खेलकुद

    Showing १,४९१-१,५०० of १,६४७ items.
  • क्रिकेटमा भाँडभैलो : पारस-ज्ञानेन्द्र भरसेस आमिर

    • प्रकाशित मितिः असोज १०, २०७८
    • १७६ पटक पढिएको
  • इपिएल : विराटनगरलाई पराजित गर्दै चितवनको जित

    काठमाडौँ / चौँथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा चितवन टाइगर्सले विराटनगर वारिवर्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा चितवनले विराटनगरलाई दुई विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । पहिले ब्याटिङ गरेको विराटनगरले चितवनलाई जीतका लागि १५२ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा चितवनले २० ओभरमा आठ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । चितवनको जीतमा राजेश पुलामीले अविजित ४३ रनको योगदान दिए । भीम सार्कीले ३०, दिलीप नाथले २३, करिम जनतले  १९ तथा इसान पाण्डेले १० रन जोड

    • प्रकाशित मितिः असोज १०, २०७८
    • २७० पटक पढिएको
  • एनभिए क्लब भलिबल च्याम्पियनमा आर्मीको जित

    काठमाडौँ / राजधानीमा आजदेखि सुरुआत भएको छैटौँ संस्करणको एनभिए क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद (परिषद्) राखेपको कभर्डहलमा आज भएको पहिलो खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जीत दर्ता गरायो । राष्ट्रिय टोलीका खेलाडीले भरिएको आर्मीले कर्णालीलाई पहिलो सेटमा २५–८, दोस्रो सेटमा २५–१४ र तेस्रो सेटमा २५–७ ले पराजित ग¥यो । यो जितसँगै आर्मीले तीन अङ्क जोडेको छ ।नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त स्पर्धाअन्तर्गत महिलातर्फको खेल भने य

    • प्रकाशित मितिः असोज १०, २०७८
    • १८८ पटक पढिएको
  • इपिएल : पोखरा र भैरहवा भिड्दै

    बिर्तामोड / चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा आज (आइतबार) दोस्रो खेलमा दुई उपाधिका दाबेदार पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सबीच प्रतिस्पर्धा हुँदैछ ।त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल दिउँसो साढे १ बजे हुनेछ । पोखरा कप्तान विकेटकिपर विनोद भण्डारी र भैरहवा शरद भेषावकरले गर्नेछन् । शरद नेपाली घरेलु क्रिकेटका सर्वाधिक सफल कप्तान हुन् । भैरहवामा चार विदेशीको खेलाडीको रुपमा बंगलादेशका सर्वाधिक सफल ओपनर तमिम इकबाल, श्रीलंका पूर्व कप्तान उपुल थरंगा, तीव्र गतिका बलर धाम्मिका प्रसाद र मलेसिया शार्विन मुनिआन्दी छन् ।पोखरामा दक्षिण अफ्रिकी रिचार्ड लेभी छन् । लेभी, श्रीलंका असे

    • प्रकाशित मितिः असोज १०, २०७८
    • १६४ पटक पढिएको
  • नेपाल र ओमान आज मैत्रीपूर्ण फुटबल खेल्दै

    काठमाडौँ / नेपाल र ओमानबीचको मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ । ओमानविरुद्धको खेल खेल्नका लागि नेपाली राष्ट्रिय टोली कतारमा रहेको छ । खेल दोहास्थित कतार युनिभर्सिटीको मैदानमा आज राति नेपाली समय अनुसार ९ः४५ बजे शुरू हुनेछ ।साफ च्याम्पियनसिपको तयारीस्वरुप नेपालले ओमानसँग आज खेल्न लागेको हो । साफकै तयारीस्वरूप नेपालले भारतसँग पनि दुई मैत्रीपूर्ण खेल खेलिसकेको छ ।जसमा नेपालले एक बराबरी र एक हार व्यहोरेको थियो । नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जाने छन्। माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म हुँदैछ ।नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने

    • प्रकाशित मितिः असोज १०, २०७८
    • १७६ पटक पढिएको
  • नेपाली महिला फुटबल टोली स्वदेश फर्किदै

