खेलकुद

    Showing 981-990 of 1,599 items.
  • आज नेपालले रुससँग खेल्दै

    काठमाण्डाै - साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र रुस खेल्दैछन् । खेल बङ्लादेशको ढाकामा रहेको बीएसएसएस मोस्ताफा कमल मैदानमा बेलुका ७ बजेदेखि सुरु हुनेछ।नेपाल २ खेलमा ३ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । नेपाल पहिलो खेलमा भारतसँग ४–१ गोल गोलले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ५–० गोलले हराएको थियो । रुसले पहिलो खेलमा बङ्लादेश र दोस्रो खेलमा भुटानलाई हराएको थियो।प्रतियोगितामा आयोजक बङ्लादेशसहित नेपाल, भारत, भुटान र रुस सहभागी छन् । नेपालले अर्को खेल मङ्गलवार आयोजक बङ्लादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा भइरहेको प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्ने

    • प्रकाशित मितिः चैत १२, २०७९
    • 271 पटक पढिएको
  • राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक अब १२ हजार डलर

    काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईको पारिश्रमिक २० प्रतिशतले बढेको छ । माघ २३ गते आधिकारिक रुपमा नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका देसाईको पारिश्रमिकमा मासिक दुई हजार डलर वृद्धि भएको नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव दूर्गाराज पाठकले बताए । पाठकले देसाईको पारिश्रमिक सम्झौताअनुरुप नै बढेको बताए ।“नेपालको प्रशिक्षण सम्हाल्ने बेला भएको सम्झौताअनुरुप नै प्रशिक्षकको पारिश्रमिक बढेको हो । त्यसबेला नेपालले एकदिवसीय मान्यता जोगाए पारिश्रमिक बढाउने सम्झौता थियो । र, सोही सम्झौताअनुरुप अहिले प्रशिक्षकको पारिश्रमिक दुई हजार डलर बढेको हो,” पाठकले बताए

    • प्रकाशित मितिः चैत ९, २०७९
    • 374 पटक पढिएको
  • जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलद्वारा फुटबलबाट सन्यासको घोषणा

    काठमाण्डाै - जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल, रियल मड्रिड र जर्मनीका पूर्व मिडफिल्डर ओजिल पछिल्लो समय टर्किस क्लब बसाकसेहिरमा रहेका थिए ।३४ वर्षीय ओजिलले सामाजिक सञ्जालमार्फत् सन्यास लिएको घोषणा गरेका हुन् । ओजिलले चार एफ ए कप र सन् २०१२ मा स्पेनिस ला लिगा उपाधिसहित नौ उपाधि जितेका छन् । जर्मनीका लागि ९२ क्याप जितेका उनी सन् २०१४ मा ब्राजिलमा भएको विश्व कपको उपाधि जित्दा टोलीका सदस्य थिए ।ओजिल पाँच पटक जर्मनीको वर्ष खेलाडी घोषित भएका छन् । उनले सन् २०१८ मा नै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।

    • प्रकाशित मितिः चैत ९, २०७९
    • 192 पटक पढिएको
  • ६ नयाँ अनुहारलाई समेट्दै प्रधानमन्त्री त्रिदेशीय कपका लागि राष्ट्रिय टिमको घोषणा

    झापा -  नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्बर्टो भिसेन्जो एनेसले ६ नयाँ अनुहारलाई समेट्दै प्रधानमन्त्री त्रिदेशीय कपका लागि राष्ट्रिय टिमको घोषणा गरेका छन् । एनेसले मंगलबार गोलकिपर अभिषेक बराल, रक्षक सनिष श्रेष्ठ, पदम भट्टराई, मिडफिल्डर मणीकुमार लामा र फरवार्ड दीपकसिंह ठकुरी र सुमित श्रेष्ठलाई समेट्दै २३ सदस्यीय टिमको घोषणा गरेका हुन् । एनेसले घोषणा गरेको टिममा मिडफिल्डर सुजल श्रेष्ठ र फरवार्ड विमल घर्तिमगरले भनकाके स्थान बनाउन सकेनन् ।पहिलो खेलमा नेपालले लाओससँग चैत ८ गते खेल्नेछ । चैत ११ गते भुटान र लाओस भिड्नेछन् । यस्तै, चैत १४ गते नेपाल र भुटान भिड्नेछन् । प्रतियोगि

    • प्रकाशित मितिः चैत ७, २०७९
    • 200 पटक पढिएको
  • क्रिकेटर ललित राजवंशी र दिपेश कँडेल विराटनगरमा सम्मानित

    झापा- राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललितनारायण राजवंशी र दिपेश कँडेल सम्मानित भएका छन् । नेपाल खेलकुद महासंघ मोरङले सिनियर टोलीका खेलाडी राजवंशी र यु-१९ राष्ट्रिय टोलीका सदस्य कँडेललाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको हो । महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले सम्मानपत्र प्रदान गरे ।दुवै खेलाडी विराटनगरका हुन् । दीपेशले युएईको यु-१९ टोलीविरुद्ध ह्याट्रिक विकेट लिएर नेपाललाई यु-१९ विश्वकपमा छनोट गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ललितले विश्वकप लिग-२ शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका थिए । महासंघले ललितका बुबा-आमालाई पनि सम्मान गरेको छ । महासंघले नेपाल क्रिकेट संघका कोषाध्

