काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी २० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । शनिबार टी–२० श्रृंखलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको हो ।
२ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले १९।४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले । नेपाललाई ८ बलमा १३ रन चाहिँदा रोहित म्याथ्यु फर्डको बलमा विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट हुन पुगेका थिए । २७ बलमा अर्धशतक पूरा गरेका रोहितले शतक ४७ बलमा हानेका थिए । उनको यो टी २० करिअरको पहिलो शतक थियो। यो जितपछि नेपाल ५ खेलको सिरिजमा १-० ले अगाडि भएको छ ।
अब सिरिजको दोस्रो खेल आइतबार हुनेछ भने तेस्रो खेल मे १ मा चौथो खेल मे २ मा र पाचौँ खेल मे ४ मा हुनेछ ।