काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले कलाकार तथा लोकगायक जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गर्नु भएका छन् । कलाकार लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति ब्यहोर्नुपरेको भन्दै राष्ट्रपति भण्डारीले मृतआत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका हुन् ।यसैगरी, प्रधानमन्त्री देउवाले पनि सामाजिक सञ्जालमार्फत् ‘कलाकार लामाको निधनप्रति दुःख व्यक्त गरेका हुन् । कलाकार लामाको असामयिक निधनबाट मुलुकले गीतसंगीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको भन्दै प्रधानमन्त्री देउवाले दिवङ्गत आत्माप्रत
काठमाडौं / लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । हाँस्य टेलीश्रृंखला हल्का रमाइलोकी कलाकार अनिता बस्नेत (मास्टर्नी) का अनुसार बुधबार बिहान २ बजे आफ्नै घर अघि गाडीबाट ओर्लने क्रममा लडेर उनको निधन भएको हो ।सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनले २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय यात्रा सुरू गरेका थिए । साथै उने थुप्रै मौलिक लोकगीत गाएका छन् । उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् ।पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए । 
बिर्तामोड / अभिनेता रामचरण सहितको टोली यही फेब्रुअरी २८ मा नेपाल आउने भएको छ । विदेशी चलचित्र छायांकनको व्यवस्थापन गर्ने कम्पनी थ्री ह्विल्स प्रालिका प्रमुख सुरज आचार्यले जानकारी दिए । साउथ सुपरस्टार रामचरणको नयाँ चलचित्रको छायांकनका आउन लागेको हो ।चलचित्रको छायांकन काठमाडौं, मनाङ र मुस्ताङमा गरिने जनाइएको छ । चलचित्रको छायांकन भने अप्रिलदेखि गर्ने निर्माणपक्षले जानकारी दिएको आचार्यले बताए ।तीन/चार महिनाअघि नै नेपालमा रामचरणको चलचित्र छायांकन गरिने भनिएपनि हिउँ परेका कारण रोकिएको बताइएको छ ।
एजेन्सी / सुन्दा अचम्म लाग्न सक्छ अमेरिकाकी एक मोडलको दाँतको मूल्य उनका एकजना प्रशंसकले एउटा २४ लाख तोकेका छन् ।एली रे नामकी ती मोडलले सामाजिक सञ्जाल मार्फत यो विचित्रको अनुभव सुनाएकी हुन् । एलीका एक प्रशंसकले उनको दाँत मागेका थिए । बेलायती पत्रिका ‘डेली स्टार’ का अनुसार ती प्रशंसकलाई एलीको दाँत निकै मन परेको थियो । दाँतका लागि ती व्यक्ति एलीलाई मोटो रकम तिर्न समेत राजी भए र उनले दाँत किन्ने जिद्धि गरे ।उनले एलीको एउटा दाँतको मूल्य २४ लाख तोके । त्यतिमात्रै नभई दाँत झिक्नका लागि र अर्को नयाँ दाँत बनाउन पनि ती व्यक्ति सबै खर्च समेत व्यहोर्ने राजी भए । आफ्नो प्रशंसकको यो कुरा सुनेपछि एली स्तब्ध
काठमाडौं / नायक पल शाह र नायिका पूजा शर्मा अभिनीत नयाँ म्युजिक भिडियो ‘किन शंका गर्छौ’ सार्वजनिक भएको छ ।बिहीबार शिव दर्शन फिल्म्सले म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरेको हो ।प्रमोद खरेल र मिलन नेवारको स्वर रहेको गीतमा गायत्री थापाको शब्द तथा राजकुमार बगरको संगीत छ ।गीति रचनाकार गायत्री थापा शिवदर्शन फिल्म्सकी निर्देशक समेत हुन् ।
काठमाडौं / बलिउड सुपरस्टार सलमान खानको केही वर्ष अगाडि रोकिएको नेपाल कन्सर्ट वैशाख ३ गते हुने भएको छ । यसका लागि सलमानसहित बलिउड कलाकारहरू नेपाल आउने पक्का भएको छन् ।लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेन्मेन्टले सलमानलाई नेपाल ल्याउन लागेको हो । केही वर्षअघि पनि सलमानलाई नेपाल ल्याउनका लागि ओडिसीले रकम समेत भारत पठाइसकेको थियो । सलमानसँग भएको कुराकानीमा पैसा फिर्ता दिन भन्दा पनि कार्यक्रम नै गर्ने सहमति भएको आयोजकले बताएको छ । वैशाख ३ गते काठमाडौंको दशरथ रङ्गशालामा सलमानको भव्य कन्सर्ट आयोजना हुने बताइएको छ । उनको साथमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा, कोरियोग्राफर एवं निर्देशक
बिर्तामोड / नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले मंगलबार झापा बिर्तामोड नगरपालिका घर भएका २७ वर्षीय आकाश सेढाईलाई पक्राउ गरेको छ । उनले सार्वजनिक स्थानमा मजाक, मस्करीको नाममा सर्वसाधारणलाई शारीरिक र मानसिक रुपमा सास्ती, हैरानी गर्ने जस्ता क्रियाकलाप गरि भिडियो बनाएर युट्युबमा अपलोड गर्ने गरेकाले नियन्त्रणमा लिएको व्यूरोका एसएसपी नविन्द्र अर्यालले बताए ।केही दिन अघिमात्रै गृह मन्त्रालयले यस्ता प्रयाङ्क भिडियो नबनाउन र बनाएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको थियो । पक्राउ परेका सेडाईले नेपाली प्रयाङ्कस्टार नामक युट्युबमा भिडियो अपलोड गर्दै आएका थिए ।उनीमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत जिल्ला
एजेन्सी / भारतका दिग्गज गायक बाप्पी लाहिरीको ६९ वर्षको उमेरमा निधन भएको छ । भारतीय समाचार एजेन्सी पीटीआईले दिएको जानकारीअनुसार बुधबार बिहान मुम्बई अस्पतालमा उनको निधन भएको हो ।समाचारमा उल्लेख गरिए अनुसार उनका डक्टरहरुले उनको मृत्यु भएको पुष्टि गरेका छन् । लिहिरीलाई एक महिना अघि नै अस्पतालमा भर्ना गरिएको थियो र गत सोमबार उनी डिस्चार्ज भएका थिए । बप्पी लाहिरीले सन् १९७०-८० को दशकका थुप्रै फिल्मका गीतहरुमा आवाज दिएका छन् । उनले सन् २०२० मा आएको बाग्गी ३ को गीत पनि गाएका थिए ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.