गायिका एलिना चौहानले सामाजिक संजालमा अभद्र प्रतिक्रिया दिनेको नाम र तस्वीर सार्वजनिक गरेकी छिन्।  उनले वुधबार सामाजिक संजालमा लाइभ आउँदै अब सहेर नबस्ने बताएकी थिइन् । 


तल्लो स्तरको गाली गर्ने, चरित्रमाथि नै औला उठाएर टिप्पणी गर्नेहरुको नाम र सामाजिक संजाल खाता सार्वजनिक गर्न थालेकी छिन् । 


एलिनाको पूर्व पत्तीसँग जोडेर उनको चरित्रमाथि नै दाग लाग्ने प्रतिक्रियाहरु बढी आएका छन् । यस्ता प्रतिक्रिया दिनेहरुको नाम र सामाजिक संजाल खाता उनले धमाधम सार्वजनिक गरिरहेकी छिन् ।


‘भाइरल हुन मन छ भने आइज’ भन्दै उनले सामाजिक संजालमा भनेकी थिइन् । अहिलेसम्म उनले दर्जन बढीको नाम र खाता सार्वजनिक गरेकी छिन् । जसमध्ये, केहीले अब यस्तो प्रतिक्रिया नदिने भन्दै उनीसँग माफी पनि मागेका छन् ।


सामाजिक संजालमा ‘नेगेटिभ प्रतिक्रिया’ अत्याधिक बढेपछि सेलिब्रिटीहरु पनि मौन बस्न छाडेका छन् । यसले, अभद्र टिप्पणी गर्नेहरुले सय पटक सोच्नुपर्ने अवस्था आएको छ ।