काठमाडौं । हाल छायांकन भइरहेको फिल्म ‘कल्ली’को सेटबाट नायक अर्पण थापाको लुक्स सार्वजनिक भएको छ । यो फिल्मको विगत केही सातादेखि जुम्लामा छायांकन भइरहेको छ । काठमाडौंमा केही दिन छायांकन गरेर यसको निर्माणपक्ष जुम्ला पुगेको हो ।

फिल्ममा अर्पण थापाको लुक्सले दर्शकहरुमा कौतुहलता बढाउने देखिन्छ । निर्माणपक्षले फिल्ममा उनको भूमिका के हो भन्ने खुलाएको छैन ।

OM Sai Pathibhara Hospital

फिल्मका निर्माता किरण नेपालीका अनुसार, अब एक सातामा छायांकन सकिनेछ । लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा हिमाल कडरिया र अमलादेवी राइको लगानी छ । महेश दवाडीको लेखन रहेको फिल्ममा सरोज नेपाली कार्यकारी निर्माताको रुपमा छन् ।

यो फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी र बेगम नेपाली लगायतको अभिनय छ ।

निसाल पौडेलको छायांकन रहेको यो फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन । निर्माणपक्षले फिल्मको छायांकन भइरहेको समयमा अर्पण थापाको लुक्स किन रिलिज गर्यो, त्यो आफैमा कौतुहलताको बिषय छ । तर, अर्पणले यस अघि यस्तो लुक्समा काम गरेका थिएनन् ।

लक्ष्मण सुनारको निर्देशनमा यो फिल्म तयार भइरहेको हो ।