    • प्रकाशित मितिः चैत ७, २०७९
    • 274 पटक पढिएको
  • त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आधुनिक फ्लडलाइट र स्कोरबोर्ड जडान गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा तत्काल आधुनिक फ्लडलाइट र स्कोरबोर्ड जडान गर्न निर्देशन दिनुभएकाे छ । त्रिवि मैदानमा पूर्वाधार विकासका लागि आवश्यक साधन स्राेतको व्यवस्था सरकारले गर्ने बताउँदै उहाँले राष्ट्रिय खेलकुद परिषद् (राखेप) यस्ताे निर्देशन दिनुभएकाे हाे ।प्रधानमन्त्री प्रचण्डले विश्व कप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली क्रिकेट टोलीलाई आज बालुवाटारमा बोलाएर बधाई दिने क्रममा त्रिवि मैदानमा तत्काल फ्लडलाइट र स्काेरबाेर्ड जडान गर्न राखेपलाई निर्देशन दिनुभएकाे हाे । उहाँले क्वालिफायरमा छनोट भएक

    • प्रकाशित मितिः चैत ३, २०७९
    • 313 पटक पढिएको
  • विश्वकप छनोटमा पुगेका क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीले गरे सम्मान

    काठमाडाै । जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली खेलाडीलाई सरकारले जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विजयी नेपाली क्रिकेट टोलीलाई आज बिहान सरकारी निवास बालुवाटार बोलाएर सम्मान रकम घोषणा गरेका हुन्।यस क्रममा उनले टोलीका प्रत्येक खेलाडीलाई सम्मानस्वरूप ३/३ लाख रुपैयाँ दिने घोषणा गरे। साथै देशमा निर्माणाधीन रंगशाला पनि पूरा गर्ने प्रधानमन्त्री प्रचण्डले बताए।‘त्रिवि क्रिकेट मैदानमा तत्काल फ्लटलाइट र स्कोरबोर्ड व्यवस्था गरिनेछ’, प्रधानमन्त्री प्रचण्डले खेलाडीसँग भने, ‘केही रंगशाला निर्माण पनि अघि बढाइनेछ।’प्रधानमन्त्रीको निम्तोमा

    • प्रकाशित मितिः चैत ३, २०७९
    • 426 पटक पढिएको
  • मिल्स गोल्डकप साबिक बिजेता प्रतिभा फाइनलमा

    विराटनगर   ।  साविक बिजेता प्रतिभा फुटबल क्लब गोलबजार सिरहा विराटनगरमा जारी तेस्रो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।विराटनगर जुट मिल्सको खेल मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा गाईघाट फुटबल क्लब उदयपुरलाई ३–० गोलले निराश बनाउँदै सिरहा फाइनलमा पुगेको हो । जितसँगै सिरहाले शनिबार हुने फाइनलमा धु्रवतारा स्पोर्टिङ्ग क्लब झापासँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । सिरहालाई फाइनल पु¥याउन अब्दुला, बिनु आलेमगर र सिद्धान्त लामाले गोल गरेका थिए । निकै प्रतिष्पर्धात्मक बनेको खेलमा पहिलोहाफसम्म गोलरहित खेल बराबरी भयो । खेल सुरू भएको १५ औं मिनेटमा सिरहाका

    • प्रकाशित मितिः चैत २, २०७९
    • 379 पटक पढिएको
  • यूएईविरुद्ध डीएल मेथडमा नेपाल विजयी, सोझै विश्वकपमा छनोट

    काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा तेस्रो हुँदै नेपाल सोझै विश्वकप छनोटमा प्रवेश गरेको छ ।३११ रनको विशाल चुनौती पच्छ्याउँदै ब्याटिङ गरिरहेको नेपालले ४४ ओभरमा ६ विकेट गसमाउँदै २६९ रन बनाएको थियो ।  मैदानमा प्रकाश कम भएका कारण खेल डकवर्थ लेबिस मेथड अनुसार अन्त्य गरिएको हो ।

    • प्रकाशित मितिः चैत २, २०७९
    • 431 पटक पढिएको
  • ए डिभिजन लिगमा आजदेखि पाँचौँ चरणका खेल

    काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज बिहीवारदेखि पाँचौँ चरणका खेल सुरु हुँदैछन् । पाँचौँ चरणको पहिलो दिन आज दुई वटा खेल हुनेछन् । एउटा खेल च्यासल मैदान र अर्को खेल एन्फा कम्प्लेक्समा हुनेछ ।च्यासलमा हुने खेलमा एफसी खुमलटार र सातदोबाटो युथ क्लब दिउँसो साढे २ बजे खेल्दैछन् । खुमलटार ४ खेलमा ६ अङ्कका साथ सातौँ स्थानमा र सातदोबाटो ४ खेलमा ९ अङ्कका साथ दोस्रो स्थानमा छ ।यस्तै एन्फा कम्प्लेक्समा हुने खेलमा दिउँसो साढे २ बजे नै हिमालयन शेर्पा क्लब र सङ्कटा क्लब खेल्दैछन् । हिमालयन शेर्पा ४ खेलमा ४ अङ्कका साथ ११ औँ र सङ्कटा ४ खेलमा ५ अङ्कका साथ आठौँ स्थान

    • प्रकाशित मितिः चैत २, २०७९
    • 374 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.