नायक निखिल उप्रेतीले निर्देशन तथा अभिनय गर्न लागेको फिल्म ‘आचार्य’मा बलिउडका दुई नाम चलेका कलाकारहरुमध्ये एक जनाको केमियो रहने संभावना उच्च देखिएको छ ।
यो फिल्ममा बलिउडका नाम चलेका दुई कलाकारहरु संजय दत्त वा सुनिल सेट्टीमध्ये एक जनाको बलियो केमियो रहने संभावना उच्च छ ।
यी दुबै कलाकारहसँग कुरा गर्नका लागि नायक तथा निर्देशक उप्रेती आउँदो साता मुम्बई जाँदैछन् ।
अहिले नै दुई कलाकारमध्ये कसले काम गर्ने भन्ने फाइनल भएको छैन । तर, सबै कुरा मिलेको खण्डमा एक कलाकारको बलियो केमियो फिल्ममा हुनेछ ।
फिल्ममा मोडल उषा उप्रेती अनुवन्धित भइसकेकी छिन् । फिल्ममा नेपाली र भारतीय कलाकारहरुको अभिनय रनेछ ।
यो फिल्मलाई बलियो बनाउनका लागि निखिल लागिपरेका छन् । लामो समयपछि निखिलले फिल्म क्षेत्रमा कमब्याक गर्न लागेका हुन् ।
यसैले, यो फिल्मलाई बलियो बनाउन उनले कुनै कसर बाँकी नराख्ने देखिएको छ । फिल्मको छायांकन भदौबाट सुरु गर्ने तयारी निखिलको छ ।