काठमाडौं / विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई पराजित गरेपछि फकल्याण्ड माल्भिनास द्वीपसमूहमाथि अर्जेन्टिनाको दाबी समर्थन गर्ने ब्यानर प्रदर्शन गरेको घटनाबारे फिफाले औपचारिक अध्ययन सुरु गरेको छ। खेलपछि अर्जेन्टिनाका खेलाडीहरूले प्रदर्शन गरेको राजनीतिक सन्देशयुक्त ब्यानरले अन्तर्राष्ट्रिय फुटबलमा नयाँ विवाद सिर्जना गरेको हो। फिफाले प्राप्त खेल प्रतिवेदनहरूको समीक्षा भइरहेको जनाएको छ। अनुशासन समितिले घटनाको मूल्याङ्कनपछि फिफाको अनुशासन संहिताअनुसार आवश्यक कारबाही गर्ने वा नगर्ने निर्णय लिने बताइएको छ।फकल्याण्ड द्वीपसमूह बेलायतको नियन्त्रणमा रहेको भूभाग भए पनि अर्जेन्टिनाले त्यसलाई ‘माल्भिनास
काठमाडौं। विश्वकपमा अर्जेन्टिना र इंग्ल्यान्डबीच खेल हुने खबर सार्वजनिक हुनासाथ संसारभरका फुटबल समर्थकको ध्यान स्वतः त्यतैतिर केन्द्रित हुन्छ। कारण, यी दुई टोलीबीचको प्रतिस्पर्धा केवल ९० मिनेटको फुटबल खेलमा सीमित छैन। जब अर्जेन्टिना र इंग्ल्यान्ड एउटै मैदानमा उत्रिन्छन्, त्यहाँ केवल खेलाडीहरू मात्रै भिडिरहेका हुँदैनन्, सँगसँगै चार दशकभन्दा लामो इतिहास, युद्धका घाउ, राष्ट्रिय स्वाभिमान, राजनीतिक विवाद र करोडौँ समर्थकको भावना पनि मैदानमा उपस्थित हुन्छ। त्यसैले विश्व फुटबलका सबैभन्दा भावनात्मक र ऐतिहासिक प्रतिस्पर्धामध्ये अर्जेन्टिना–इंग्ल्यान्डको भिडन्तलाई विशेष रूपमा हेरिन्छ।विश्वकप २०२६ को सेम
काठमाडौं / फिफा विश्वकप २०२६ को सेमिफाइनलमा अर्जेन्टिनासँग २–१ गोलअन्तरले पराजित भएपछि इङ्गल्यान्डका पूर्वकप्तान डेभिड बेकह्यामले निराशा व्यक्त गर्दै टोलीको प्रदर्शनप्रति गर्व व्यक्त गरेका छन् ।सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत प्रतिक्रिया दिँदै बेकह्यामले हारले आफूहरू सबैलाई पीडा दिएको उल्लेख गर्दै टोली, समर्थक र देशले विश्वकपभर दिएको साथ र सिर्जना गरेका अविस्मरणीय क्षणका लागि धन्यवाद दिएका छन् ।उनले लेखेका छन,‘यो हारले हामी सबैको मन दुखाएको छ । तर यो विश्वकपले प्रेरणा दिने र सधैं सम्झनामा रहने धेरै सुन्दर सम्झनाहरू दिएको छ । हाम्रो टोली, समर्थक र देशलाई धन्यवाद ।’एटलान्टामा सम्पन्न सेमि
काठमाडौं । फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डमाथि २–१ को रोमाञ्चक जित हात पारेपछि अर्जेन्टिना नयाँ विवादमा तानिएको छ। खेलपछि मिडफिल्डर जियोभानी लो सेल्सोले ‘माल्भिनास (फकल्याण्ड) अर्जेन्टिनाकै हो’ लेखिएको ब्यानर प्रदर्शन गरेपछि फिफाले टोलीमाथि अनुशासनात्मक कारबाही गर्न सक्ने सम्भावना देखिएको छ। द एथलेटिकका अनुसार अमेरिकाको एटलान्टामा सम्पन्न खेलपछि लो सेल्सोले उक्त ब्यानर डिफेन्डर निकोलास ओटामेन्डीसँग मिलेर केही समय प्रदर्शन गरेका थिए। फकल्याण्ड टापु, जसलाई अर्जेन्टिनाले माल्भिनास भन्ने गर्छ, बेलायतको नियन्त्रणमा रहेको क्षेत्र हो र दुवै देशबीच त्यसको सार्वभौमिकतालाई लिएर दशकौँ देखि व
काठमाडौं। साविक विजेता अर्जेन्टिनाले अद्भुत पुनरागमन गर्दै फिफा विश्वकप २०२६ को फाइनलमा स्थान सुरक्षित गरेको छ। एटलान्टामा सम्पन्न रोमाञ्चक सेमिफाइनलमा एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले पराजित गर्यो।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै टोलीले सावधानीपूर्वक प्रदर्शन गरेका थिए। बल आफ्नो नियन्त्रणमा राखे पनि अर्जेन्टिनाले स्पष्ट अवसर सिर्जना गर्न सकेन भने इंग्ल्यान्डले पनि रक्षात्मक अनुशासनलाई प्राथमिकता दियो।दोस्रो हाफ सुरु भएपछि भने खेलले नाटकीय मोड लियो। ५५औँ मिनेटमा मोर्गन रोजर्सको उत्कृष्ट क्रसलाई एन्थोनी गोर्डनले गोलमा परिणत गर्दै इंग्ल्यान्
