काठमाडौँ। हाँस्यव्यंगमा आधारित टेलिभिजन कार्यक्रम ‘कमेडी किरो राष्ट्रको हिरो’ को अफिसियल घोषणा गरिएको छ। राजधानीमा बिहीबार जनता टेलिभिजनको हलमा एक कार्यक्रमका बीच उक्त कार्यक्रमको लोगो र प्रोमो सार्वजनिक गरिएको हो। रेस्क्यु क्रियसनले निर्माण गर्ने यो कार्यक्रम प्रतिष्पर्धा भने होइन । कमेडी फर करियर भन्ने नारा सहित ‘कमेडी किरो राष्ट्रको हिरो’ जनता टेलिभिजन,म्युजिक नेपालको युट्युब च्यानल र रेडियो जनता ८९.१ मेगाहर्जबाट प्रशारणमा आउनेछ।

देशभरबाट डिजिटल अडिसन मार्फत आएका प्रतियोगी बाट टप २० छान्ने र उनीहरुलाइ १ बर्षको लागि रोजगार दिने प्रोजेक्ट हेड समन अधिकारीले बताए । मासिक तलवमा काम गर्ने रोजगारी सृजना गर्ने उदेश्यले यो शो निर्माण गर्न लागिएको अधिकारीले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

चार किसिमको वर्गीकरण गरेर कार्यक्रमको फर्म्याट बनाइएको र यसबाट प्रखर कमेडियन उत्पादन हुने उनले बताए। बिहीबारबाटै डिजिटल अडिसन सुरु भएको छ। लोगो तथा प्रोमो सार्वजनिक कार्यक्रममा ‘कमेडी किरो राष्ट्रको हिरो’ निर्माण गर्न सहयोग गर्ने संस्थाहरुलाई प्रमाणपत्र समेत प्रदान गरियो।

कार्यक्रममा बोल्दै टेलिभिजनका अध्यक्ष डा.विजय पौडेलले यस कार्यक्रमले आर्थिक आर्जनमा समेत मद्दत पुग्ने र धेरै जनाले रोजगारी पाउने बताए।

कार्यक्रमको संचालन कमेडियन दिनेश काफ्लेले गर्नेछन् । कार्यक्रममा सहभागीहरुलाई सन्तोष खनाल, सुदिप खतिवडा, सरोज भण्डारीले प्रशिक्षण दिनेछन्।

कार्यक्रमको निर्देशन मोहन अधिकारीले गर्नेछन्। लोगो र प्रोमो सार्वजनिक कार्यक्रममा जनता टेलिभिजनका कार्यकारी अधिकृत रमेश आचार्य, म्युजिक नेपालको प्रतिनिधि मन्दिरा ढुंगेल लगायतको उपस्थिति रहेको थियो।