मुम्बई(एजेन्सी) । भारतीय प्रख्यात टेलिफिलम ‘कसौटी जिन्दगी कि’का स्क्रिप्ट राइटर महेश पाण्डेलाई मुम्बई प्रहरीले फिल्म निर्माता जतिन सेठीमाथि २ करोड ६५ लाख रुपैंयाँ धोकाधडी गरेको आरोपमा न्यायिक हिरासतमा राखेको छ । प्रहरीका अनुसार उनलाई अदालतमा उपस्थित गराएर न्यायिक हिरासतमा राखिएको हो ।

निर्माता जतिनले महेशले व्यापारिक सम्झौताको शर्तको उल्लंघन गरेको आरोप लगाएका छन् । आफूलाई उनले फर्जी इमेल आइडी बनाएर गुमराहमा पारेको आरोप लगाएका छन् ।

OM Sai Pathibhara Hospital

महेशले कैयौं प्रख्यात टेलिफिल्म लेखेका छन् । उनले करियरको सुरुवात ‘कहानी घर घर की’बाट गरेका थिए । यसपछि उनले ‘कसौटी जिन्दगी की’, ‘कसम से’ र ‘विद्या’ जस्ता टेलिफिल्म लेखे ।