मिलन तामाङको निर्देशनमा तयार भएको चलचित्र ‘माइतीघर’को प्रचार व्यापाक भएसंगै यसको शीर्ष गीतको छायांकन सकिएको छ। यो गीतका लागि ११ दिन लगाएर छायांकन गरिएको निर्माता अधिकारीले बताएका छन् । 


आगामी असोजको १३ गतेबाट रिलिजमा आउन लागेको यो गीतको छायांकन बागलुङमा पनि गरिएको थियो । तर, निर्माणपक्षले त्यो बेला खिचिएका कुनै पनि दृश्य समावेश नगरेर सबै नयाँ शैलीमा खिचिएको बुझिएको छ । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । 


यो गीतको भिडीयो खिच्न मात्रै झण्डै ५० लाख खर्च भएको निर्माता अधिकारीको बताउछन् । गीतको भिडियोमा मुख्य कलाकारहरू उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन् । गीतको भिडियोमा ११ जनै कोरसको जम्बो टोलीलाई नचाइएको छ । यसकारण पनि लागत बढेको निर्माणपक्षको भनाई छ । 


रोहित अधिकारी फिल्मस्को व्यानरमा निर्माण भएको एउटा ऐतिहासिक गीत भएका कारण पनि भिडियो मेकिङमा कुनै संझौता नगरिएको निर्माताको दाबी छ । आउँदो साता यो गीतको भिडीयो सार्वजनिक गर्ने तयारी गरिएको छ । निर्माणपक्षले यो गीतमा ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाउने मध्ये एक जना उत्कृष्टलाई ५ लाख पुरस्कार दिने घोषणा समेत गरिसकेको छ । यो गीतमा भारतीय गायिका सञ्जिवनीको स्वर छ । 


चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा तथा संवाद, सुशन प्रजापतिको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन, रविन शेरचन र धिरज तामाङको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् । चलचित्रमा केदार प्रसाद  घिमिरे, प्रकाश सपुत, धिरज मगर, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको अभिनय छ ।