना गर्न मन्दिर यात्रामा छन् । उनी हालैमात्र हाजी अली दरगाह पुगे । जहाँ उनले करोडौं रुपैंयाँ दान गरे ।

OM Sai Pathibhara Hospital

त्यसो त मन्दिरलाई करोडौं रुपैयाँ दान दिएको यो पहिलोपटक होइन । यसअघि पनि उनले मन्दिरलाई करोडौं दान दिइरहेका थिए । उनले हाजी अलीको पुनर्मिाण अघि अक्षयले उत्तर प्रदेशको अयोध्यामा राम मन्दिर निर्माणका लागि ३ करोड रुपैंयाँ दान गरेका थिए । 

उनले हाजी अली दरगाहको पुनर्निर्माणका लागि १.२१ करोड रुपैंयाँ दान दिएका छन् । हाजी अली दरगाहले आफ्नो इन्स्टाग्राममा अक्षय त्यहाँ आएको भिडियो पोस्ट गरेको छ । दरगाहका अनुसार अक्षयले दिवंगत मातापिताको आत्माको शान्तिका लागि पनि प्रार्थना गरेका थिए ।

फिल्म लगातार फ्लप भइरहँदा मन्दिरलाई दान दिनु र त्यसको पुनर्निर्माणको हिस्सा हुनु अक्षयले आफ्नो करियरलाई माथि उठाउनका लागि पनि काम गरेको हुनसक्ने फिल्म विश्लेषकहरुको बुझाई छ ।