मनोरञ्जन

    Showing 1,501-1,510 of 2,829 items.
  • त्रिकोणात्मक टी–२० : नेदरल्याण्ड्ससँग नेपालको शानदार जित

     काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्र्तगतको खेलमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० खेलमा बिहीबार राति नेपालले नेदरल्याण्डविरुद्ध ६ विकेटको जित निकालेको हो ।नेदरल्याण्डले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा चार विकेटको क्षतिमा पुरा गरेको थियो । नेपालको जितमा कुशल भुर्तेलले शानदार प्रदर्शन गरे । उनले ५१ बलमा ६ चौका सहित ६५ रन बनाए ।यसैगरी आरिफ शेखले शानदार ब्याटिङ गरे । उनले २३ बलमा ३ चौका र २ छक्कासहित ३९ रन बनाए । उनको खुट्टामा समस्या देखिएपछि मैदान छाडे । त्यस्तै टि ः२० आईमा डेब्यू गरेका भीम सार्कीले १६ बलमा २ चौका र एक

    • प्रकाशित मितिः असार ६, २०८२
    • 356 पटक पढिएको
  • सुधीर र जुना फिचर्ड लोक गीत 'पानी लोटामा' रिलिज

    मोडलद्वय सुधीर श्रेष्ठ र जुना गुरुङ अभिनित नयाँ गीत 'पानी लोटामा' सार्वजनिक भएको छ। गायक खुमन अधिकारी र दीपिका मगरको आवाज र कस्तुप पन्तको शब्द रहेको यो गीतलाई कस्तुप पन्त नामक युट्य़ूब मार्फत सार्वजनिक गरिएको हो। लोक लय भाकाको यस गीतमा रमेश शतकले संगीत भरेका छन्।  यस गीतको शब्द तथा भाकाहरु निकै नै मनछुने छन्। यो गीत सुन्दा जति आनन्द आउछ।  भिडियो पनि उत्तिकै राम्रो बनेको छ।  यो गीतको भिडियोलाई सिर्जन बराल 'ऋषि'ले निर्देशन गरेका हुन्। दुर्गा पौडेलको सिनेम्याटोग्राफी रहेको यस गीतलाई बिनोद बमले सम्पादन गरेका हुन्। 

    • प्रकाशित मितिः असार ५, २०८२
    • 399 पटक पढिएको
  • मदन पुरस्कार विजेता लेखकहरू न्यौपाने र ओझाको नजरमा ‘महाभोज’ सशक्त फिल्म

    नेपालका दुई प्रतिष्ठित साहित्यकार तथा मदन पुरस्कार विजेता अमर न्यौपाने र विवेक ओझाले हाल प्रदर्शनरत नेपाली चलचित्र ‘महाभोज’ हेरेर आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन् । उनीहरू दुवैले चलचित्रको विषयवस्तु, कथावस्तुको प्रस्तुति र कलाकारहरूको अभिनयको खुलेर प्रशंसा गरेका छन् ।न्यौपानेले ‘महाभोज’ लाई ‘यो समयको कथा बोकेको चलचित्र’ को संज्ञा दिएका छन् । उनले हाल समाजमा व्याप्त सहकारी ठगीको मुद्दालाई चलचित्रले सशक्त रूपमा प्रस्तुत गरेको उल्लेख गरेका छन् । न्यौपानेका अनुसार, “यति बेला धेरै सहकारी बेकारी बनेका छन् । त्यहाँ धेरैको पसिनाको मूल्य हराएको छ । पीडितहरू किसान, मजदुर र श्रमजीवी वर्ग छन् भने पीडकहर

    • प्रकाशित मितिः असार ५, २०८२
    • 408 पटक पढिएको
  • ‘जहाजैमा’मा साइन गरेसँगै चुलियो रजेलको चर्चा

