घर जग्गा व्यवसायमा लामो समयदेखि लागिपरेका सुनिल श्रेष्ठ विगत केही वर्षदेखि नेपाली फिल्मको मेकिङ, अभिनय र अवार्डमा व्यस्त छन् । सुनिल लामो समयदेखि सामाजिक सेवामा समेत व्यस्त छन् ।
सन् २००७ देखि कलाकारितामा व्यस्त सुनिलले ‘इन्फा नेपाल इभेन्ट्स’को समेत स्थापना गरेका छन् । यही संस्थाले बेलायतको राजधानी लण्डनमा सेप्टेम्बर १३ तारिखमा भव्य फिल्म अवार्डको आयोजना समेत गर्दैछ ।
सुनिल ‘खगुरे ब्रो’ नामक फिल्मका कार्यकारी निर्माता समेत हुन् । अब, नेपाली फिल्म क्षेत्रमा निरन्तर रुपमा लाग्ने उनको भनाई छ ।
यता, उनले फिल्म ‘मिस यू’मा खलपात्रको रुपमा समेत काम गरेका छन् । सुनिल म्युजिक भिडियो निर्माणमा समेत व्यस्त छन् । उनले ‘थाहा नै छ, टु बी फ्रि फायर’ लगायतका म्युजिक भिडियो समेत निर्माण गरेका छन् ।
नेपाली कला क्षेत्रलाई निकै नै प्रेम गर्ने श्रेष्ठ आगामी दिनमा अझै फिल्म निर्माण, अभिनय, अवार्ड, म्युजिक भिडियो निर्माणमा अझै सक्रिय हुने बताउँछन् । उनी भन्छन्–‘मलाई कला क्षेत्रको निकै माया छ । यसैले, १८ वर्षदेखि यही क्षेत्रमा छु ।’