    काठमाडौँ  / एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान पुगेका नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किएको छ ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले उक्त टोलीलाई स्वागत गरेका थिए । प्रतियोगितामा समूह ‘एफ’मा रहेको नेपाल समूह चरणबाट बाहिरिएको थियो । दोस्रो चरणमा गत मङ्गलबार भएको खेलमा नेपाल हङकङसँग गोलरहित बराबर भएपछि समूह चरणबाटै बाहिरिएको हो । नेपालले छनोट चरणमा दुई खेल खेलेकामा पहिलो चरणमा फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको थियो । दुई खेलमा नेपाले एक अङ्क मात्र जोडेकाले अङ्क तालिकाको अन्तिम स्थानमा पुगेको थियो । 

    • प्रकाशित मितिः असोज ७, २०७८
    • १९६ पटक पढिएको
  • ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ मा भिड्दै हिमचितुवा

    काठमाडौँ / अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा भिड्ने भएका छन् ।यही असोज ३१ आइतबार जापानको नागोया सहरस्थित नागोया कङग्रेस सेन्टर इभेन्ट हलमा आयोजना हुने सो प्रतियोगितामा उनी जापानका व्यवसायिक किक बक्सर फुजीमुरासँग रिङ्मा उत्रदैछन् । फुजीमुरा पनि के वान के बक्सिङ प्रतिस्पर्धामा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन् । आज सामाजिक सञ्चालमा के वान क्लबले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा बक्सरद्वय अविरल र फुजीमुरा बीचमा भिडन्त हुने जनाएको छ । ‘हिमालयन चितुवा उपाधि’ले विश्व प्रसिद्ध अविरलले गत चैतमा जापानको टोकियो सहरम

    • प्रकाशित मितिः असोज ७, २०७८
    • १६३ पटक पढिएको
  • ‘वल्र्ड हाप्किडो च्याम्पियनसिप’का लागि नौ खेलाडी छनोट

    काठमाडाैँ / नेपालले आगामी महिना रसियामा आयोजना हुने ‘वल्र्ड हाप्किडो च्याम्पियनसिप’मा भाग लिने भएको छ । पोखरामा एक महिना अघिदेखि सञ्चालन भएको बन्द प्रशिक्षणमा सहभागी २० खेलाडीमध्येबाट च्याम्पियनसिपका लागि नौ खेलाडी छनोट गरिएको नेपाल मार्सल आर्टस् हाप्किडो सङ्घले जनाएको छ ।बन्द प्रशिक्षण समापनका अवसरमा नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखराबाट बिदाइ तथा च्याम्पियनसिपमा सफलताको शुभकामना व्यक्त गरे । रसियाको सेन्ट पिटर्सवर्गमा आगामी कात्तिक ५ देखि ७ गते हाप्किडोको च्याम्पियनसिप आयोजना हुँदैछ ।नेपाल

    • प्रकाशित मितिः असोज ७, २०७८
    • १७२ पटक पढिएको
  • आईसिसी विश्वकप क्रिकेट टोली स्वदेश फिर्ता

    काठमाडौँ / आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानबाट आज स्वदेश फर्केको छ । टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । ओमानमा सम्पन्न श्रङ्खलामा नेपालले चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको थियो । नेपालले आइतबार भएको अन्तिम खेलमा पहिलो पटक ओमानलाई ७ विकेटले पराजित गर्दै एतिहासिक जित हासिल गरेको थियो । त्यसअघि सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो भने दोस्रो खेलमा ओमानसँग पाँच विकेटले पराजित भएको थियो । त्यस्तै तेस्रो खेल

    • प्रकाशित मितिः असोज ५, २०७८
    • २०० पटक पढिएको
  • श्रीलङ्काका ब्याट्सम्यान दीलशानले विराटनगरबाट इपिएल खेल्ने

    बिर्तामोड  / श्रीलङ्काका ओपनर ब्याट्सम्यान दिलसान मुनावीराले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता विराटनगरबाट खेल्ने भएका छन्।आगामी असोज ९ देखि २३ गतेसम्म टियु मैदानमा हुँन लागेको इपिएलमा दीलशानले विराटनगरबाट खेल्ने भएका हुन् । प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन्।विराटनगरले शनिबार ३२ वर्षीय दिलशानलाई चौँथो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको छ । दिलशानले श्रीलंकाबाट १३ टी–ट्वान्टी अन्तराष्ट्रिय र २ एकदिवसीय अन्तराष्ट्रिय खेलेका छन्।यसअघि विराटनगरले विदेशी खेलाडीको रुपमा जिम्बावेका अलराउन्डर सिकन्दर राजा, क्यानडाका तीव्र गतिका ब

    • प्रकाशित मितिः असोज २, २०७८
    • २०१ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.