    निर्देशक कृषा चौलागाइले नयाँ फिल्म ‘जहाजैमा’मा साइन गरेसँगै यसको चर्चा खुबै छ । कृषाले जापान पुगेर यो फिल्मको निर्देशन गर्ने संझौता गरेकी थिइन् । हाल उनी प्रि–प्रोडक्सनको काममा धमाधम लागिरहेकी छिन् ।फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्ने पक्का भइसकेको छ । फिल्मको निर्माणपक्षले फिल्मकी मुख्य नायिकाको नाम सार्वजनिक गरेको छ ।यो फिल्ममा जापानीज नायिका रजेल इचिमियाले काम गर्ने पक्का भएको हो । कृषाले जापान पुगेको समयमा रजेलसँगको तस्वीर शेयर गरेपनि उनको बिषयमा केही पनि उल्लेख गरेकी थिइनन् ।सार्वजनिक पोष्टरमा सफा हिउँले भरिएको दृश्य, पारदर्शी छातामुनी उभिएकी रजेलको शालिनता र सुन्दरता छल्किएको छ ।

    • प्रकाशित मितिः असार ५, २०८२
    • 402 पटक पढिएको
  • कहिलेसम्म चल्छ फेस अफ नेपाल २०२५ को अडिसन ?

    एशिया मोडल फेस्टिवल फेस अफ नेपाल २०२५ को यतिबेला अडिसन भइरहेको छ।  काठमाडौंको ज्ञानेश्वरमा रहेको एटिक रेस्टुरेन्टमा विगत पाँच दिनदेखि फिजिकल अडिसन भइरहेको हो। आयोजक एमएस प्रोडक्सन नेपालका अनुसार अहिलेसम्म झण्डै ३० जनाको अडिसन भइसकेको र अबको केहिदिनसम्म अडिसन जारी रहनेछ। फेस अफ नेपाल २०२५ का लागी प्रतियोगीहरूको मापदण्डमा केही परिवर्तन गरिएको छ।प्रतियोगीहरू पुरुष र महिला दुवैका लागि यसपटकबाट उचाइमा कुनै पनि मापदण्ड राखिएको छैन। त्यसैले पनि अडिसनमा आउनेहरू उत्साहित देखिएका छन् र संख्यात्मक हिसाबमा अडिसनमा धेरै सहभागी भइरहेका छन्। यो बर्षबाट जुनसुकै उचाइका पुरुष र महिलाले सहभागिता जनाउन

    • प्रकाशित मितिः असार ५, २०८२
    • 412 पटक पढिएको
  • दश वर्षपछि सुदर्शन र प्रदीपको ‘शुभ विवाह’

    निर्देशक सुदर्शन थापाले प्रदीप खड्कालाई लिएर फिल्म ‘शुभ विवाह’ निर्माण तथा निर्देशन गर्ने भएका छन्। निर्देशक थापाले चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता गर्दै गर्दा कलाकारको नाममा प्रदीप खड्का राखिएको छ।दश वर्षअघि ‘प्रेमगीत’ मा सहकार्य गरेका निर्देशक थापा र अभिनेता खड्काबीच ‘शुभ विवाह’ मा दोस्रो पटक सहकार्य हुन लागेका हो। निर्देशक थापाले यो फिल्मका लागि अभिनेता खड्कासँग गत वर्ष नै लिखित सम्झौता गरेका थिए तर दुवैतर्फबाट फिल्मको नाम भने सार्वजनिक गरिएको थिएन। निर्देशक थापाले दश वर्षअघि फिल्म ‘प्रेम गीत’ मा प्रदीपसँगको सहकार्य सफल भएको सम्झिएका छन्। उनले त्यो समयमा प्रेम गीतले धेरै कलाकार तथा

    • प्रकाशित मितिः असार ५, २०८२
    • 264 पटक पढिएको
  • फिल्म ‘झिंगे दाउ २’ मा केकी अधिकारी अनुबन्धित

    निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाको निर्देशन रहने फिल्म ‘झिंगे दाउ २’ मा नायिका केकी अधिकारीले साइन गरेकी छिन् । केकीसँग आज फिल्मको निर्माणपक्षले कागजी संझौता गरेको हो । केकीले यसअघि पनि फिल्म ‘झिंगे दाउ’मा मुख्य भूमिकामा काम गरेकी थिइन् । यो फिल्म बक्स अफिसमा हिट भएको थियो । यसका लागि फिल्मको लोकेशन हेर्ने काम पनि अगाडि बढेको छ । ‘झिंगे दाउ’को सिक्वेल कथा भएका कारण पनि ‘झिंगे दाउ २’मा अघिल्लो श्रृङ्खलाका अधिकांश कलाकार दोहोरिनेछन् । यसका साथमा अन्य केही नयाँ कलाकार अनुबन्धित गर्ने तयारी निर्माणपक्षको छ । ‘झिंगे दाउ’मा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट, संग

