मनोरञ्जन

    Showing 1,101-1,110 of 1,645 items.
  • देवीको शीर्ष गीत सार्वजनिक

    काठमाडौं । तीजको अवसर पारेर भदौ २१ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘देवी’को शिर्षक गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको सिनेमाको शिर्षक गीतमा अभिनेत्री शिल्पा मास्के मात्रै फिचर्ड छिन् ।गीतमा रोहित शाक्य संगीत, निर्माता तथा शब्द रचना, कम्पोज र स्वर स्वप्नील शर्माको छ । मिङ्मा डि लेप्चाको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा बशिष्ठ घिमिरेको छायांकन, उज्जवल जोशीको कलर तथा सन्तोष दवाडीको सम्पादन रहेको छ । क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मका निर्देशक सञ्जोग राई हुन् । फिल्मको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् । एक्जिबिट स्टुडियोको प्रस्तुतिमा सिनेमा ‘देवी’ बनेका

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 391 पटक पढिएको
  • हरेक पलले मनायो रजत महोत्सव

    काठमाडौं । पछिल्लो समय दर्शकमाझ अत्यन्त लोकप्रिय टेलिश्रृंखला ‘हरेक पल’। डि एण्ड डी इन्टरटेन्मेन्ट यूट्युब च्यानलबाट हरेक बिहीवार साँझ ७ बजेदेखि प्रसारणमा आउने यो टेलिश्रृंखलाले भदौ ६ गते अर्थात बिहीवार साँझ प्रसारणको २५ भाग पूरा गर्दै रजत महोत्सव मनाएको छ । यो टेलिश्रृंखला सामाजिक विषयवस्तुका साथै चेतनामूलक विषयवस्तु चित्रण गर्दै आइरहेको हास्य कलाकार तथा श्रृंखला निर्माता राजकुमार देवकोटाले बताए । सुरेन्द्र थापाको निर्देशन रहेको  टेलिश्रृंखलामा बेगम नेपाली, राजकुमार देवकोटा, सन्तोष न्यौपाने, सरु दाहाल, सुरेन्द्र थापा, आयुष्मा कार्की, बिनोद परियार, बेगम पुन मंगा, सुदर्शन खतिवडा, मोहन

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 338 पटक पढिएको
  • आँखा टिजरमा सुकुम्बासी समस्या

    काठमाडौं । आगामी असोज ११ मा रिलिज हुने फिल्म ‘आँखा’ को टिजर सार्वजनिक भएको छ । बिहिबार निर्माण ब्यानर लामा सिनेमाजले फिल्मको डेढ मिनेट लामो टिजर युट्युवमार्फत वर्ल्ड प्रिमियर गरेको हो ।सार्वजनिक टिजर मर्मस्पर्शी देखिन्छ । टिजरमार्फत निर्देशक जोन योन्जनले फिल्मले उठान गरेको विषयवस्तुलाई प्रकाश पार्ने कोशिश गरेका छन् । काठमाडौंको बागमती नदी किनारको सुकुम्बासी बस्तीमा बस्दै आएका मानिसको कथालाई फिल्मले भावनात्मक रूपमा उठाएको टिजरबाट प्रस्टिन्छ ।पछिल्लो समय बागमती किनारको सुकुम्बासी बस्ती व्यवस्थापनको विषयमा राज्य संयन्त्र र काठमाडौं महानगरबीचको रस्साकस्सी अनि स्थानीय बासिन्दाहरूले गर्दै आएको आन्दो

    • प्रकाशित मितिः भदौ ७, २०८१
    • 470 पटक पढिएको
  • वर एण्ड वधुको सिरी सिरी

    काठमाडौं । यही भदौ १४ गतेदेखि रिलिज हुने फिल्म ‘वर एन्ड वधु’को तेस्रो गीत ‘सिरी सिरी’ सार्वजनिक भएको छ । सुगम पोखरेल र नेहा करोदेको स्वर रहेको गीतमा नरेश भट्टराईको शब्द तथा युग भुसालको संगीत छ । रोमानियामा खिचिएको गीतमा फिल्मका प्रमुख पात्र आँचल शर्मा र नवनायक विवेक कर्माचार्य फिचर्ड छन् । मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्ममा आँचल र विवेकसँगै विजय लामा, किरण केसी, सरिता लामिछाने, अन्सु महर्जन, दिनेश काफ्ले, सृष्टि खड्का, हिउँवाला गौतम, गरिमा शर्मा, रविन्द्र खड्का, कुसुम शर्मा, विजु पार्की, हिमेश पन्त लगायतको पनि अभिनय छ । फिल्ममा जानुका थापा निर्माता र डा. अमित रिजाल कार्यकारी न

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 435 पटक पढिएको
  • रावायण ट्रेलरमा दुई पलको द्वन्द्व

    काठमाडौं । यही भदौ २१ गते रिलिज हुने फिल्म ‘रावायण’को ट्रेलर रिलिज भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्म युनिट, पत्रकार तथा सञ्चारकर्मीको उपस्थितिमा ट्रेलर रिलिज गरिएको हो ।एक्सनपूर्ण ट्रेलरमा प्रेम र द्वन्द्वको कथालाई चित्रण गरिएको छ । ट्रेलरमा नायिका पुजा शर्मालाई पत्रकारको भूमिकामा देखाइएको छ । फिल्ममा नायक पल शाहले दोहोरो भूमिका निभाएका छन् । ट्रेलरको अन्तिम दृश्यमा दुई पलको द्वन्द्वलाई देखाइएको छ । दुई पात्रको द्वन्द्व पुजाकै कारण हुने भन्ने प्रष्ट देखाइएको छ ।सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पुजा शर्मा हुन् । फिल्ममा सु

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 349 पटक पढिएको
  • दिल सेपछि शाहरुख र मनीषाले किन गरेनन् सहकार्य ?

