खेलकुद

    Showing 51-60 of 1,295 items.
  • पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई दियो २०२ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २०१ रन बनाएको हो ।पोखराका लागि ओपनर एडम रोसिङटनले शतक प्रहार गरे । एडम ५८ बलमा १०८ रनमा अविजित रहे । जेसोन रोय ४६ र कप्तान कुशल भुर्तेल १८ रनमा आउट भए धनन्जय लक्षन २३ रनमा अविजित रहे ।बलिङमा कर्णालीका मार्क वाट र गुल्सन झाले एक/ एक विकेट लिए ।

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 94 पटक पढिएको
  • एनपीएलमा जनकपुरको पहिलो जित

    काठमाडौं— दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले आफ्नो पहिलो जित निकाल्न सफल भएको छ । मंगलबार टीयू क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेट र १५ बलले पराजित गरेको हो ।चितवन राइनोजले जनकपुरलाई निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउदै १७७ रनको लक्ष्य दिएको थियो भने जनकपुरले १७.३ ओभरको खेलमा ४ विकेट गुमाउदैँ १८० रन बनाएको हो । जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए । 

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 379 पटक पढिएको
  • चितवन राइनोजले दियो जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य

    काठमाडौं— नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ । मंगलबार टीयू क्रिकेट मैदानमा भएको खेलमा चितवन राइनोजले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउदै १७७ रनको लक्ष्य दिएको हो । जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थिए । साविक विजेता जनकपुर हालसम्म जितविहीन रहँदै अङ्‍क तालिकाको सबैभन्दा तल चार खेल खेलेको चितवन भने २ जितसहित चौंथो स्थानमा रहेको छ ।

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 356 पटक पढिएको
  • एनपीएलः चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने

    काठमाडौं— नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा चितवन राइनोजले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।मंगलबार टीयू क्रिकेट मैदानमा जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।साविक विजेता जनकपुर हालसम्म जितविहीन रहँदै अङ्‍क तालिकाको सबैभन्दा तल चार खेल खेलेको चितवन भने २ जितसहित चौंथो स्थानमा रहेको छ ।

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 348 पटक पढिएको
  • एनपिएलः चितवन टस जितेर ब्याटिङमा

    काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दैछन्।त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर ब्याटिङ रोजेको छ । लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरले यो खेल जितेर गणितीय हिसाबले भए पनि ‘प्लेअफ’को दौडमा कायम रहन चाहन्छ । पराजित भएमा जनकपुर बाहिरिनेछ ।चार खेलबाट दुई खेल जितेको चितवन भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ ।आज अपराह्न ४ः०० बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । यही मङ्सिर १ गतेदेखि सुरु प्रतियोगितामा

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 179 पटक पढिएको
  • नेपाल र चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदै

    इन्डोनेसिया । इन्डोनेसियामा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रिपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत आज नेपाल चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदैछ ।स्थानीय समयअनुसार खेल साँझ ७ः३० बजे हुनेछ । नेपालभन्दा बलियो मानिएको टोली चाइनिज ताइपेइ फिफा वरीयतामा नेपालभन्दा माथि रहेको छ । चाइनिज ताइपेइ फिफा वरियतामा ४२औँ स्थानमा रहँदा नेपाल ८९औँ स्थानमा छ । सन् १९७७ मा अन्तरराष्टिय महिला प्रतियोगितामा सहभागिता जनाएको चिनियाँ ताइपेइले १९७७, १९७९ र १९८१ मा लगातार एएफसी महिला एसियन कपको उपाधिसमेत जितेको थियो ।सन् १९८६ देखि अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिँदै आएको नेपालले पनि एसियन कप खेलेको थियो तर नेपाल

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 199 पटक पढिएको
  • आज एनपीएलमा चितवन र जनकपुर, पोखरा र कर्णाली मैदानमा

    काठमाण्डौ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्नेछन् । अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरले यो खेल जितेर गणितीय हिसाबले प्लेअफको दौड कायम राख्न चाहन्छ । चार खेलबाट दुई खेल जितेको चितवन भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा र कर्णालीबीच भिडन्त हुनेछ । यी दुवै टोलीका लागि यो खेल

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 193 पटक पढिएको
  • फाइनलमा नेपालविरुद्ध यूएई १४७ रनमै अलआउट, दयानन्द मण्डलले लिए ६ विकेट

    काठमाडौं— एसिसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा घरेलु टोली यूएईले नेपाललाई १ सय ४८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको मौका पाएको यूएई ४५.५ ओभरमा १ सय ४७ रन बनाएर अलआउट भयो । उसका लागि अहमद खुदादादले अर्धशतकीय पारी खेले । १ सय २६ बलको सामना गरेका ६ चौकाको मद्दतमा ७१ रनको पारी खेलेका हुन् ।त्यस्तै, नुरउल्लाह अयोबीले २६ र अयान मिस्बाहले ११ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमासमेत रन बनाउन सकेनन् ।नेपालका लागि बलिङमा दयानन्द मण्डलले घातक बलिङ गरे । उनले ६.५ ओभरमा दुई मेडनसहित १७ रन खर्चिएर ६ विकेट लिए । त्यस्तै, अपराजित पौडेलले दुई, नितेश कुमार पटेल र अशोक धामीले एक/एक विकेट ल

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 381 पटक पढिएको
  • एसिसी यु–१९ प्रिमियर कपः उपाधिका लागि नेपाल र यूएईबीच प्रतिस्पर्धा

    काठमाडौं— १९ वर्षमुनिको एसीसी प्रिमियर कप क्रिकेटको उपाधिका लागि आज नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच प्रतिस्पर्धा हुँदैछ । पहिलो सेमिफाइनलबाट फाइनल प्रवेश गरेको नेपाल र दोस्रो सेमिफाइनलबाट फाइनलमा पुगेको यूएईबीच आज प्रतिस्पर्धा हुन लागेको हो।खेल आज (सोमबार) बिहान १०ः३० बजे यूएईको अजमानस्थित करवान मैदानमा प्रतिस्पर्धा हुँदैछ।नेपाल मलेसियालाई नौ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो भने यूएई ओमानलाई आठ विकेटले पराजित गर्दै फाइनल पुगेको थियो । यससँगै नेपाल र युएई एसिया कप खेल्नका लागि छनोट भइसकेका छन्। सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 344 पटक पढिएको
  • एनपिएल : आज विश्राम,भोलि दुई खेल हुने

    काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज विश्राम दिइएको छ । भोलि मङ्गलबार भने दुई खेल राखिएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा बिहान ११ः४५ बजे हुने पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दा अपरान्ह ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरले यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ । चार खेलबाट दुई खेल जितेको चितवन भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ । अपरान्ह ४ बजे हुने द

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 168 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा