काठमाडौं । दिपेन्द्र के खनालको निर्देशन रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ को छायांकन सकिएको छ। २९ दिन लगाएर फिल्मको सम्पूर्ण छायांकन (गीत बाहेक) सम्पन्न भएको हो। फिल्मका परिकल्पनाकार तथा प्रमुख अभिनेता हरिवंश आचार्यले सहज रुपमा फिल्मको छायांकन सम्पन्न भएको जानकारी दिए। हरिवंश भन्छन्, ‘निर्देशक दिपेन्द्र के खनालको नेतृत्वमा हाम्रो टिमले एकदम सहज ढंगले छायांकन सम्पन गर्यौ। हाम्रो टिम एकदम राम्रो बन्यो। सम्पूर्ण कलाकार र प्रविधिकको सहज वातावरणले चाडै छायांकन सम्पन्न गर्न सफल हुन् पुग्यौ।’ उनले गीतहरुको पार्ट पनि सहज रुपमा चाडै छायांकनको काम सम्पन्न हुने विश्वास रा
काठमाडौं । नेपाली फिल्म ’दर्पण छायाँ २’ मा देखिएका अभिनेता पुष्प खड्का र अभिनेत्री सहारा कार्कीको जोडी पुनः एक पटक म्युजिक भिडिओमा देखिएको छ । गायक भुवन श्रेष्ठ र मेलिना राईको स्वर रहेको गीत ‘सर्माइ भागेर’ को म्युजिक भिडिओमा यो जोडीलाई निर्देशक फिरोज तिमिल्सेनाले एकसाथ प्रस्तुत गरेका छन् ।सोमबार काठमाडौँस्थित जमलमा रहेको विश्वज्योति सिनेप्लेक्समा आयोजित पत्रकार सम्मेलनमा निर्देशक तिमिल्सेनाले गीत सुनेपछि यसलाई भिडिओमा ल्याउने आइडिया आएको बताए ।उनले भने, ‘म प्रवासमा रहेता पनि नेपाली गीतसङ्गीतसँग टाढिन सकेको छैन । हामी एउटा ग्रुप बनाएर बेलाबखतमा गाउने र प्राक्टिस गर्ने गर्छौं । सोही क्रममा साथी
काठमाडौं । विपीन कार्की निःसन्देह भर्सटाइल अभिनेता हुन् । हरेक फिल्ममा उनी फरक फरक र आकर्षक चरित्रमा देखिन्छन् । फिल्म ‘कर्मा’मा पनि उनी फरक चरित्र र गेटअपमा देखिएका छन् । जुन यसअघि सार्वजनिक भएका दुईवटा पोस्टरले पनि पुष्टि गर्छ । जहाँ उनी ब्ल्याक ड्रेस र सट गनमा देखिएका थिए ।सेटबाट बाहिर आएको तस्बिरमा पनि उनी हेन्डसम व्याइका रूपमा देखिएका छन् । जसमा उनी फिट एन्ड फाइन देखिएका छन् । यस्तो लुक्स र चरित्रमा हालसम्म उनी कमै मात्र देखिएका छन् ।यो क्यारेक्टरका लागि उनले लामो समय जिम गरेका थिए । जसका कारण उनी यो फिल्ममा फिट एन्ड फाइन देखिनेछन् । ‘कर्मा’मा उनी एक्सन सिनेमामा देखिने भएका छन् ।जिम गएर उ
काठमाडौं । फागुनको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’ ट्रेलर सार्वजनिक भएसँगै चर्चामा छ । दर्शकको ध्यान खिच्न सफल यो फिल्मको एक्सनलाई दर्शकले निकै मन पराएका छन् । सामाजिक संजालमा आएका प्रतिक्रियाहरुले पनि यो फिल्म र यसका मुख्य नायक सुशिल श्रेष्ठले दर्शकको ध्यान खिचेको प्रष्ट देखिन्छ ।नायक श्रेष्ठ ४ वर्षपछि दर्शकमाझ आउँदैछन् । यसपटक, उनको एङ्ग्री लुक्सलाई दर्शकले मन पराएका छन् । अधिकांश दर्शकले फिल्मले हलिउड स्टाइल एक्सन र मेकिङ शैली अपनाएको भन्दै तारिफ गरेका छन् । सार्वजनिक भएको २ दिनमै ११ लाख भ्यूज बटुलेको फिल्मले युट्युबमा उत्कृष्ट प्रतिक्रिया पाएको छ ।यतिमात्र होइन, सु
लसएन्जल्स । अमेरिकाको लसएन्जल्समा ओस्कार अवार्ड समारोह सम्पन्न भइसकेको छ । यो वर्षको अवार्डमा यौनकर्मीको कथामा आधारित फिल्म ‘अनोरा’ले सर्वाधिक पाँच विधामा अवार्ड जित्यो ।यो फिल्मले ‘बेस्ट पिक्चर’सँगै निर्देशक सिन बेकरले ‘बेस्ट डिरेक्टर’, नायिका माइकी मेडिसनले ‘बेस्ट एक्ट्रेस’ जित्दा सम्पादन र मौलिक कथा विधामा पनि आफूलाई अब्बल बनायो ।अभिनेता एड्रिअन ब्रोडीले ‘द ब्रुटलिस्ट’बाट ‘बेस्ट एक्टर’को अवार्ड जिते । यो फिल्मले ‘बेस्ट सिनेमाटोग्राफी’ र ‘बेस्ट ओरिजिनल स्कोर’को अवार्ड पनि जित्यो । अभिनेत्री जोई सल्दानाले ‘एमिलिया पेरेज’का लागि ‘बेस्ट सपोर्टिङ एक्ट्रेस’को अवार्ड जितिन् ।अवार्ड जितेपछि उनी निक