    • प्रकाशित मितिः असार ५, २०८२
    • 373 पटक पढिएको
  • ‘बाटुलो जुन’मा अनमोलको जोडी प्रिन्सी

    भुवन केसीको निर्देशनमा बन्न लागेको फिल्म ‘बाटुलो जुन’मा मोडल प्रिन्सी खतिवडाको इन्ट्री भएको छ । निर्माणपक्षले केही दिन अगाडि प्रिन्सीसँग कागजी संझौता गरिसकेको छ ।यो फिल्मका लागि प्रिन्सी अहिले धमाधम वर्कसपमा व्यस्त छिन् । निर्माणपक्षले फिल्मका मुख्य नायक अनमोल केसी र प्रिन्सीको एकसाथको तस्वीर भने सार्वजनिक गरेको छैन । टिकटकमा निकै नै लोकप्रिय रहेकी प्रिन्सीले ६० भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । यस्तै, उनले आधा दर्जन बढी हिन्दी म्युजिक भिडियोमा पनि काम गरिसकेकी छिन् । अडिसनमा सहभागी भएका एक दर्जन बढी युवतीबाट प्रिन्सीलाई यसको निर्माणपक्षले छनोट गरेको हो । फिल्ममा प्रिन्स

    • प्रकाशित मितिः असार ५, २०८२
    • 293 पटक पढिएको
  • त्रिकोणात्मक टी–२० : आज नेपाल नेदरल्यान्ड्ससँग खेल्दै

    काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्र्तगत आज नेपाल नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । बिहीबार नेपाल र नेदरल्यान्ड्सको दोस्रो खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।नेपालले पहिलो खेलमा तीन वटासम्म सुपर ओभर खेलेर नेदरल्यान्ड्ससँगको खेललाई ऐतिहासिक बनाएको थियो । यसअघि तीन खेल खेलिसकेको नेदरल्यान्ड्सले दुई खेलमा जित निकाल्दै चार अंक बनाएको छ ।दुई खेल खेलेको नेपालले भने एक हार र एक जित निकाल्दै दुई अंक मात्र बनाएको छ । पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको नेदरल्यान्ड्सले दोस्रो खेलको तेस्रो सुपर ओभरमा नेपाललाई हरायो भने तेस्रो खेलमा स्कटल्यान्डमाथि १७ रनको जित निकालेको थियो । पहिलो खेलमा नेदरल

    • प्रकाशित मितिः असार ५, २०८२
    • 413 पटक पढिएको
  • 'महाभोज'ले सहकारीको विषयमा फेरी संसदमा बोल्न बाध्य बनायो: सांसद ज्ञानेन्द्र शाही

    हाल प्रदर्शनरत नेपाली चलचित्र 'महाभोज'ले सहकारी क्षेत्रमा भइरहेको ठगी र दुरुपयोगको यथार्थ चित्रण गरेको भन्दै प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले यस विषयलाई संसदमा पुनः उठाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् । उनले मङ्गलवार साँझ काठमाडौँको सुनधारास्थित क्युएफएक्स सिनेमा हलमा चलचित्र हेरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।शाहीले 'महाभोज'ले कुनै व्यक्तिलाई लक्षित नगरी सहकारीमा कसरी ठगी हुन्छ भन्ने समग्र पक्षलाई उजागर गरेको बताए । उनले सहकारीको स्थापना राम्रो उद्देश्यका लागि भए पनि त्यसको दुरुपयोग भइरहेको यथार्थ चलचित्रमा देखाइएको उल्लेख गरे । "निर्देशकले जोखिम मोलेर यो कथा उठाउन

    • प्रकाशित मितिः असार ५, २०८२
    • 315 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.