काठमाडौं— फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले पराजित गरेको छ । अमेरिकाको एटलान्टास्थित मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश हो । दोस्रो हाफको ५५औँ मिनेटमा एन्थोनी गोर्डनले इङ्ल्यान्डलाई अग्रता दिलाए । ८५औँ मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।इन्जुरी समयको दोस्रो मिनेटमा लियोनल मेसीले दिएको आकर्षक क्रसमा वैकल्पिक खेलाडी लाउटारो मार्टिनेजले उत्कृष्ट हेडरमार्फत गोल गर्दै अर्जेन्टिनालाई २–१ को रोमाञ्चक जित दिलाए ।यो जितसँगै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश ह
काठमाडौं । विश्वकप फुटबल हेर्दा धेरैले एउटा कुरा अवश्य याद गरेका होलान्। खेलाडीहरूले जर्सीभित्र महिलाको स्पोर्ट्स ब्राजस्तै देखिने कालो भेस्ट किन लगाएका हुन्छन् ? धेरैले यसलाई फेसन ठान्छन्। तर वास्तविकता भने फरक छ। यो आधुनिक फुटबलको अत्याधुनिक प्रविधि हो, जसले खेलाडीको प्रत्येक चाल, गति र शारीरिक अवस्थाको रियल–टाइम तथ्याङ्क संकलन गर्छ। आखिर कसरी काम गर्छ यो ‘स्मार्ट भेस्ट’?विश्वकपका अधिकांश खेलाडीको जर्सीभित्र देखिने कालो भेस्ट कुनै फेसन वा सुरक्षा कवच होइन।यसलाई स्मार्ट भेस्ट वा जीपीएस ट्र्याकिङ भेस्ट भनिन्छ। यो खेलाडीको शारीरिक अवस्था, फिटनेस र प्रदर्शन मापन गर्न प्रयोग गरिने अत्याधुनिक
काठमाडौं / अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले फिफा विश्वकप २०२६ मा आफ्नो टोलीको प्रदर्शनमाथि भइरहेको आलोचनालाई अस्वीकार गर्दै टोलीले सेमिफाइनलसम्मको यात्रा आफ्नै क्षमताले तय गरेको बताएका छन् ।उनले इंग्ल्यान्डविरुद्धको सेमिफाइनलअघि टोली पूर्ण रूपमा तयार रहेको र लगातार दोस्रो विश्वकप उपाधितर्फ अर्को कदम चाल्ने लक्ष्य रहेको स्पष्ट पारे । अमेरिकाको एटलान्टामा बुधबार हुने दोस्रो सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डको सामना गर्नेछ । यस खेलको विजेताले जुलाई १९ मा न्यूयोर्क–न्यु जर्सी स्टेडियममा हुने फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।खेलअघिको पत्रकार सम्मेलनमा स्का
काठमाडौं— फिफा विश्वकप २०२६ को सेमिफाइनलमा फ्रान्सलाई २–० ले पराजित गर्दै स्पेन फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित आर्लिङ्टनमा भएको खेलमा फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकपको फाइनलमा प्रवेश गरेको हो । खेलको पहिलो हाफमा मिकेल ओयार्जाबलले पेनाल्टीमार्फत स्पेनलाई अग्रता दिलाए । दोस्रो हाफमा पेड्रो पोरोले अर्को गोल थप्दै जित सुनिश्चित गरे ।यो जितसँगै स्पेन विश्वकपको फाइनलमा प्रवेश हो ।
ओस्लो / नर्वेको सम्झनालायक फिफा विश्वकप २०२६ अभियान क्वार्टरफाइनलमै समाप्त भएपनि सोमबार टोली स्वदेश फर्किँदा ओस्लोमा खेलाडीहरुको भब्य स्वागत गरिएको छ ।रोयटर्सका अनुसार, ओस्लोभरि एक लाखभन्दा बढी समर्थकहरू आफ्ना खेलाडीहरूको स्वागत गर्न सडकमा उत्रिएका थिए। क्वार्टरफाइनलमा इंग्ल्यान्डसँग अतिरिक्त समयमा २–१ ले पराजित हुँदै अन्तिम चारमा पुग्ने अवसर गुमाएको नर्वेली टोलीले उपाधि यात्रा टुंगिए पनि स्वदेशमा भव्य स्वागत गरिएको छ । टोली ओस्लो आइपुग्दा परम्परागत ‘वाटर क्यानन सलामी’ दिइयो। त्यसपछि राजधानी ओस्लोमा खुला बसमार्फत स्वागतका लागि परेड निकालिएको थियो।हजारौं समर्थकहरू शाही दरबार रोयल प्य
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.