काठमाडौं । फिल्म ‘जनै हराएको बाहुन’ले रिलिज डेट लिएको छ । आगामी वर्षको हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज हुने यो फिल्म नेपाल र नेपाल बाहिर एकै दिन रिलिज हुनेछ ।यो फिल्ममा विजय बराल र मनिष राउत मुख्य भूमिकामा छन् । आमा र छोराबीचको इमोस्नल कथा यो फिल्ममा छ ।फिल्मको मेन थिम सार्वजनिक गर्दै अघिल्लो महिना ल्याएको मोसन पोस्टरले धेरैको ध्यान खिचेको थियो । यसले आमालाई सुखका दिन छोराले गर्ने संघर्षको कथा भन्ने संकेत गरेको थियो ।‘जनै हराएको बाहुन’मा हिमाल न्यौपानेको निर्देशन रहनेछ । उनको यो डेव्यु निर्देशन हो । फिल्मको असोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । जो मुख्य भूमिकामा पनि छन्
काठमाडौं । फिल्म ‘लाज शरणम्’मा बिदा सकिएपछिको पहिलो ‘अफ डे’मा पनि दर्शकको राम्रो साथ पाएको छ । आइतबार दिउँसो २ बजे पछिका शो मा दर्शकको राम्रो अकुपेन्सीसहित यो फिल्म चल्यो ।काठमाडौंको सेन्टरमा रहेका हल र मोफसलमा पनि यो फिल्मले राम्रो व्यापार गरेको वितरक तथा निर्माणपक्षले जनाएको छ । बिदाका दिनमा पनि राम्रो अकुपेन्सी पाउने सहजै विकेन्डसम्म पुग्न र आउँदो बिदामा पनि शो र दर्शक पाउने संकेत हो ।दर्शकको राम्रो साथ पाउँदा निर्माणपक्ष उत्साहित छ । दर्शकको साथ रहेकाले व्यापार पनि राम्रो गर्नेमा निर्माणपक्ष विश्वस्त छ । सामान्यतया आइतबारदेखि बिहीबारसम्म बिदा नहुँदा दर्शकको चाप देखिँदैन । तर, ‘लाज शरणम्’मा
काठमाडौं । फिल्म ‘वरिष्ठ बलराम’को मुहूर्त गरिएको छ । बुधवार टाइटल टिजर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको फिल्मको आइतबार मुहूर्त गरिएको हो ।निर्माणपक्षले आज काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै छायांकन सुरु भएको छ । लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुने फिल्ममा सुरेन्द्र पौडेलको निर्देशन रहनेछ । फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायतका कलाकारको अभिनय रहनेछ ।आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा रहेका छन् । निर्देशक पौडेलकै कथा र सम्पादन रहने फिल्ममा महेश दवाडीको लेखन छ ।सामाजिक कथावस्तुम
काठमाडौं । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’मा समावेश पहिलो गीत ‘ए ठुली’ सार्वजनिक गरिएको छ । आगामी बैशाख २६ प्रदर्शन मिति तय गरेको निर्माण कम्पनि फेरी टेल पिक्चर्सले आइतबार गीत सार्वजनिक गरेको हो ।गीतको भिडियोमा अभिनेता सौगात मल्ल र अभिनेत्री गीताञ्जली थापाको अभिनय छ । गीतमा समावेश संगीत, शब्द र दृश्यले सयौँ वर्ष पुरानो नेपाली समाजको प्रतिनिधित्व गर्छन् । सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनालाई फिल्मले बोल्नेछ । तत्कालिन समाजको परिवेश सुहाउँदो प्रस्तुति गीतमा चित्रण गरिएको छ ।गीतमा झुमा लिम्बु र पवन गिरीको स्वर समावेश हुँदा हर्क साउदको शब्दमा संगीत ए
काठमाडौं । सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले नयाँ फिल्म ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् ।आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेका छन् । यो फिल्म आगामी साउन २४ गते रिलिज हुनेछ ।विश्वभर हिन्दी र नेपाली भाषामा रिलिज हुने यो फिल्मको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ ।पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गरेको संघर्षको कथा फिल्मले भन्ने अनुमान लगाउन सकिन्छ । सेभेन सिज सिनेमाको प्रस्तुति रहने ‘चक्रव्यूह’मा सुशान्त गौतमको निर्देशन रहनेछ । मुकेश खना
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.