    मुम्बई(एजेन्सी) । अभिनेता शाहरुख खान र अभिनेत्री मनीषा कोइरालाको आइकोनिक फिल्म ‘दिल से’लाई मणिरत्नमले निर्देशन गरेका थिए । यो फिल्म रिलिजको २६ वर्ष पुरा भएको छ । फिल्ममा शाहरुख र मनीषाको क्यामेष्ट्रीलाई दर्शकले निकै मनपराएका थिए । ‘दिल से’ पछि शाहरुख र मनीषाले फिल्म ‘गुड्डु’मा अभिनय गरे पनि यो फिल्मप्रति दर्शकको चासो थिएन । हालैमात्र मनीषाले शाहरुखसँग सहकार्य नहुनुको कारणबारे खुलाएकी छन् । ‘यो उद्योगमा हिरोले कुन हिरोइनसँग काम गर्ने वा नगर्ने भन्ने तय गर्छन्,’ मनीषाले भनेकी छन् ।एक राम्रो फिल्म भएर पनि फिल्म ‘दिल से’ले पहिलोपटक बक्सअफिसमा राम्रो पकड जमाउन सकेन । मणिरत्नमले यसको प्रमुख कार

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 324 पटक पढिएको
  • अभिनेता विपिन कार्कीलाई मातृशोक

    काठमाडौं । अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वती कार्कीको ७२ वर्षको उमेरमा बिहीबार बिहान ललितपुरको पाटन अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ थिइन् ।परिवारका अनुसार उनी भेन्टिलेटरमा उपचाररत थिइन् । उनको अन्तिम संस्कार आजै बिहान १० बजे पशुपति आर्यघाटमा गरिनेछ ।

    • प्रकाशित मितिः भदौ ६, २०८१
    • 344 पटक पढिएको
  • समीक्षाले ल्याइन् के हेरेको टुलु टुलु

    काठमाडौं । गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘के हेरेको टुलु टुलु’ को भिडियो सार्वजनिक भएको छ । गीतमा नेत्र अर्यालको शब्द, खेम सेञ्चुरीको संगीत, श्यामस्वेत रसाइलीको एरेन्ज र गोविन्द अनेकको रेकर्डिङ छ ।गीतको भिडियोमा सलोन बस्नेत, नाजिर हुसेन र आश्मा विश्वकर्मा फिचर्ड छन् । भिडियोमा आश्माको प्रेम पाउन सलोन र नाजिरले गरेको संघर्षलाई देखाइएको छ । भिडियोमा तीनै जना कलाकारलाई रोमान्टिक भावमा देख्न सकिन्छ । रोमान्टिक भावको गीतको भिडियोमा गायिका समीक्षा पनि फिचर्ड छिन् ।गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा सुबास तिमल्सिनाको मेकअप, कुसुम बुटिकको पहिरन, मनिक पाख्रिनको कला निर्देशन, सुभम भुजेलक

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 386 पटक पढिएको
  • म्यान अफ दि इयर २०२४ को अडिसन खुला

    काठमाडौं । पुरूषहरूको सौन्दर्य तथा बौदिकता जाँच गर्ने प्रतियोगिता ‘म्यान अफ दि इयर २०२४’को अडिसन खुला भएको छ । आयोजक कम्पनी यू क्यान फ्लाई फेशन प्रालिले उक्त प्रतियोगिताको अडिसन आह्वान गरेको हो ।नेपालको सवैभन्दा ठुलो भनिएको उक्त पुरूष फेसन प्रतियोगिता पहिलो पटक हुन लागेको हो । देशव्यापी रूपमा खुला अडिसनपछि छनोट भएका अन्तिम प्रतियोगीले फाइनल स्पर्धामा भाग लिने आयोजकले जनाएको छ । नेपालका प्रमुख शहरहरू काठमाडौं, चितवन, पोखरा, बुटवल, मोरङको विराटचोक र विराटनगरमा आडिसन स्थान तोकिएको छ । सहभागी हुन चाहनेहरूको लागि इसेवा एप मार्फत आवेदन खुला गरिएको छ ।यहि अगष्ट ३१ बाट अडिसन सुरू हुँदा पहिलो अडिसन काठ

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 466 पटक पढिएको
  • बुलाकी जाफ्ना इन्टरनेशनल सिनेमा फेस्टिभलमा छनोट

    काठमाडौं । गत शुक्रबारबाट नेपाली पर्दामा प्रदर्शनरत फिल्म बुलाकी दक्षिण एशिया भित्र प्रतिष्ठित मानिने श्रीलंकाको सिनेमा महोत्सव जाफना इन्टरनेशनल सिनेमा फेस्टिभल २०२४मा छनोट भएको छ । उक्त फेस्टिभल अन्तर्गतको उत्कृष्ट डेब्यू फिल्म प्रतिस्पर्धाको लागि यो फिल्म छनोट भएको हो ।जाफना सिनेमा फेस्टिभलको दशौं संस्करण आगामी सेप्टेम्बरमा हुँदैछ । यो फिल्म प्रतिस्पर्धामा छनोट भएको उक्त अवार्ड गत बर्ष नेपाली फिल्म दि रेड सुटकेसले जितेको थियो । फिल्म निर्माता तथा अभिनेता विराज बिष्टले सामाजिक सञ्जालमा पोस्ट सार्वजनिक गर्दै खुशी व्यक्त गरेका छन् ।तन, मन, धन र ज्यान बाजी लगाएर गरिएको कामले कहिँ न कहिँ सार्थकता

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • 327 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा