मनोरञ्जन

    Showing 1,041-1,050 of 1,632 items.
  • देवीकी शिल्पा भन्छिन्–सामाजिक सन्देशका लागि देवी

    काठमाडौं । यही शुक्रबार रिलिज हुने फिल्म ‘देवी’लाई लिएर अभिनेत्री शिल्पा मास्केको दौडधुप तीब्र छ । फिल्ममा उनको अभिनयसँगै निर्माण पनि छ । शिल्पाका अनुसार फिल्मको स्कृप्ट लिएर आफूहरु धेरै निर्माता कहाँ पुग्दा कसैले पनि यो कमर्शियल फिल्म नरहेको भन्दै लगानी गर्न नमानेपछि फिल्म निर्माणमा आफैं अगाडि बढेको खुलाइन् । ‘स्क्रिप्ट तयार भएपछि हामीले केही निर्मातालाई भेट्दा यति संवेदनशील विषय छ, कमर्शियल फिल्म होइन भनेर लगानी गर्न इच्छा देखाउनुभएन । मलाई चाहिँ कन्टेन्टप्रति विश्वास भएकाले निर्माताको रुपमा अनुभव गर्न मन लाग्यो’, शिल्पा भन्छिन्, ‘निर्माताको जिम्मेवारी चुनौतीपूर्ण हुने रहेछ ।शिल्पाले फि

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • 347 पटक पढिएको
  • सुदर्शन भन्छन्–रावायणमा सिक्वेलको सम्भावना छ

    काठमाडौं । निर्देशक सुदर्शन थापा प्रेमकथाका फिल्ममा रुचाइएका निर्देशक हुन् । फिल्म ‘मेरो एउटा साथी छ’बाट निर्देशकीय पाइला चालेका सुदर्शनका त्यसयताका फिल्म हेर्ने हो भने अधिकांश फिल्ममा प्रेमकथा झल्किन्छ । यही बीचमा उनले ‘धन्दा’, ‘प्रसाद २’ जस्ता फरक स्वादका फिल्मको निर्देशकीय जिम्मेवारी पनि लिए ।यिनै सुदर्शन यही शुक्रबारबाट फिल्म ‘रावायण’ लिएर दर्शकमाझ आउँदैछन् । फिल्म ‘धन्दा’मा थ्रिलर देखाएका सुदर्शनले ‘रावायण’मा एक्सन बेस्ड प्रेमकथा प्रस्तुत गरेका छन् । ‘म प्रेमकथाकै फिल्ममा भुलिरहेको थिएँ । जसरी बलिउड, साउथ अथवा हलिउड फिल्ममा परिवर्तन भइरहेको छ, त्यस्तो परिवर्तन म आफ्नो कथामा देखाउन चाहन्थे

    • प्रकाशित मितिः भदौ १८, २०८१
    • 362 पटक पढिएको
  • रावायणबारे के भन्छन् पल शाह

    काठमाडौं । टेलिभिजनमा ‘रामायण’ नहेरेका दर्शक कमै होलान् । रामको चरित्रलाई उतारिएको यो टेलिफिल्म सबैको लोकप्रिय टेलिफिल्ममा पर्छ । नायक पल शाहले पनि यो सिरियल बच्चै हुँदादेखि हेरेका हुन् । रामको चरित्रलाई नजिकबाट नियालेका यिनै पल फिल्म ‘रावायण’मार्फत ‘रावण’ चरित्रमा दर्शकमाझ आउँदैछन् ।यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘रावायण’मा उनी रागव र कान्छा नाम भूमिका अर्थात दोहोरो भूमिकामा देखिँदैछन् । ‘मलाई रावायण शब्द नै मनपरेको थियो । रामायण त बच्चैदेखि हेर्दै आएको हो । रावायण चाहिँ रावणको कथा हो । मलाई सुदर्शन दाईले रावणको कथा सुनाउँदा कस्तो होला त भनेर कथा सुनाउनुभयो । फिल्ममा एउटा क्यारेक्टरले दुईवट

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 426 पटक पढिएको
  • रावायणको आइटम गीत करेजा निकरी

    काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘रावायण’को आइटम गीत ‘करेजा निकरी’ सार्वजनिक भएको छ । गीतमा सोनु कक्कर र समिर चौरासियाको स्वर, प्रदीप श्रीवास्तवको शब्द र रेवन आरती सिंहको संगीत छ ।गीतमा पल शाह, प्रकाश शाह, कैलाश रावल र निकिता चण्डकको नृत्य छ । विक्रम स्वारको कोरियोग्राफी रहेको गीतमा सुनिता श्रेष्ठको कष्ट्युम छ ।गीतमा निकितालाई निकै ग्ल्यामर लुक्समा देखाइएको छ । कलाकार प्रकाशको तराईं मूलको गेटअप आकर्षक देखिएको छ । गीतमो बीचमा नायक पल शाहको प्रवेशले गीतको हाइप बढाएको छ ।गीतमा अनामिक चौहानको म्यूजिक प्रोडक्सन र एरेन्ज, निरज सिंहको म्यूजिक सुपरभाइजर र साउण्ड डिजाइन, समिर चौरासिया, अमन स

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 399 पटक पढिएको
  • दुःखी आत्मामा अनुपविक्रम

    काठमाडौं । निर्माण क्रममै चर्चा रहेको फिल्म ‘दुखी आत्मा’ मा अभिनेता अनुपविक्रम शाही अनुबन्धित भएका छन् । भदौ २४ बाट सुटिङ सुरु हुने फिल्ममा केही समय अघिनै दयाहाङ राई र आँचल शर्मा अनुबन्धित भइसकेका थिए । कथाको मागअनुसारको चरित्र चयन गर्ने क्रममा अनुपविक्रम फिट लागेकाले उनलाई लिइएको लेखक समेत रहेका निर्देशक दीपेन्द्र लामाले जानकारी दिएका छन् ।क्लक वर्क कृएसन्सको ब्यानरमा हिमाल कडरिया निर्माता रहेको फिल्म आलोक शुक्लाले खिच्ने छन् । निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको ‘नाङ्गो गाउँ’ सुपरहिट भएको थियो । ‘दुखी आत्मा’ उनीहरुको दोश्रो सहकार्य हो । दयाहाङ र अनुपविक्रम भने ‘वीर विक्

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 272 पटक पढिएको
  • पिताको महत्व बुझाउने मेरो बा

    काठमाडौं । कुशे औंशीको अवसर पारेर पिताको महत्व झल्काउने सर्ट फिल्म ‘मेरो बा’ सार्वजनिक गरिएको छ । रमेश थापाको लेखन तथा निर्देशन रहेको यो सर्ट फिल्म म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । फिल्ममा प्रभाकर न्यौपाने, विकास जोशी, अनुजा अधिकारी, मेघराज पौडेल, श्याम मगर, टेकबहादुर घले, दीपेन्द्र थापा, खगेन्द्र धामी, प्रान्जिल सापकोटा तथा बाल कलाकारद्वय रियांशी थापा र सन्तोष बटालाको अभिनय छ । संकल्प भुजेलको छायाङ्कन रहेको फिल्ममा बालकृष्ण श्रेष्ठ र विक्रम चिमौरियाको सम्पादन, सोम जिसीको मुख्य सहायक निर्देशन छ ।तीजमा दर खाने चलनको बढ्दो विकृती, बाबुलाई छोराबुहारीले गर्नुपर्

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 453 पटक पढिएको
  • दिक्छेन र मार्जेनलाई उपाधि

    काठमाडौ । तामाङ समुदायका बालबालिकाहरुको प्रतियोगितामूलक सौन्दर्य प्रतियोगिता ‘फेस अफ तामाङ किड्स प्रथम संस्करण २०२४’ को उपाधि दिक्छेन तामाङ र मार्जेन तामाङले जितेका छन् । युथ क्रियसनद्वारा आयोजित प्रतियोगितामा दश प्रतिस्पर्धीलाई उछिन्दै उनीहरुले क्रमश बालिका र बालकतर्फ ‘फेस अफ तामाङ किड्स’को शीर्ष उपाधि जितेका हुन् ।प्रतियोगिताअन्तर्गत बालिकातर्फको प्रतिस्पर्धामा साम्देन थिङ ‘फस्ट रनर अप’ र किन्जु डोमा तामाङ ‘सेकेण्ड रनर अप’ तथा बालकतर्फ आरोज तामाङ ‘फस्ट रनर अप’ र सिद्धान्त तामाङ ‘सेकेण्ड रनर अप’ भए ।प्रतियोगिताका सहभागीले करिब १ महिनासम्म रोजिन शाक्यको फेसन कोरियोग्राफी र नृत्य निर्देशक एमबी

    • प्रकाशित मितिः भदौ १७, २०८१
    • 276 पटक पढिएको
  • पूर्ण बहादुरको सारङ्गीको टिजर सार्वजनिक

    काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक भएको छ ।टिजर सेभेन सिज सिनेमाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।  टिजरमा फिल्मका मुख्य दुई पात्र विजय बराल र प्रकाश सपूत प्रस्तुत छन् । गरिबीका कारण बुवाले झेल्नु परेको अभाव, छोराले पाएको शैक्षिक सफलता र विछोडको पीडा टिजरमा समेटिएको छ ।बुवाको मुख हेर्ने दिनको छेको पारेर सार्वजनिक टिजर सम्पूर्ण बुवाहरूप्रति समर्पित गरिएको छ । प्रकाश एसएलसीमा जिल्लाकै प्रथम भएको खुसी बुवालाई सुनाउँदै सुरु हुन्छ । त्यसपछि विजय आफूले दुःख गरेर छोरालाई पढाएको सम्झिन्छन्

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • 368 पटक पढिएको
  • हलमा दर्शकको माया पाउँदा उत्साहित आँचल र विवेक

    काठमाडौं । शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘वर एण्ड वधु’ हेर्न शनिबार काठमाडौंका हलमा दर्शकको चाप राम्रो देखियो । शनिबार बिहानैबाट नायिका आँचल शर्मा, नायक विवेक कर्माचार्य, निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार दिनेश काफ्ले लगायत हलमा पुगेका थिए । उनीहरु शनिबार बेलुकीको शोजमा दर्शक भेट्न बनेपा समेत पुगेका थिए ।हलमा दर्शकले देखाएको मायाले नायिका आँचल शर्मा उत्साहित देखिइन् । उनले भनिन्–‘फिल्म हेर्न आउनुभएका दर्शकले यसको कथावस्तुदेखि सबै कुरा मन पराइदिनुभएको छ । यो नै ठूलो कुरा हो । दर्शकको यो मायाले उत्साहित छु ।’यता, नायक विवेक कर्माचार्यले पहिले फिल्ममै दर्शकबाट पाएको साथ, हौसला

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • 389 पटक पढिएको
  • पुजा भन्छिन्–मलाई नम्बर वानको ट्यागले पुगिसक्यो

    काठमाडौं । फिल्ममा पाइला चाल्नुअघि अभिनेत्री पुजा शर्मा सञ्चारकर्ममा थिइन् । एक टेलिभिजनमा काम गरिरहँदा फिल्म ‘थ्री लभर्स’बाट अभिनयमा ‘ब्रेक’ पाएपछि टेलिभिजन कर्ममा ‘ब्रेक’ लगाउँदै अभिनयको दुनियाँमा रमाइरहिन् । यिनै पुजा सञ्चारकर्मीकै भूमिकामा फिल्म ‘रावायण’मा देखिँदैछिन् । यो फिल्म यसै साता अर्थात भदौ २१ गते रिलिज हुँदैछ ।फिल्मको टिजर र ट्रेलरमा पुजालाई हातमा बुम बोकेर टेलिभिजनमा रिपोर्टिङ गरिरहेको देख्न सकिन्छ । ‘पत्रकारितामा करिब १०–१२ वर्षकै ग्याप थियो । पहिला एउटा फ्लोमा पत्रकारिता गर्थें । फिल्ममा पत्रकारको भूमिकामा अभिनय गर्दा अलिक कन्सस भएँ । अभिनयमा ‘स्ट्रङ’ तरिकाले प्रस्तुती दिँदा पु

    • प्रकाशित मितिः भदौ १६, २०८१
    • 333 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा